ज्वरो आएकालाई बस चढ्न नदिइने

काठमाडौं ।  काठमाडौंमा सञ्चालित विद्युतीय बसमा ज्वरो नापेर मात्रै यात्रा गर्नुपर्ने भएको छ । सुन्दर यातायात कम्पनीले बिहीबारदेखि ज्वरो नापेर मात्रै गाडीमा प्रवेश गराउने जनाएको हाे । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएसँगै कम्पनीले संक्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले तापक्रम तथा ज्वरो जाँच्न ४ वटा इन्फ्रारेड थर्मेमिटर ल्याएको बताए । ‘हाम्रा गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले थर्मोमिट पठाएको छ, ’उनले भने, ‘उक्त कम्पनीले देशभरका बिजुली बस खरिदकर्तालाई पठाएको रहेछ ।’ उनका अनुसार ज्वरो जाँच्नका लागि प्रत्येक बसमा चालक र सहचालक बाहेक दुई जना कर्मचारी खटाइनेछ ।

ज्वरो नाप्दा १ सयभन्दा बढी तापक्रम पाइएमा यात्रुलाई मास्क उपलब्ध गराइने र अस्पताल जान सुझाव दिइने उनले बताए । ज्वरो आएको देखिएमा त्यस्ता यात्रुहरु गाडीमा चढ्न नपाइने उनको भनाइ छ । कम्पनीले जिल्ला प्रशासन कार्यालय , यातायात व्यवस्था विभाग र सरुवा नियन्त्रण महाशाखासँग छलफल गरेर नै यस्तो व्यवस्था लागु गर्ने भएको हो । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…