काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्रीले राजीनामा दिएको साता दिन बित्दा पनि छानविन शुरु नहुनु गम्भीर विषयमा भएको बताउनुभएको छ ।
सभापति देउवाले आइतबार प्रतिनिधिसभा बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण बाँस्कोटाले अडियोमा ‘हामी’ भनेर कसलाई भनेको हो ? भन्ने प्रश्न गर्नुभयो । त्यसबारे प्रधानमन्त्रीले नै प्रष्ट पार्नुपर्ने देउवको भनाई छ । ‘सञ्चारमन्त्रीले राजीनामा दिएको साता पुग्दा पनि छानविन नहुनुको पछाडि गम्भीर नियत छ’ उहाँले भन्नुभयो, ‘अडियोमा हामी भनेको प्रष्ट सुनिन्छ । हामी भनेका कसलाई भनेका हुन ? हामीभित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस् ।’
छानविन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो’ उहाँले भन्ने भन्नुभयो, ‘त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन् । छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलीको विश्वसनियता कमजोर भएन् ?’
सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाउनुभएको छ । ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ । टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गर्नुभयो ।
उहाँले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिनुभयो । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उहाँले स्वेतपत्रप्रति आपत्ति जनाउनुभयो । उहाँले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गर्नुभयो ।
सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्ेलख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गर्नुभयो । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताउनुभयो । विदेशमा रहेका नेपालीलाई सतर्क रहनपनि देउवाले आग्रह गर्नुभएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओली भने अनुपस्थित हुनुहुन्थ्यो । संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।