विश्व भ्रमणमा निस्किए स्याङ्जाका लुइँटेल (फोटोफिचर)

हिमलाल पराजुली
स्याङ्जा । वालिङ नगरपालिका –१४ तमादीका ३० वर्षीय यामप्रसाद लुइँटेल मोटरसाइकलबाट विश्व भ्मणमा निस्किनु भएको छ । वालिङ नगरपालिकामा शनिबार भएको विशेष कार्यक्रमबाट बिदाइ भएर दार्चुलाको लागि प्रस्थान गर्नुभएको छ । विश्व भ्रमणको सुरुवात दार्चुलाबाट गर्ने लुइँटेलको भनाइ छ ।

वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँणले मोटरसाइकलमा विश्व यात्रा गर्ने कार्य सहज नभए पनि यात्रा सफल हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै यात्रा सफलताको शुभकामना दिनुभयो । नेपाल भ्रमण वर्षको अवसर पारेर विश्व भ्रमणमा निस्किनु निजी क्षेत्रका लागि निकै खुशीको कुरा भएको बताउँदै लुइँटेलले विश्व यात्रा गरेर नेपालको नाम गिनिज बुकमा लेखाउने योजनाले आफूलाई उत्साहित गराएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलेले बताउनुभयो । उहाँले लुइँटेलको विश्व यात्राका लागि सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । ‘लुइँटेलको विश्व भ्रमण गर्ने कार्यले जिल्लाबासी निकै उत्साहित भएका छन्’ उहाँले भन्नुभयो, ‘स्याङ्जाबासीको मात्रै नभएर देशकै लागि गौरवको कुरा भएको जिल्ला बासीको भनाइ रहेको छ ।

सन् २०२२ सम्ममा नेपालका ७ सय ५३ स्थानीय तहको करिब ६० हजार किलो मिटरको यात्रा पुरा गरी सन् २०२२ बाट विश्व यात्रामा निस्किने र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा गर्ने योजना रहेको लुइँटेलले बताउनुभयो । समाज र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले आफू विश्व यात्रामा निस्किन लागेको लुइँटेलको भनाइ छ । नेपालको यात्रा गर्दा प्रत्येक स्थानीय तहमा पुगेर पर्यटन र यसका सम्भावनाका विषयका अन्तरक्रिया गर्ने उहाँले बताउनुभयो । लुइँटेलले भन्नु भयो, ‘मोटरसाइकल एउटा साधन हो, यो साधनको सदुपयोग गर्दै देशको पर्यटनको सम्भावना र अवस्थाका बारेमा अध्ययन गरी यसलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा जानकारी गराउने उद्देश्यले विश्व मोटर साइकल यात्रामा निस्किन लागेको छु, यसमा सबैको सहयोगको अपेक्षा गरेको छु ।’

अर्जेन्टिनाका इमेलियो स्कटोले मोटरसाइकल यात्राबाट दश वर्षमा ७ लाख ३५ हजार किलोमिटर यात्रा गरेको र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा पार गरेर त्यो रेकर्ड आफूले तोड्न चाहेको लुइँटेलको भनाइ छ ।

नेपाललाई विश्वसामु सगरमाथाको देश, गौतम बुद्धको देश र पशुपतिनाथको एक सुन्दर पर्यटकीय देश भनेर चिनाउने यो अभियानमा सहयोग गर्न लुइँटेलले सबैसँग आग्रह गर्नु पनि गर्नुभयो । विश्व भ्रमणका लागि निस्किनु भएका लुइँटेलको बिदाइमा वालिङका स्थानीयबासी, बुद्धीजिवी तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- घरायसी विवाद बढ्नेछ, अशान्तिले सताउनेछ । वृष- दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ । मिथुन- स्थान परिवर्तन हुनेछ, पारिवारिक…

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्