Logo असार १, २०७८ मंगलबार


‘भ्रमण वर्षमा कोरोनाको असर पर्दैन’

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवेल कोरोना भाइरसका कारण पर्यटन वर्षसँग सम्बन्धित कुनैपनि कार्यक्रम प्रभावित नुहने बताउनुभएका छ ।

‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै संयोजक वैद्यले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभई नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गर्नुभएको हो ।

वैद्यले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो । भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्य विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती काम भइरहेको उहाँको भनाइ छ । सगरमाथा, पोखरा, चितवन, काठमाडौंमा मात्र केन्द्रित भएको पर्यटनलाई सूदुरपश्चिमदेखि पूर्वसम्म फैलाउन कोरोना भाइरसले कुनैपनि अवरोध नगर्नेमा वैद्यको विश्वास छ ।

कोरोना भाइरसको कारण २० लाख पर्यटक आउन नसकेपनि भ्रमण वर्षलाई पर्यटनको आधार वर्षको रुपमा लिइएकाले आगामी वर्षदेखि पर्यटक वृद्धि हुनेगरी काम अघि बढेको वेद्यले प्रष्ट पार्नुभयो । उहाँले भ्रमण वर्ष २०२० लाई पर्यटनको आधार वर्षको रुपमा तयार गरी पर्यटकीय क्षेत्रमा लगानी वृद्धि र प्रवर्द्धन गर्ने काम भइरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…