काठमाडौं । मृगौला प्रत्यारोपणको लागि सोमबार त्रिभुवन शिक्षण अस्पाल भर्ना हुनुभएका प्रधानमन्त्री केपी ओलीको उपचार प्रक्रिया शुरु भएकाे छ । प्रधानमन्त्रीको उपचारमा शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मी टोली सक्रिय छ । प्रधानमन्त्री दाेस्राेपटक मृगौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना हुनुभएको हो । बुधबार उहाँको मृगौला प्रत्यारोपरण गरिँदैछ ।
[caption id="attachment_172498" align="alignnone" width="795"]
प्रधानमन्त्रीलाई मृगौला दान गर्ने समीक्षा संग्रौला ज्ञवाली अस्पतालतर्फ जाँदै[/caption]
प्रधानमन्त्रीलाई भान्जी पर्ने झापाकी समीक्षा संग्राैलाको मृगौला प्रत्यारोपण गर्न लागिएको हो । ३२ वर्षीय समीक्षा प्रधानमन्त्री ओलीलाई यसअघि मृगौला दान गर्नुभएकी अन्जना घिमिरेकी भान्जी हुनुहुन्छ । अन्जना प्रधानमन्त्रीकी भाइ बुहारी हन् । प्रधानमन्त्रीलाई (२०६४ सालमा) भारतको दिल्लीस्थित एपोलो अस्पतालमा अन्जनाको मृगौला प्रत्यारोपण गरिएको थियो । १२ वर्षअघि हालिएको मृगौलाले काम गर्न छोडेपछि दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो ।
[caption id="attachment_172500" align="alignnone" width="806"]
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण नेतृत्व गर्ने प्रा.डा. प्रेमराज ज्ञवाली[/caption]
प्रधानमन्त्रीलाई चिकित्सकले बुधबार मृगौला प्रत्यारोपण तयारी गरेका छन् । त्यसको लागि आइतबार प्रधानमन्त्रीको ग्रान्डी अस्पतालमा कोलोनोस्कोपी गरिएको थियो । प्रत्यारोपण गर्नुपूर्व कोलोनोस्कोपी गरिन्छ । यसअघि मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो ।
मृगौला प्रतयारोपणको लागि अस्पतालले आइतबार नै मृगौला दिनेको फाइल रेकर्ड बुक दर्ता गरेको छ । फाइलमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी) श्री केपी शर्मा ओली (मामा) । 'भान्जीले–मामालाई’ लेखिएको छ । रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर पनि लेखिएको छ । फाइलमा प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत राजेश बज्राचार्यको पनि नाम लेखिएको छ ।
प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण टोलीमा प्रा.डा ज्ञवालीसहित शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि सहभागी छन् । प्रधानमन्त्रीले अस्पताल जानुअघि देशबासीको नाममा भिडियो सन्देश दिनुभएको छ । भिडियो सन्देशमा प्रधानमन्त्रीले 'समृद्धिको सपना अलपत्र छाडेर अलप नहुने’ उल्लेख गर्नुभएको छ ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नु भएका प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित विभिन्न पार्टीका नेता, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, कार्यकर्ता र शुभेच्छुकले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अस्पताल जानुअघि प्रधानमन्त्रीलाई बुबा मोहनप्रसाद ओलीले आशिष दिनुभएको छ ।