सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । सिरहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।  सिरहा धनगढीमाई नगरपालिका–७ स्थित सडकमा ना.१ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला नगरपालिका–२ बस्ने ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा ना. ६३ प ७७३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका थानाभर्‍याङ बस्ने निरज रानाको ८ वर्षीय छोरा निर्जल रानाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सुनसरी कोशी गाउँपालिका–४ स्थित सडकमा ना.३ ख ७९११ नम्बरको कन्टेनरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित सडकमा ना.५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय नबिन बोगटीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।