सवारी दुर्घटना चार जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगारपालिका–७ मा ना १ ज ६४५८ नम्बरको सवारी दुर्घटना हुँदा गाडीमा सवार ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना ६३ प ७७३४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ८ वर्षीय निरज रानाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–४ मा ना ३ ख ७९११ नम्बरको कन्टेनरले नाम ठेगाना नखुलेका अन्दाजी ५५ वर्षका एक पुरुषको मृत्यु भएको छ ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा ना ५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट ३० वर्षीय नबिन बोगटीको मृत्यु भएको छ । दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताउनुभयो ।