सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् । सिरहा, मकवानपुर, सुनसरी र कैलालीमा शनिबार भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।

सिरहाको धनगढीमाई नगरपालिकामा बस पल्टिँदा वृद्धाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर (७ मा ना १ ज ६४५८ नम्बरको बस अनियत्रित भइ पल्टिएको हो । दुर्घटनामा धनुषा मिथिला नगरपालिका २ बस्ने ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको छ । उनको विराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २० जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको विराटनगर नर्सिङ होममा र १८ जनाको भुमिजा अस्पताल गोलबजार, जेएस पोलीक्लिनिक र जनशक्ति पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । नगरको वडा नम्बर ११ स्थित थानाभर्‍याङमा ना ६३ प ७७३४ नम्बरको मोटरसाइकलले सडक पार गर्न लागेका ८ वर्षीय छोरा निर्जल रानालाई ठक्कर दिएको हो । उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा मोटरसाइकल चालक निकेश सुवेदी र त्यसमा सवार निरज सुवेदी घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि  न्यूरो अस्पताल ल्याइएको छ ।

त्यस्तै सुनसरीको कोशी गाउँपालिकामा कन्टेनरको ठक्करबाट पुरुषको मृत्यु भएको छ । वडा नम्बर ४ मा ना ३ ख ७९११ नम्बरको कन्टेनरले करिब ५५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो । उनको घटना स्थलमै मृत्यु भएको तर पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा ट्रकको ठक्करबाट युवकको मृत्यु भएको छ । वडा नम्बर २ मिलनचोकमा ना ५ ख २९२७ नम्बरको ट्रकले त्यही ठाउँका  ३० वर्षीय नवीन बोगटीलाई ठक्कर दिएको हो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा
उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।