Logo माघ ४, २०७७ आइतबार


कोरोना त्रासले स्वदेश फर्कन थाले नेपाली

काठमाडौं । श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । कतिपय संक्रमित देशले अध्यागमन क्षेत्रबाटै कतिपय नेपालीलाई फर्काएका छन् ।

संक्रमित देशबाट नेपाल फर्कने क्रम बढेसँगै नेपाल सरकारले पनि केही श्रम गन्तव्य जान रोक लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण बढ्न थालेपछि संक्रमण बढि फैलिएका देशमा जाने नेपालीलाई रोक लगाउने तयारी र फर्केकालाई गरिने परिक्षणमा कडाई गरिएको बताउनुभयो ।

विगत २४ घण्टामा कोरियामा ५९५ कोरोनाका नयाँ संक्रमित पत्ता लागेसँगै थेगु,सउज र ईन्छन क्षेत्रमा कार्यरत नेपाली स्वदेश फर्कन लागेका छन् । आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको…

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।

नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरिने प्रधानाध्यापक शर्माले बताउनुभयो…