Logo कार्तिक ५, २०७७ बुधबार


धार्मिक कट्टरपन्थी समूह तालिबानसँग सम्झाैँता हुँदै

काठमाडाैं । अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच कतारमा सम्झौता हुँदैछ ।

शान्ति सम्झौता हस्ताक्षर कार्यक्रममा ३० देशका राजदूतलाई दोहामा निमन्त्रणा पठाइएको छ । सम्झौतापछि अमेरिकी रक्षामन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारको संयुक्त वक्तव्य जारी गरिनेछ ।

सम्झौताले १८ वर्षपछि अमेरिका सैनिकको अफगानिस्तानबाट फिर्तीको मार्ग प्रशस्त गर्नेछ । सम्झौताअघि अमेरिकी राष्ट्रपति कार्यालयले सम्झौता सम्बन्धमा राष्ट्रपति ट्रम्पको धारणा सार्वजनिक गरेको छ । ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा ट्रम्पले अफगानी सरकार र तालिबान सम्झौताका बुँदाप्रति प्रतिबद्ध देखिए भने अफगानिस्तानको युद्ध अन्त्य हुने र अमेरिकी सैनिक फिर्ता हुने बाटो खुल्ने बताएका छन् । ट्रम्पले अफगानिस्तानी जनतासँग शान्ति र सुखद भविष्यका लागि यो अवसरलाई खेर जान नदिन आग्रह गरेका छन् ।

सम्झौताको लागि शुक्रबार राति अफगान सरकारले ६ सदस्यीय दललाई दोहा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।