नवौँ महाधिवेशनमा फेरि दृश्य फरक भयो । माधवकुमार नेपालको साथमा अध्यक्ष हुने सपना साँचिरहेका केपी शर्मा ओलीका लागि उनै नेपाल ‘आमनेसामने’ हुने संकेत देखा परेपछि झलनाथ खनाललाई ‘मौनता’मा राखियो र ‘वामदेव गौतम कार्ड’ प्रयोग गरियो । त्यो कार्ड यसर्थ पनि बलियो थियो कि, भूकम्पले भत्किएर कागजपत्र नष्टै भएको भए अलग कुरा तर वामदेव गौतम पक्षसँग महाधिवेशनमा ‘३२५’ प्रतिनिधि थिए । माधवकुमार नेपाललाई ‘३० प्रतिशत’ भन्ने ओली पक्षधरले नेपाललाई जितेको जम्मा ‘५४’ भोटले हो । त्यसैले तिनै वामदेव गौतम माधवकुमार नेपाल पराजित गर्ने ‘ब्रम्हास्त्र’ बने । गौतम र नेपालको सहकार्य भएको हुँदो हो त केपी ओली ‘२७५’ भोटले हार्ने रहेछन् । अर्थात् ओलीको शक्ति पार्टीमा बुटवल महाधिवेशनकै हाराहारी देखिने थियो । तर नेपाल र गौतमको दूरी बढाउने योजना साकार भयो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ प्रधानमन्त्रीको खोजी बेमौसमी हावा त हुँदै हो । उसमाथि नयाँ प्रधानमन्त्री बन्न उपयुक्त पात्र एक से एक छन्, तुलामा जोखे पनि बराबर, राजनीतिक यात्रा पनि उस्तै स्पातिलो : केपी शर्मा ओलीपछि पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल । त्यसपछि दोस्रो पुस्ताका नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल । कथमकदाचित भाग्यले साथ दिए वामदेव गौतम पनि ।
पुस २३ गते नेकपा सचिवालय सदस्य एवम् रोल नम्बर ५ का नेता वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा ‘शीर्ष भेला’ भयो । भेलामा पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, गौतम, नारायणकाजी श्रेष्ठ सहभागी मात्र थिएनन्, फागुनपछि प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषय चैतको डढेलो झैँ नेकपा राजनीतिमा सल्कियो ।
२०७४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट वामदेव गौतम हार्नु भयो । उहाँलाई नेपाली कांग्रेसका सञ्जय गौतमले एकहिसाबले सजिलै धूलो चटाइदिनु भयो । वामदेवको ‘वैज्ञानिक तर्क’ थियो : मलाई पार्टीभित्रैबाट हराइयो । यद्यपि हराउनेको नाम किट्न उहाँले आजसम्म हिम्मत गर्नु भएको छैन । तर वामदेवको यस्तो वैज्ञानिक तर्क नेपाली जनताले २०५४, २०६४ मा पनि भोगिसकेकाले २०७४ को तर्क त झन ‘परालको लौरो’ ठाने–माने । २०५४ मा पार्टी विभाजन गर्नु भयो । २०६४ मा देश माओवादी माहौलमा थियो । गौतम चुनाव हार्नु भयो र पुष्पकमल दाहालकहाँ पुगेर भन्न भ्याउनु भयो, ‘मलाइ किन चुनाव हराउनु भयो ?’ मानौँ, एमाले ‘खरानी’ हुँदा वामदेव गौतम जित्नु पथ्र्यो । हरेक १० वर्षमा वामदेवले नेपाली राजनीतिमा एउटा किस्सा ‘गिफ्ट ह्याम्पर’ दिइरहनु हुन्छ । केही भएन भने हतार देखाएर ‘जेब्रा क्रस’ गर्नु हुन्छ, बाटोमा गृहमन्त्रीको गाडी रोकेर र ‘भाइरल’ बन्नुहुन्छ । यस्तै जुझारु नेता २०७४ मा बर्दियामा चुनाव हार्नुभयो ।
