काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण कार्य शुरु भएको छ । दोस्रो पटक मृगौलाप्रत्यारोपण्को लागि प्रधानमन्त्री सोमबार साँझ त्रिभुवन शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । आवश्यक स्वास्थ्य परीक्षणपछि आज उहाँको मृगौला प्रत्यारोपण शुरु गरिएको हो ।
प्रत्यारोपणमा शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मी टोली परिचालन भएका छन् । चिकित्सकले प्रधानमन्त्रीको शल्यक्रिया (अप्रेसन) दिउँसो २ बजे शुरु गर्ने छन् । अपेसन ५ बजे सकिने चिकित्सकले जानकारी दिएका छन् ।
मृगौला प्रत्यारोपणको लागि प्रधानमनत्रीलाई अप्रेसन थिएटरमा राखिसकिएको छ । प्रधानमन्त्रीलाई बिहान १० बजे नै अपरेशन थिएटरमा लगिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउन भएको छ ।उहाँले प्रधानमन्त्रीको अप्रेसन दिउँसो साढे ४ बजे सकिने बताउनु भयो । प्रधानमन्त्रीले अस्पताल जानुअघि मृगौला प्रयारोपण गरेर अर्को साता फर्कने बताउनुभएको थियो ।
प्रधानमन्त्रीलाई भान्जी पर्ने झापाकी समीक्षा संग्रौलाको मृगौलाप्रत्यारोपण गर्न लागिएको हो । ३२ वर्षीय समीक्षा प्रधानमन्त्री ओलीलाई यसअघि मृगौला दान गर्नुभएकी अन्जना घिमिरेकी भान्जी हुन् । अन्जना प्रधानमन्त्रीकी भाइ बुहारी हुन् ।
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गरिने दिन आज शिक्षण अस्पताल वरपर सञ्चारकर्मी, पार्टीको कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ । अस्पतालमा रहेका बिरामीका आफन्त बाहेक अन्यलाई प्रवेश गर्न दिइएको छैन ।
सञ्चारकर्मीलाई छुट्टै कक्षप्रधानमन्त्रीको उपचारबारे जानकारी लिनको लागि अस्पतालले सञ्चारकर्मी छुट्टै कक्षको व्यवस्था गरेको छ । प्रधानमन्त्रीको स्वासथ्य अवस्थाबारे बेला बेला जानकारी दिइने अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीलाई २०६४ सालमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा अन्जनाको मृगौला प्रत्यारोपण गरिएको थियो । १२ वर्षअघि हालिएको मृगौलाले काम गर्न छोडेपछि दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो ।