गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१.एमसीसीका केही बुँदाहरु परिमार्जन नभए पारित नहुने नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइ ।२.बुँदा परिवर्तनका लागि अमेरिकी सरकारसँग आग्रह गर्ने अध्यक्ष दाहालद्वारा जानकारी ।३.अमेरिकालाई एमसीसी परिमार्जन गर्न आग्रह गर्ने नमाने राष्ट्रहित विपरीत सम्झौता नगर्ने दाबी ।४.नेकपाको कार्यदलले दिएको सुझावअनुसार परिमार्जन भए मात्रै पारित हुने नभए ५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता नगर्ने स्पष्टोक्ति ।५.सरकारद्वारा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित ।६.कोरोना भाइरसले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय ।७.आन्तरिक पर्यटन प्रवद्र्धनको काममा सरकार केन्द्रित भएको पर्यटनमन्त्री योगेश भट्टराईद्धारा जानकारी ।८.परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई मात्र जोड दिँदै नीतिहरु अगाडी बढाउने तयारीे ।९.भ्रमण वर्षलाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका कामहरु अगाडी बढेपनि कोरोनाका कारण सम्पूर्ण उद्देश्य प्रभावित ।१०.स्थानीय तहमा अनुभवी जनशक्तिको अभाव हुँदा न्यायिक समितिको प्रभावकारिता कमजोर देखिएको जनप्रतिनिधिहरुको गुनासो ।११.न्यायिक समितिमा आउने मुद्दाहरु मेलमिलाप केन्द्रमा सिफारिस गर्नुपर्ने र केन्द्रले निवेदन मिलाई फेरि न्यायिक समितिमा पठाउँदा समस्या ।१२.न्यायिक समितिलाई कानुनी कार्यविधिका विषयमा पूर्ण जानकारी नहुने भएकाले कानुन जानेको कर्मचारी अभाव ।१३.संघीय निजामति सेवा ऐन र प्रदेश तथा स्थानीय तहका सेवा सम्बन्धी ऐन नबन्दा काम प्रभावित ।१४.स्थानीय तहका प्रतिनिधिहरु फरक राजनीतिक दलको भएका ठाउँमा न्यायिक सम्पादनमा थप जटिलता ।१५.स्थानीय तहमा न्यायिक समिति निर्माण गर्ने विषय संविधान मै उल्लेख भएकाले न्यायिक समितिले काम गर्न कानून पर्खनुपर्ने अवस्था नरहने नेकपा नेता सुवासचन्द्र नेम्वाङको भनाइ ।१६.न्याय समितिको व्यस्थापन गर्न पूर्वाधार, अनुभव, संरचना र ऐन कानूनका प्रकृयाहरु पनि प्रर्याप्त तयार नहुँदा कठिन भएको सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश, कल्याण श्रेष्ठको भनाइ ।१७.नेपालको विभिन्न क्षेत्रमा रहेका प्रतिभाहरुको संरक्षण गर्ने दायित्व राज्यको रहेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ ।१८.नेपालको विभिन्न क्षेत्रमा रहेका प्रतिभाहरुकोे संरक्षणमा राज्य प्रतिवद्व रहेको खतिवडाको जिकीर ।१९.जनचेतना नेपालको छैठौैैं वार्षिकत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका व्यक्तित्वहरुलाई गरियो सम्मान ।२०.भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङद्धारा आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक ।२१.मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयबाट भएका मुख्यमुख्य कामहरुको विवरण सार्वजनिक गरिएको जानकारी ।२२.एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सय वटा सडकका खल्डाखुल्डी पुर्ने कार्य भएको मन्त्री नेम्वाङको भनाइ ।२३.उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको र चालू वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर कालोपत्रे गर्ने मन्त्री नेम्वाङको लक्ष्य ।२४.कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दीर्घकालिन समाधानका काम भइरहेको दाबी ।२५.व्यवसायिक किसानहरुको प्रोत्साहनका लागि अघि सारेका कार्यक्रमहरुलाई निरन्तरता दिएको सरकारको दाबी ।२६.अहिलेसम्म सरकारले १ अर्ब रुपैयाँ बीमा अनुदानका लागि भूक्तानी गरिसकेको र २५ अर्ब बराबरको बीमा भएकोमा २२ अर्ब बराबरको बीमा पशुपंक्षीको मात्रै भएको सरकारको भनाई ।२७.सरकारले पशुको क्षति न्युनिकरणका लागि पशु बीमा अनुदानको रुपमा दिँदै आएको छ ७५ प्रतिशत अनुदान ।२८.बाहिरबाट आउने पशुपंक्षीलाई क्वारेन्टाइन चेकजाँचमा कडाई गरिएको पनि सरकारद्धारा स्पष्ट ।