नेकपाभित्रै मत छ : हारेकालाई राष्ट्रिय सभामा नलैजाउँ, अझ प्रधानमन्त्री बन्ने कुरा त कल्पनै नगरौँ । यतिखेर वामदेव गौतमका कार्यकर्ताहरु गौतमको बचाउमा छन् । गौतमका प्रियजनहरु भारतको उदाहरण दिइरहेका छन् । उदाहरण हो : भारतमा कंग्रेस आइले लोकसभामा पराजित डा.मनमोहन सिंहलाई राज्यसभामा ल्याएर दुईपटक प्रधानमन्त्री बनायो । तर, उनी प्रधानमन्त्री हुँदा लोकसभामै विजयी भएका हुन् । प्रधानमन्त्रीको अभ्यासकै लागि कंग्रेसले सिंहलाई पाँचपटकसम्म राज्यसभामा ल्याएको थियो । सिंह १९९९ मा दक्षिण दिल्लीबाट उठ्दा हारे । १९९१ देखि पाँच कार्यकाल आसामबाट आए । गत वर्षदेखि राजस्थानबाट राज्यसभामा छन् । सिंह कुशल नेता, विद्वान, अर्थशास्त्री र विचारक हुन् ।
वामदेवको ‘वैज्ञानिक तर्क’ थियो : मलाई पार्टीभित्रैबाट हराइयो । यद्यपि हराउनेको नाम किट्न उहाँले आजसम्म हिम्मत गर्नु भएको छैन । तर वामदेवको यस्तो वैज्ञानिक तर्क नेपाली जनताले २०५४, २०६४ मा पनि भोगिसकेकाले २०७४ को तर्क त झन ‘परालको लौरो’ ठाने–माने । २०५४ मा पार्टी विभाजन गर्नु भयो । २०६४ मा देश माओवादी माहौलमा थियो । गौतम चुनाव हार्नु भयो र पुष्पकमल दाहालकहाँ पुगेर भन्न भ्याउनु भयो, ‘मलाइ किन चुनाव हराउनु भयो ?’ मानौँ, एमाले ‘खरानी’ हुँदा वामदेव गौतम जित्नु पथ्र्यो ।
मनमोहन देखाएर नेपालमा पनि भनिएको छ, वामदेवलाई त एकपटक ल्याऊ भनिएको न हो ! सम्झनुहोस् त दुई वर्षअघिको परिदृश्य, देश कम्युनिष्ट माहौलमा थियो । माओवादी र एमालेको भोट जोड्दा बर्दियामा वामदेवको पक्षमा २८ हजार मत बढी थियो कांग्रेसको भन्दा । यस्तो बेला पनि नजित्ने गौतमले ५ वर्ष पार्टीमा काम गर्नु पर्ने हो । तर एकपछि अर्को ‘बखेडा उद्योग’ खोलेर आफैँले लेखेको ‘नवनेपाल महानिर्माण अभियान’मा सारथिहरुलाई मदत गर्नुको सट्टा भाग खोजिरहे । यसरी नै भाग खोज्दा प्रदीप नेपाल एकताका आफैँले ६ हजार बढी भोटले हराएका वामदेव गौतमको प्रमुख सल्लाहकारको जागिरे हुँदै हाल फेसबुक र ट्विटरमा सीमित भएका छन् । राजनीति कठोर र क्रुर बनाउने काममा प्रदीप नेपाल र वामदेव गौतमहरुको लगानी ‘चानचुने’ छैन ।
