ट्रिपरले टेम्पो र माेटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

मोरङ । ट्रिपरको ठक्करबाट ३ जनाको मृत्यु भएको छ  । विराटनगर महानगरपालिकामा ट्रिपरले टेम्पोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर १९ स्थित मिलनचोक मंगरबार राति साढे ९ बजे ट्रिपरले टेम्पोलाई ठक्कर दिएको हो ।

उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको  हाे । घटनापछि आक्रोशित बासिन्दाले टि«परमा आगजनी गरेका छन् । टेम्पोलाई ठक्कर दिने ट्रिपर चालक पक्राउ परेका छन् ।

यस्तै महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ आइरहेको बी आर ३ एक्स ७७०२ नम्बरको मोटरसाइकललाई जनकपुरतर्फ जाँदै गरेको ना १ क ५८२६ नम्बरको टि«परले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइल चालकमहोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको मृत्यु भएको छ । उनको जलेश्वर अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

संक्रमितहरु १९ र २१ वर्षका दुई पुरुष रहेको बताइएको छ ।

स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको बताइएको छ ।