२९.क्वारेन्टाइन पास भएका पशुपंक्षीमात्रै भित्र्याउने गरी सरकारले कदम चालेपछि अहिले बाख्रापालन गर्ने किसानहरु बढेको तर्क ।३०.सुदुरपश्चिम प्रदेश विकासमा अगाडि बढेकोे सुदुरपश्चिम प्रदेशका आन्तारिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको तर्क ।३१.सुदुरपश्चिम प्रदेश धार्मिक, आर्थिक, सामाजिक, पर्यटकीय रुपमामात्र सम्पन्न नभइ बहुमूल्य जडिबुटीहरुको खानिको रुपमा परिचित रहेको मन्त्री शाहको भनाई ।३२.पर्यटकीय क्षेत्रले सरकारलाई समेत मद्दत पुग्ने मन्त्री शाहको विश्वास ।३३.सुदूरपश्चिम प्रदेशले कानुन निर्माणमा ३२ वटा ऐन, ३७ कार्यविधि र १५ वटा निर्देशिका निर्माण गर्न सफल भएको पनि जानकारी ।३४.शुक्रबारदेखि पोखरामा शुरू भएको प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न ।३५.गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा गरिएको हो गोष्ठीको आयोजना ।३६.शान्ति सुरक्षा, विकास र समृद्धिसँग जोडिएकाले नागरिकले प्रत्यक्ष शान्ति सुरक्षाको अनुभूति हुने गरी सुरक्षा निकायहरुलाई थप श्रोत साधनयुक्त साथै सुदृढिकरण गर्दै लैजानुपर्नेमा सहभागिहरुको जोड ।३७.गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरुको रहेको थियो सहभागिता ।३८.सुदुरपश्चिम प्रदेश विकासमा अगाडि बढेकोे सुदुरपश्चिम प्रदेशका आन्तारिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको भनाइ ।३९.सुदुरपश्चिम प्रदेश धार्मिक, आर्थिक, सामाजिक, पर्यटकीय रुपमामात्र सम्पन्न नभइ बहुमूल्य जडिबुटीहरुको खानिको रुपमा परिचित रहेको तर्क ।५०.सुदूरपश्चिम प्रदेशले कानुन निर्माणमा ३२ वटा ऐन, ३७ कार्यविधि र १५ वटा निर्देशिका निर्माण गर्न सफल भएको जानकारी ।५१.कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि विभिन्न किसान संगठनहरु सरकारसँग चार माग ।५२.सरकारसँग किसान नीति, कृषि नीति , भूमि नीति र राष्ट्रियतासम्बन्धी नीतिको माग गरिएको संगठनहरु भनाई ।५३.भूमिहीन तथा गरीब किसानका सबै ऋण मिनाहा गर्न, सिँचाईमा अनुदान दिन, जमिनदारको हदभन्दा बढी जमिनमा जोत्नेको स्वामित्व कायम गर्नुपर्ने लगायतका बुँदा ।५४.सरकारले आफ्ना मागहरु सम्बोधन गर्न आवश्यक कमद नउठाए संघर्षमा जाने संगठनहरुको चेतावनी ।५५.हिउदे बर्षाका कारण बाँके बर्दीया लगाएत पश्चिम क्षेत्रमा हिउदे बालिमा नोक्सानी ।५६.हिउदे बाली गँहु, मसुरो, मटर, आलु लगाएतका बालीहरुमा नोक्सान भएपछि किसानहरु चिन्तीत ।५७.एक बिगाहा आलु, गँहु, करिब १० ÷१२ बिगाहामा लगाएको मसुरो पनि हिउदे पानीले नष्ट गरेको नरैनापुर गाँउपालिका जमुनीका अख्तर शेखको भनाई ।५८.किसानहरुको क्षतिको तथ्याङक संकलन गर्नका लागि निर्देशन दिएको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको भनाई ।५९.नेपाल सरकारले कृषि बिमाको ब्यबस्था गरेको भए पनि किसानहरुको बिमा प्रति आर्कषण नहँुदा बिपदमा किसानको लगानी सुरक्षित हुन सकेन ।६०.धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर नौ स्थित गौमाता गौशला केन्द्र गाई संरक्षणमा जुट्यो ।६१.ब्राम्हण समाज नगर कार्य समिति धादिङको आयोजनामा नगरपालिकाले राष्ट्रको चिनारी गाईको संरक्षण गर्ने ।६२.गौशाला सञ्चालनका लागि आगामी चैत तीन गतेदेखि श्रीमद्भागवत सप्ताहको आयोजना गरिने ।६३.दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला शनिबार देखि सुरु ।६४.काठमाडौँमा औपचारिक उद्घाटन गरिएको मेला काठमाडौँ लगायत ललितपुर र पोखरामा पनि सञ्चालन हुने ।६५.भ्रमण वर्ष २०२० मनाइरहँदा स्वदेश तथा विदेशमा नेपाली कला अनि संस्कृतिलाई चिनाउने कार्यक्रमको रुपमा मेलालाई हेरिएको आयोजककको भनाई ।६६.११ भन्दा बढी राष्ट्रहरुले सहभागिता रहेको मेलामा सहभागी राष्ट्रका प्रतिनिधिहरुले आफ्नो देशका सांस्कृतिक नृत्य प्रस्तुत गरे ।६७.फाल्गुन २५ गतेसम्म चल्ने मेला काठमाडौंको बसन्तपुर, पोखराको लेकसाइड र ललितपुरको पाटन दरबार स्क्वायरमा आयोजना गरिने ।