वामदेव गौतम पक्षधर कार्यकर्ताको तर्क छ, मनमोहन सिंह पाँचपटक ल्याइए, वामदेव त एकपटक त हो लैजाउँ भनेको । यहीबीचमा अर्को तरंग आयो, विनोद चौधरी, उपेन्द्र महतो, अजेयराज सुमार्गी र दीपक भट्टहरुले सेटिङ गरेर अर्थमन्त्री डा. युवराज खतिवडालाई रोक्न ‘पुष्पकमल कार्ड’ प्रयोग गरे । ‘सिरोहिया छाप’ बुलेटिन चलाइयो सरकारविरुद्ध । त्यो कार्डमा ‘जोकर’ बनाइए वामदेव गौतम र यो दुई कार्ड भएपछि केपी ओलीसँग सजिलै ‘जुवा जितिन्छ’ भन्ने लागेको हुनुपर्छ झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि । त्यसैले सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा प्रवेशको ‘पास’ उपलब्ध गराउने निधो भयो ।
गलत प्रचारसमाचार कसरीसम्म प्रायोजित गरियो भने, नेकपा सचिवालय बैठकले बुधबार जब राष्ट्रिय सभामा वामदेव गौतम पठाउने निर्णय गरियो, त्यसदिन समाचार प्रवाह भयो : अर्थमन्त्री युवराज खतिवडाका ठाउँमा वामदेव जाने भएपछि शेयर कारोबारमा अहिलेसम्मकै वृद्धि । यो समाचार वामदेवले नै लेख्न त लगाएनन् । लगाउने तिनै हुनुपर्छ, विनोद चौधरी, अजेयराज सुमार्गी र दीपक भट्ट । तर वामदेव गौतम अर्थमन्त्री बन्ने भन्ने आसयको समाचार गलत थियो ।
वामदेव राष्ट्रिय सभामा जाने भनेका हुन्, अर्थमन्त्री बन्ने होइनन् । डा. खतिवडाको बहिर्गमन ‘कन्फर्म’ थिएन । ६ महिना मन्त्री रहन सक्ने प्रावधान थियो । त्यतिमात्र होइन, ६ महिनामा नेकपामा थुप्रै ‘अडियो र रोशनी प्रकरण’को भूँइचालोले सांसद पद नै खाली हुने सम्भावना (यद्यपि अब यस्तो कल्पना नगरौँ) भएकाले डा. खतिवडाका लागि कुनै सकस थिएन । यसलाई चिर्न नसक्नु ‘भैँसेपाटी बैठक समूह’को कमजोरी भयो । प्रधानमन्त्रीले ‘हठ’ नगरी खतिवडा ‘सुरक्षित’ गर्ने अवसर पनि अझै कायमै छ ।
वामदेव किन बिच्किए ?पछिल्लो समय वामदेव गौतम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग टाढिएका थिए । कारण यो मात्र होइन कि, प्रधानमन्त्रीले वामदेवसँगको वाचा पूरा गरेनन् । प्रधानमन्त्रीको व्यस्तता, स्वास्थ्य परीक्षण, आरामले पनि वामदेवका लागि प्रधानमन्त्री चेम्बर टाढा भयो ।
त्यतिमात्र होइन, २०७० असारमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बन्ने कार्ड बनेका थिए वामदेव गौतम । जनकपुर महाधिवेशनमा माधवकुमार नेपाल पक्षसँग निकै कमजोर उपस्थिति महसुस गरेका केपी शर्मा ओलीका लागि बुटवल महाधिवेशन पनि सजिलो भएन । त्यहाँ पनि वामदेव गौतम झलनाथ खनालका पक्षमा लागे । खनाल अध्यक्ष भए । यद्यपि जनकपुरमा टाढै बसेका माधवकुमार नेपालको साथले ओली ‘अध्यक्ष’ उक्लन सकेनन् ।
