रिपोर्टमात्रै पाेजेटिभ देखिए १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । कोरोनाको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार घर जान पाउने भएका छन्। शनिबार उनीहरूको नमुना संकलन गरिएको छ। सोमबार बिहानसम्म रिपोर्ट आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
तर एक जनाको मात्रै रिपोर्ट पोजेटिभ आए कोही पनि घर फर्किन पाउने छैनन्। संक्रमितलाई सिधै अस्पताल लगिनेछ भने अन्यलाई फेरि १४ दिन क्वारेन्टाइनमा राखिनेछ। संकलित नमुना शनिबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगिएको छ । स्वास्थ्य विभागका निमित्त महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार सबैको रिपोर्ट नेगेटिभ आए सोमबार सम्ममा घर पठाउन सकिनेछ । नयाँ पत्रिकामा समाचार छ ।