हिमाली गाँउमा अज्ञात रोगको महामारी

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका हुन् । “पैँतालीस घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्”,स्थानीय सुवास लामाले जानकारी दिनुभयो ।भन्नुभयो, “एकपछि अर्को गरेर गाँउभरि नै रोग फैलिन लागिसक्यो, औषधि भने छैन ।”

अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन् । गाँउबाट स्वास्थ्यचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था नभएको उहाँले जानकारी दिनुभयो । उक्त रोगबाट ग्रसित बिरामीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गरेको स्थानीयले बताएका छन् ।

उक्त लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेको अर्का स्थानीय विष्णु बुढाले बताउनुभयो । “एकै घरका नौ जनासम्म बिरामी छन्, दैनिकजसो रोग फैलँदै छ, औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्” उहाँले भन्नुभयो । उक्त लक्षण देखिएका बिरामी गाँउदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिकमा पनि उपचारका लागि आउने गरेका छन् । केही दिनयतादेखि करेलीकाँडा गाँउबाट मात्रै दैनिकजसो उपचार गर्न बिरामी आउने गरेका मनिष मेडिकलका सञ्चालक गोरबहादुर विकले जानकारी दिनुभयो ।

काम विशेषले काठमाडौं गएर गाँउ फर्केका व्यक्तिबाट रोग फैलिएको र एक घरमा दुई जनासम्म बिरामी परेका स्थानीय ताम्बा लामाले बताउनुभयो । भर्खरै चिसो मौसमबाट गर्मी मौसम शुरु भएकाले रोग मौसमी फ्लुसमेत हुनसक्ने स्थानीय स्वास्थकर्मीको आशङ्का छ ।

अज्ञात रोगका कारण गाउँनै थला परेको खबर पाएपछि प्रहरी र स्वास्थकर्मीको टोली प्रकोप क्षेत्रमा गइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । स्थानीय जयबहादुर लामा र ताम्बा लामा निवेदन सहित गाँउमा स्वास्थ्यकर्मी औषधिसहित पठाउन माग गर्दै नगरपालिका कार्यालय पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…