६८.पछिल्लो समय युवा पुस्तामा कृषिप्रति कम रुचिका कारण लमजुङमा परम्परागत गोठहरु मासिँदै ।६९.नयाँ पुस्ताका युवाहरु अध्ययन र रोजगारीका लागि शहर तथा विदेश केन्द्रित हुँदा भैसीगोठको संख्या घट्दो क्रममा ।७०.किसानहरुले सामूहिक रुपमा रासन खर्च जोहो गरेर गोठालो जाने परम्परा संकटमा ।७१.जिल्लाका उच्च पहाडी र चरन भु–भागमा ४० भन्दा बढि परम्परागत र व्यवसायिक घुम्ती भैसीगोठ र २० देखि एकसय भन्दा बढि भैसीहरु रहेको जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्क ।७२.पछिल्लो समय गोठाला तथा खर्कको अभाव र अन्य प्राविधिक समस्याले गोठहरु घट्दै गएको पशुसेवा विज्ञ केन्द्रको भनाई ।७३.लेकाली चरन क्षेत्रमा परम्परागत गाईगोठ, भैसीगोठ, भेडिगोठ पाल्ने संस्कृति वर्षेनी घट्दै गएपनि लमजुङका लेकहरुमा भने अझैपनि खर्क बनाएर गोठ पाल्ने चलन भने कायमै ।७४.तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने ग्रील तथा स्टील व्यवसायीहरुको भनाई ।७५.सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाएपनि व्यवसायीहरुको भने तत्काल जान नसकिने तर्क ।७६.न्यूनतम पारिश्रमिक नपाउने÷दिन नसकिएको समस्या सामाधानका लागि पहल भइरहेको महासंघको भनाई ।७७.मजदूरहरुको न्युनतम ज्याला र तलब, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि उद्योगिहरुलाई महासंघको आग्रह ।७८.यो साता पुँजी बजार मापक नेप्से १ सय ९७ दशमलव ६ अङ्कले बढ्यो ।७९.साताको अन्तिम दिन बिहीबार नेप्से बढेर १६ सय ३२ दशमलव एक सात अङ्कमा ।८०.फागुन ८ गते १४ सय ३४ दशमलव ५७ अङ्कमा रहेको नेप्से निरन्तर बढेर १६ सय ३२ दशमलव १,७ अङ्कमा ।८१.सातामा १८ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर खरिद– बिक्री ।८२.गत साता ११ अर्ब २० करोड ५४ लाख ६४ हजार रुपैयाँको भएको थियो सेयर किनबेच ।८३.गत कात्तिक २० गतेदेखि अनलाइन कारोबार सुरु भएकाले पनि लगानीकर्तालाई सेयर खरिद–बिक्री गर्न सहज भएको नेप्सेको भनाइ ।८४.साताको अन्तिम कारोबारका दिन ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार ।८५.यो साता नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी पटक किनबेच ।८६.चितवनको भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको आयोजना ।८७.फागुन १८ गतेसम्म हुने एक्स्पोको नेकपा अध्यक्ष पुष्पकमल दाहालद्वारा उद्घाटन ।८८.नेपाल, विकास र समृद्धिको नयाँ युगतर्फ केन्द्रित रहेको अध्यक्ष दाहालको भनाई ।८९.व्यवसायको क्षेत्रमा विभिन्न अनुसन्धान, अन्वेषण गरी तिनीहरुको प्रयोग गर्ने र उत्पादन तथा उत्पादकत्व बढाइ देशलाई आत्मनिर्भर बनाउने कार्यमा सरकारले जोड दिइरहेको दाहालको तर्क ।९०.पोल्ट्री क्षेत्रमा नेपाल आत्मनिर्भर इन्डष्ट्रीको रुपमा विकसित भइसकेको अध्यक्ष दाहालको भनाइ ।९१.प्रदर्शनीमा नेपाल, भारत, चीन, अमेरिका लगायत १४ भन्दा बढी देशका पोल्ट्री कम्पनीका दुई सय भन्दा बढी स्टलहरु समावेस ।९२.दक्षिण कोरियामा शुक्रवार ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, हालसम्म १६ जनाको कोरोनाका कारण मृत्यु ।९३.दक्षिण कोरियामा एकैदिन भएको यो सबैभन्दा ठूलो संख्याको संक्रमण ।९४.९२२ औं बूढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाइ ।९५.एसीसी इस्टर्न रिजन पुरुष टी(ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित ।९६.थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित ।९७.सन्दीप लामिछानेले पूरा गरे टी–ट्वान्टी क्रिकेटमा एक सय विकेट ।९८.थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा सिंगापुरविरुद्ध एक विकेट लिँदै सन्दीपले गरेका हुन एक सय विकेट पूरा ।९९.टी–ट्वान्टीमा एक सय विकेट लिने पहिलो नेपाली खेलाडीमा पनि सन्दीपको कीर्तिमान ।१००.नेपालबाट १८ खेलमा ३० विकेट र बाँकी विभिन्न फ्रेन्चाइज क्रिकेट लिगबाट एक सय विकेट पूरा ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६ ०३:४६