प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोश्रोपटकको मृगाैला प्रत्यारोपण कार्य सम्पन्न भएको छ । मृगाैला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्रीको उपचारको क्रम जारी नै छ । भान्जी समिक्षा संग्रौलाको मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले सामान्य खानेकुरा खान थाल्नुभएको र उपचारमा संलग्न चिकित्सकहरुसँग सामान्य सम्वादसमेत गर्न थाल्नुभएको बताइएको छ । प्रधानमन्त्रीको पछिल्लो स्वास्थ अवस्थामा केन्द्रित रहेर उहाँका प्रेस सल्लाहकार सूर्य थापा सँग नरेश न्यौपाने ले गरेको कुराकानी ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ अवस्था कस्तो छ ? उहाँको स्वास्थ सुधारोन्मुख छ । हिजो तेश्रो दिन चिकित्सकहरूले सार्वजनिक गरेको स्वास्थ्य बुलेटिनमा पनि उहाँको अवस्थाबारे केही कुरा समावेश छ र उहाँलाई तरल तथा नरम आहार पनि दिन थालिएको छ । शल्यक्रिया जुन रुपमा सफल भएको छ, त्यसपछिको सम्पूर्ण जोड भनेको छिटो स्वास्थ्यमा प्रगति गर्ने र संक्रमणहरु हुन नदिने र समग्रमा प्रत्यारोपणको यो सफलतालाई निश्कर्षमा पुर्याउने कुरामा चिकित्सकहरु केन्द्रित छन् ।
उहाँले खानेकुरा खान थाल्नुभएको हो ?हजुर ।
प्रधानमन्त्रीकाे त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणकाे मुख्य म्यासेज भनेकै आम नागरिक जो मिर्गौला पीडित छन्, अब चाहीँ सबैलाई यो सेवा दिन नेपालमै सम्भव छ भन्ने पुष्टि भएकाे छ ।
प्रत्यारोपित मृगाैलाले सामान्य रुपमा काम गर्न थालिसकेको भने र चिकित्सकहरुले जानकारी दिएका छन्, यहाँ चिकित्सकसँग पनि परामर्शमा हुनुहुन्छ होला, वास्तविकता के हो ? शुरुकै दिन जुन २१ गते बुधबार करिब ४ बजे उहाँको प्रत्यारोपण सम्पन्न भएको थियो र सम्पन्न गर्ने क्रममै प्रत्यारोपित मृगाैलाले काम थालेको खुसीको खबर चिकित्सकले सुनाएका थिए । त्यसरी काम गर्न थालेको एउटा संकेत भनेको युरिनमा देखापरेको थियो । मृगाैला प्रत्यारोपण हुनासाथ उहाँले पिसाब गर्नुभएको थियो । चिकित्सकहरुका अनुसार यसरी पिसाब गर्नु प्रत्यारोपणका क्रममा निकै महत्वपूर्ण मानिन्छ । त्यसयता प्रत्यारोपणका क्रममा म्याच नहुने, बाह्य अंग स्वीकार नगर्नेजस्ता समस्या हुन्छ की भन्ने जुन चिन्ता थियो त्यो रहेन र मृगाैलाले राम्रोसँग काम गरेको छ । अहिले यो सामान्य अवस्थामा रहेको चिकित्सकहरको धारणा छ ।
तर चिकित्सकहरुले चाहीँ प्रत्यारोपित मृगाैलाले कामगर्न थालेको भएपनि शरीरले राम्रोसँग लियो भनेर दाबी गर्न सक्ने अवस्था नरहेको भनेको कुरा बाहिर आउको छ यसमा कत्तिको सत्यता छ ?यो चाहीँ कुन चिकित्सकले भने भनेर व्यक्ति व्यक्तिले के भने भन्ने कुरामा जान चाहान्न । तर जो/जो चिकित्सकहरु उहाँको प्रत्यारोपण र क्रिटिकल केयरमा संलग्न हुनुहुन्छ, उहाँहरूको धारणा सुन्दा चाहीँ त्यस्तो समस्या छैन । संक्रमणको खतरा त जहिलेपनि हुन सक्छ र त्योबाट जोगिनुपर्छ नत्र प्रत्यारोपित मिर्गौलाले काम नगर्ने समस्या प्रकट हुने भनेको शल्यक्रियाकै क्रममा देखिने कुरा हो । त्यसमा कुनै समस्या छैन् ।
यहाँले प्रधानमन्त्रीलाई मृगाैला दान गर्नुभएकी उहाँकी भान्जी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्थाबारे केही बुझ्नुभएको छ ? हजुर, एकदम नजिकबाट बुझिरहेका छौं । समिक्षाजीको स्वास्थ्य अवस्था पनि राम्रोसंग सुधार भएको छ । उहाँले एउटा ठूलो पून्य गर्नुभएको छ । उहाँको निकै ठूलो यस पुन्यले प्रधानमन्त्री ज्युलाई नयाँ जीवन मिलेको छ । उहाँले हिजोदेखि तरल र नरम खानेकुरा खान थाल्नुभएको छ । हिजो चिकित्सकले भनेअनुसार उहाँलाई दाल खुवाइएको थियो । उहाँको स्वास्थ्यमा राम्रो प्रगति छ । प्रधानमन्त्रीज्युको भन्दा छिटो उहाँ डिस्चार्ज हुनुहुनेछ ।
उहाँले चिकित्सकहरुसँग पनि विरलै संवाद गर्नुभएको छ । तर चिकित्सकहरुले उहाँलाई कस्तो छ ?, दुखेको छ कि छैन् ? भनेर सोध्दा 'रेस्पोन्स' गर्नुभयो भन्ने कुरा हो । त्यो बाहेक सचिवालयका अरु कसैलाई भेट्न सम्भव हुँदैन । यतिसम्म कि, उहाँको धर्मपत्नी राधिका शाक्यले समेत भेटेर उहाँको अवस्था बुझ्न सम्भव छैन् ।
प्रधानमन्त्रीले यस अवधिमा तपाइँहरुसँग कुनै संवाद गर्नुभएको छ ? केही बोल्नुभएको छ ? यस अवधिमा त्यो सम्भव छैन् । उहाँले चिकित्सकहरुसँग पनि विरलै संवाद गर्नुभएको छ । तर चिकित्सकहरुले उहाँलाई कस्तो छ ?, दुखेको छ कि छैन् ? भनेर सोध्दा 'रेस्पोन्स' गर्नुभयो भन्ने कुरा हो । त्यो बाहेक सचिवालयका अरु कसैलाई भेट्न सम्भव हुँदैन । यतिसम्म कि, उहाँको धर्मपत्नी राधिका शाक्यले समेत भेटेर उहाँको अवस्था बुझ्न सम्भव छैन् । किनभने प्रत्यारोपण कक्षमा संक्रमणको किनै खतरा हुनसक्ने भएकाले उच्च सावधानीको आवश्यकता छ । निर्धारित चिकित्सकहरुले उहाँको स्वास्थ्यलाई उच्च निगरानीमा राख्ने बाहेक बाहिरी भेटघाट पूर्णरुपमा बन्द छ ।
उहाँको उपचारमा केही विदेशी विशेषज्ञहरुको पनि सहभागिता रहेको भनिन्छ, यसबारे के जानकारी छ यहाँलाई ? यसबारे प्रधानमन्त्रीज्युको निजी चिकित्सक डा. दिव्या सिंह शाहले पनि स्पष्ट पारिसक्नुभएको छ । भारतको एपोलो अस्पतालबाट तीन जना विशेषज्ञ, जसले पहिलोपटक उहाँको मृगाैला प्रत्यारोपण गर्नुभएको थियो । प्रा. डा अनन्तकुमार र अन्य २ जना आउनुभएको हो र उहाँहरुलाई ‘ब्याक अप’ का लागि राखिएको हो । उहाँहरुको यस क्षेत्रमा रहेको निकै लामो अनुभव र पहिलो प्रत्यारोपण गर्दाको अनुभवबाट दोश्रो प्रत्यारोपणमा सहयोग लिन र आश्वस्त हुन डा. शाहले नै अनुरोध गरेर बोलाउनुभएको हो र उहाँले नै उहाँहरुसँग सबै हिसाबले परामर्श गरिरहनुभएको छ । त्यसपछि प्रधानमन्त्रीले डा. अनन्तकुमार आउने भएपछि खुसी भएर सहमति दिनुभएको हो । उहाँले समग्र प्रत्यारोपणको प्रक्रियालाई नजिकबाट नियालिरहनुभएको छ । नेपालका प्रधानमन्त्रीको एकजना घनिष्ठ मित्रका रुपमा डा. अनन्तकुमारले दोश्रोपटक गरिएको मिर्गौला प्रत्यारोपणमा खुसी हुँदै सहभागिता जनाउनुभएको छ ।
डा. अनन्तकुमारलगायतको समूहले पहिलो पटक सफल मृगाैला प्रत्यारोपण गरेकै आधारमा प्रधानमन्त्रीज्युले राष्ट्र र पार्टीको नेतृत्व गरेर यहाँसम्म अगाडी बढ्नुभएको छ । उहाँले दोश्रो पटकको प्रत्याराेपणलाई पनि आफूले नजिकबाटै नियालेर र समूहमा संलग्न भएर प्रत्यारोपण कार्यलाई सघाउनुभएको छ ।