नवौँ महाधिवेशनमा फेरि दृश्य फरक भयो । माधवकुमार नेपालको साथमा अध्यक्ष हुने सपना साँचिरहेका केपी शर्मा ओलीका लागि उनै नेपाल ‘आमनेसामने’ हुने संकेत देखा परेपछि झलनाथ खनाललाई ‘मौनता’मा राखियो र ‘वामदेव गौतम कार्ड’ प्रयोग गरियो । त्यो कार्ड यसर्थ पनि बलियो थियो कि, भूकम्पले भत्किएर कागजपत्र नष्टै भएको भए अलग कुरा तर वामदेव गौतम पक्षसँग महाधिवेशनमा ‘३२५’ प्रतिनिधि थिए । माधवकुमार नेपाललाई ‘३० प्रतिशत’ भन्ने ओली पक्षधरले नेपाललाई जितेको जम्मा ‘५४’ भोटले हो । त्यसैले तिनै वामदेव गौतम माधवकुमार नेपाल पराजित गर्ने ‘ब्रम्हास्त्र’ बने । गौतम र नेपालको सहकार्य भएको हुँदो हो त केपी ओली ‘२७५’ भोटले हार्ने रहेछन् । अर्थात् ओलीको शक्ति पार्टीमा बुटवल महाधिवेशनकै हाराहारी देखिने थियो । तर नेपाल र गौतमको दूरी बढाउने योजना साकार भयो ।
ओलीद्वारा बेवास्ताआफ्ना ‘३२५’ भोटले ओली पार्टी अध्यक्ष हुँदा ओलीले वामदेवलाई भनेका थिए, ‘अध्यक्ष तपाईं हुने हो, एकपटक म प्रधानमन्त्री हुने हो । त्यसपछि प्रधानमन्त्री पनि तपाईं हुने हो ।’ यो बीचमा ओली लगातार शक्तिमा छन् । शक्तिमा रहँदा ओलीले वामदेवका कार्यकर्तालाई ‘सेटल’ गरे पनि वामदेवको ‘कार्यबाहक अध्यक्ष’ हुने पालो आएन । प्रधानमन्त्री हुने कुरा त २०७४ मा बर्दियामा चुनाव हारेपछि पाँच वर्षका लागि बन्दै भयो । गौतमले खुलेरै भने, ‘मलाई हराइयो ।’
ओलीले गौतमलाई बेवास्ता गरेको महसुस हुँदै गयो । यहीबीचमा पार्टी एकता भयो । पार्टी एकतापछि ओलीसँग भन्दा बढ्दा हिमचिम पुष्पकमल दाहालसँग भयो । हुने नै भयो । तर पछिल्लो समय वामदेवका नेता कार्यकर्ताहरु कोटेश्वरतिर नजिक हुन थालेका थिए । ‘वामदेव छाप’का हरि पराजुली, बलराम बाँस्कोटाजस्ता एक न एक पात्र नेपाल निवासमा धाउन थाले । यसैले माधव नेपाललाई पनि वामदेवसँग कति दूरी राख्ने भन्ने भइरह्यो । त्यसैले वामदेव तानातानमा परे । पुष्पकमल दाहालले संगठन विभाग प्रमुख प्रस्ताव गरे । केपी ओलीले विधान फेरेर उपाध्यक्ष नै बनाउन चाहे । मामला अरु पेचिलो भयो । प्रधानमन्त्री बन्न पाउने गरी राष्ट्रिय सभामा प्रवेशलाई गौतमले एजेन्डा बनाए । जब ओलीले नै गौतमलाई राष्ट्रिय सभामा अफर गरे ।
ओलीलाई ३ सय २५ भोटको अमूल्य योगदान दिएका वामदेवका लागि संविधान संशोधनको कार्यदलसमेत बनाउन ओली, दाहाल र नेपाल तयार भए । यो तयारी बाहिर आएपछि विवाद बढ्यो र राष्ट्रिय सभामा प्रवेश गराउन नेपाल मात्र होइन नारायणकाजी श्रेष्ठसमेत तयार भए । सचिवालय बैठकले निर्णय गर्यो ।
