वरिष्ठ साहित्यकार भट्ट अभिनन्दित

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दित हुनुभएको छ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दन समारोह समितिको शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार भट्टलाई सम्मान गर्नु भएको थियो । सो अवसरमा मन्त्री पोखरेलले भट्टकै उचाइ बराबरको धातुमा कँुदिएको ५ फुट ४ इन्च अग्लो अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले वरिष्ठ साहित्यकार भट्टले साहित्य र राजनीतिमा समर्पित रहेर काम गरेको बताउँदै नयाँ पुस्ताले भट्टबाट धेरै कुरा सिक्न सक्ने चर्चा गर्नुभयो । ‘‘जब उहाँले राजनीतिमा होमिने मन बताउनुभयो ’’, रक्षामन्त्री पोखरेलले भन्नुभयो , ‘‘उहाँले विश्वविद्यालयको जागिरबाट राजीनामा दिनुभयो ।’’ साहित्यकार भट्ट विश्वविद्यालयमा राजनीतिकरणका विरुद्ध रहेको रक्षामन्त्री पोखरेलको कथन थियो । उहाँले साहित्यकार भट्ट खाली आफ्नो परिवारको मात्रै नभएर सम्पूर्ण प्रगतिवादी खेमाको समेत अभिभावक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयलाई बृहत बनाउन साहित्यकार भट्टको ठुलो योगदान रहेको बताउनुभयो । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले साहित्यकार भट्ट अरुलाई लगातार प्रेरित गरिरहने व्यक्तित्व भएको बताउँदै उहाँलाई अभिनन्दन गरेर निकै राम्रो काम भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग…

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको…

सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले…

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी…