सवारी दुर्घटनामा ८ जनाको मृत्यु

फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंको जडीबुटीमा आइतबार राति बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किद स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल नख्खु ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्युठानको स्वर्गद्धारी नगरपालिका–२मा आइतबार साँझ भे.१ च १७१५ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खोलामा खस्दा जिप चालक रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का ३५ वर्षीय राम बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बिजौरी बस्ने ४५ वर्षीय नेप बहादुर बस्नेतलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–५ खनाल चोकमा आइतबार साँझ ना.५६ प ३१९७ नम्बरको मोटरसाइकल भे.१ त ९२१५ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किदा मोटरसाइकल चालक २५ वर्षीय अर्जुन सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दियाको मधुवन नगरपालिका–९ मा आइतबार राति हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बाल कुमारी दमाईको नाती ४ वर्षीय बुद्धि दमाईको भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकमा आइतबार साँझ भे.१ त ८१७६ नम्बरको ट्याक्टर र भे.३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३३ वर्षीय यम बहादुर बिक र ३२ वर्षीय खगेन्द्र बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–१ हटियामा लु.४ त २५०० नम्बरको ट्याक्टर आइतबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका–७ बेसाही बस्ने २३ वर्षीय विपिन योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–१३ रुचानीस्थित सडकमा आइतबार साँझ अन टेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा काम गर्ने ४० वर्षीय वृषलाल माझीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।