प्रधानमन्त्रीको असहमतियो सरकार स्थिर सरकार हो । चौथो बहुमतको सरकार हो । अघिल्ला सरकारहरु ढालिए पार्टीबाटै । चौथो सरकार पनि ढाल्न खोजियो भन्ने प्रधानमन्त्रीमा चिसो पस्यो । यो चिसो यस्तोसँग प्रकट भयो कि, आफूले भन्दा संविधान संशोधनको तगारो लगाउने, अहिले फेरि किन आए वामदेव राष्ट्रिय सभामा ? प्रधानमन्त्रीमा पसेको चिसो यतिमै सीमित छैन । फागुनपछि ओलीको विकल्प खोज्ने भन्ने राजनीतिक डढेलो केन्द्रित छ । व्यापारीहरुको साँठगाँठ जोडिएको छ । सरकार ढाल्नु पर्ने, अस्थिर बनाउनुपर्ने कुनै कारण छैन । तर यहाँ ‘वामदेव’ जोकर बनाएर खेल अरु खेलिरहेका छन् । प्रधानमन्त्री राजीनामा दिने, प्रधानमन्त्रीले संसद विघटन गर्ने, प्रधानमन्त्रीले मध्यावधी चुनाव घोषणा गर्ने यावत योजनाका बनिबनाउ ‘निबन्ध’ लेख्न लगाइएका छन् । यी निबन्धहरुले कुनै ‘माने’ राख्दैन जब पार्टीमा सबै नेतासँग समान सम्बन्ध बनाएर आफ्ना पक्षधरलाई अवसर व्यवस्थापनमा वामदेव गौतम सफल हुनेछन् । राजनीति हो, केही कठोर र क्रूर त हुन्छ, तर अहिले पाइएको उपलब्धी कम होइन ।
केपी ओलीले ३ सय २५ को ऋण वामदेव गौतमलाई तिरेका छन् । कार्यबाहक प्रधानमन्त्री र कार्यबाहक अध्यक्ष एमाले हुँदा केहीसमयलाई पाएकै हुन् । अहिले गठबन्धन माओवादीसँग छ र माओवादीकै गठबन्धनमा गौतम लहसिँदा प्रधानमन्त्रीले फेरि पनि गौतमका लागि अनेक अफर र गिफ्ट ह्याम्पर दिनै पर्ने बाध्यता छैन । दिइएकै बढी भइसक्यो । संविधान संशोधनको मुद्दा त गलत भनेर कार्यदल नै भंग गर्नु नेकपाको बुद्धिमता हो । अब वामदेवले ३ सय २५ बाट सदस्य बढाएर नेकपाको २०७७ चैतमा हुने महाधिवेशनमा आफूलाई रोल नम्बर ५ बाट १ मा ल्याउन साविकका १, २, ३ र ४ सँग आवश्यकताका आधारमा ‘गणितीय हातेमालो’ र स्पर्धाको गृहकार्य गर्दा वेश होला । प्रधानमन्त्री दोस्रोपटक मृगौला प्रत्यारोपण गर्दै हुनुहुन्छ । त्यसैले आइतबारको सचिवालय बैठकमा राष्ट्रिय सभा सदस्यबारे छलफल भएन । अहिले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरौँ । वामदेव मात्रै राजनीतिको ‘सगरमाथा’मा देखिनु पर्ने र बाँकीले बुकेट बोकेर ‘नाम्चेबजार’ हुनुपर्ने र ‘अल दि बेस्ट’ भनिरहनु पर्ने चैँ हुँदै होइन, ल !
फागुनपछि ओलीको विकल्प खोज्ने भन्ने राजनीतिक डढेलो केन्द्रित छ । व्यापारीहरुको साँठगाँठ जोडिएको छ । सरकार ढाल्नु पर्ने, अस्थिर बनाउनुपर्ने कुनै कारण छैन । तर यहाँ ‘वामदेव’ जोकर बनाएर खेल अरु खेलिरहेका छन् । प्रधानमन्त्री राजीनामा दिने, प्रधानमन्त्रीले संसद विघटन गर्ने, प्रधानमन्त्रीले मध्यावधी चुनाव घोषणा गर्ने यावत योजनाका बनिबनाउ ‘निबन्ध’ लेख्न लगाइएका छन् । यी निबन्धहरुले कुनै ‘माने’ राख्दैन जब पार्टीमा सबै नेतासँग समान सम्बन्ध बनाएर आफ्ना पक्षधरलाई अवसर व्यवस्थापनमा वामदेव गौतम सफल हुनेछन् ।