डा. दिव्यासिंह शाहले चाहीं झट्ट हेर्दा प्रधानमन्त्रीले बोलेकै भरमा शिक्षण अस्पतालमा मृगाैला प्रत्यारोपण भएको जस्तो देखिएपनि त्यसको पछाडी धेरै गृहकार्य भएको पनि बताउनुभएको छ , त्यो कस्तो गृहकार्य हो ? डा. दिव्यासिंह शाहले विगत ६/७ वर्षदेखि प्रधानमन्त्रीज्युको निजी चिकित्सकको रुपमा अनवरत काम गर्दै आउनुभएको छ । उहाँले एकदम सहि कुरा गर्नुभएको छ । प्रत्यारोपणको समग्र प्रबन्ध पनि स्वभाविक रुपमा निजी चिकित्सकका नाताले उहाँले नै गर्ने हो तर यससम्बन्धी निर्णय चाहीँ प्रधानमन्त्रीज्युले नै लिनुभएको हो । चिकित्सकहरुको राय, सल्लाह, परामर्श तथा सुझावलाई मध्यनजर गरेर शिक्षण अस्पतालमै प्रत्यारोपण गराउन उपयुक्त हुन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई महशुस भयो र उहाँले आवश्यक निर्णय लिनुभएको हो । यसमा केवल प्रधानमन्त्रीको इच्छा र चासोबाट आवश्यक पूर्वाधार तयार नभएको भए अहिलेजस्तो स्वभाविक रुपमा अगाडी नबढ्न पनि सक्थ्यो । प्रधानमन्त्रीको इच्छाअनुसार चिकित्सकहरुको निकै योग्य र काविल टिम तयार भएकाले उपचारमा राम्रो 'कम्बिनेशन" मिल्न गएको हो ।
चिकित्सकहरुको राय, सल्लाह, परामर्श तथा सुझावलाई मध्यनजर गरेर शिक्षण अस्पतालमै प्रत्यारोपण गराउन उपयुक्त हुन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई महशुस भयो र उहाँले आवश्यक निर्णय लिनुभएको हो ।
प्रधानमन्त्रीले यसरी स्वदेशमै आफ्नो उपचार गर्ने निर्णय गर्नाले जनमानसमा कस्तो सन्देश गयो भन्ने लाग्छ यहाँलाई ? सन्देशमा जानुअघि हामिले हाम्रो सफलतालाई हेर्नुपर्छ । खासगरी त्रिवि शिक्षण अस्पतालमा सन् २००८ मा पहिलोपटक मिर्गौला प्रत्यारोपण शुरु गरिएको थियो । प्रधानमन्त्रीज्युले सन २००७ मा पहिलोपटक मृगाैला प्रत्यारोपण भारतको एपोलो अस्पतालमा गराउनुभएको थियो । त्यो समय यहाँ त्यो सेवा उपलब्ध नभएकाले उहाँ बाहिर जानु अनिवार्य भएको थियो । तर सन् २००८ यता त्रिवि शिक्षण अस्पतालले ६३० भन्दा बढी सफल प्रत्यारोपण गरेको छ ।
झन्डै १० भन्दा बढी पुन: प्रत्यारोपण गरेको छ । पुन: प्रत्यारोपणको सफलताको दर चाहीँ शत प्रतिशत छ भने प्रत्यारोपणको दर चाहीँ ९८ प्रतिशतभन्दा बढी छ भन्ने तथ्यांक छ । यो समग्र सफलताका पछाडी हाम्रो सामर्थ्य र विशेषज्ञहरुको सक्षमता कसरी बढ्दै छ ? भन्ने कुरा पनि देखाएको छ । यसबाट हामीकहाँ दक्ष जनशक्ति निर्माण हुँदै गरेको प्रष्ट भएको छ । यद्दपी अझ यसभन्दा धेरै गर्न बाँकी नै छ । प्रधानमन्त्रीले पनि यो सबै अवस्था बुझ्नुभएको छ ।
शिक्षण अस्पतालबाहेक ग्राण्डी, मानव अंग प्रत्यारोपण केन्द्र र अरु विभिन्न ठाउँमा पनि प्रत्यारोपणहरु हुने गरेका छन् । यसका बाबजुद शिक्षण अस्पतालले आफूलाई काममा समर्पित गरेर प्रत्यारोपणको समग्र प्रक्रियालाई व्यवस्थित गरेको छ । यस्तो सबै अवस्था बुझेर देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले शिक्षण अस्पतालमै मृगाैला प्रत्यारोपण गरेको छ । यसको मुख्य म्यासेज नै आम नागरिक जो मृगाैला पीडित छन्, अब चाहीँ सबैलाई यो सेवा दिन नेपालमै सम्भव छ भन्ने नै हो ।
झन्डै १० भन्दा बढी पुन: प्रत्यारोपण गरेको छ । पुन: प्रत्यारोपणको सफलताको दर चाहीँ शत प्रतिशत छ भने प्रत्यारोपणको दर चाहीँ ९८ प्रतिशतभन्दा बढी छ भन्ने तथ्यांक छ । यो समग्र सफलताका पछाडी हाम्रो सामर्थ्य र विशेषज्ञहरुको सक्षमता कसरी बढ्दै छ ? भन्ने कुरा पनि देखाएको छ । यसबाट हामीकहाँ दक्ष जनशक्ति निर्माण हुँदै गरेको प्रष्ट भएको छ । यद्दपी अझ यसभन्दा धेरै गर्न बाँकी नै छ । प्रधानमन्त्रीले पनि यो सबै अवस्था बुझ्नुभएको छ ।