Logo माघ ३, २०७७ शनिबार


अनिलको ‘लु’ देखि ‘आल्तु फाल्तु’ सम्मको यात्रा

रमिता यादव
नवलपरासी जिल्लाको महुवारीमा विस २०५३ सालमा आमा सोमारी देवी तथा बुवा महेन्द्र कुर्मीका कोखबाट जन्मिएका अनिल कुर्मी सानैदेखि नै चनचल र फरक कार्य गर्ने स्वभावका थिए । उदाउँदै गरेका अनिल मध्य परिवारमा रमाउँदै हुर्किए । अनिल भन्छन्, सानैदेखि उनमा अभिनयको रुची र अभिनयको किरा पलाउँदै गएको थियो । बाल्यकालमा उनका हजुरबुवाले राति सुत्ने बेलामा सधैँ कथाहरु सुनाउँथे । ती कथाहरुमा आफू नै पात्र भएको कल्पना समेत गर्थे, जसले गर्दा कल्पनामै कथाहरुलाई नाटकीय रुपले अभिनयमा ढाल्न सक्ने क्षमताको बिकास हुँदै गयो । सानै देखि उनले भारतीय सिनेमा जगतका कलाकारहरुको मिमिक्री पनि गर्थे । त्यो देखेर उनको हजुरआमाले उनको नाम पनि भारतीय कलाकार अनिल कपुरको नामसँग मिल्दो राख्नुभयो । हजुरआमा भन्नुहुन्छ, ‘पढाईमा पनि राम्रो विद्यार्थी थियो, विद्यालयमा सधैँ प्रथम नै हुन्थ्यो ।’ उनको फिल्ममा पनि अभिनय गर्ने इच्छा छ । उनी भन्छन् पढाईमा पनि राम्रै भएकै कारणले होला र बुवा पनि कलाकार क्षेत्रमा भएकोले घरबाट कहिल्यै रोकटोक भएन ।

कलाकारीता क्षेत्रमा प्रवेश
कक्षा ३ मा हुँदा विद्यालयमा एउटा नाटकको आयोजना गरिएको थियो । अनिल भन्छन् त्यो नाटकमा आफूले पनि भाग लिने मौका पाएको थिएँ । आफूले गरेको प्रस्तुती देखेर सबै दंग परे । सबैको प्रोत्साहन पाएर अभिनय गर्ने झनै आत्मबल बढ्यो । त्यहीँबाट उनको नाटकीय जीवनको सुरुवात भयो । विद्यालयदेखि कलेजसम्मको यात्रामा विभिन्न पात्रहरुको सानो तीनो नाटकहरु गर्दै गए । सबैको प्रोत्साहन बटुल्दै गएपछि उनमा आफू भित्र एउटा कलाकार लुकेको अनुभुती भयो र एउटा सफल कलाकार हुँन सक्ने क्षमता रहेको महशुस गरे ।

राजधानीको जीवन
कुनै कामले राजधानी छिरेका अनिल एक दिन डबिङ स्टुडियो पुगे । स्टुडियोमा कलाकारीता क्षेत्र मै संघर्ष गरिरहेकी कलाकार सरिता साहसँग उनको भेट भयो । त्यसबेला साहले ‘नयनराज पाण्डे’ द्वारा लिखित उपन्यासमा आधारीत नाटक ‘लु’को तयारी गर्दै थिइन् र साह एउटा पात्रको खोज गर्दै्थिइन् । साहले अनिललाई त्यो पात्र गर्ने प्रस्ताव राखिन् । अनिल भन्छन्न्, ‘म आफ्नो कलाकारीता प्रदर्शन गर्ने एउटा ‘प्लेटफर्म’ खोजिरहेको थिए त्यसकारण मैले प्रस्तावलाई तुरुन्तै स्वीकारेँ । उनले कतै कुनै तालिम नलिएको साहलाई बताए । साहले उनमा अभिनय गर्न सक्ने दृढ संकल्प तथा क्षमता देखेकोले प्रस्ताव गरेको बताइन् । दर्शकसामु आफ्नो कलाकारीता देखाउने पहिलो अवसर नाटक ‘लु’बाट प्राप्त भयो जुन काठमाडौको मण्डला थिएटरमा सम्पन्न भएको थियो । आफूले निकै मिहिनेत गरेको र दर्शकले अत्यन्त मन पनि पराएँ । साह्रै खुशी भएँ । हेर्ने जती प्राय धेरैले मन पराएको देखेर खुशीको सीमा नै थिएन त्यो बेला । त्यो पल सम्झ्यो भने आज पनि उतिक्कै खुशी हुन्छु, उनी बताउँछन् । त्यसक्रममा धेरै कुराहरु सिक्ने मौका पनि पाएँ । ‘लु’ नाटकले मेरो जीवनमा एउटा महत्वपूर्ण कोल्टो फेर्यो । त्यसपछि यो क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने ठूलै आँट आयो र ‘लु’को सफलता पश्चात उनले संकल्प नै लिए अब जेसुकै परोस ठूलो कलाकार हुने सपनालाई पुरा गरेरै छोड्छु । त्यसपछि लगातार उपन्यासमा आधारित ‘घोरचढी, काशी देवी, एल आई जी पिक्निक’ जस्ता नाटकहरुमा अभिनय गर्ने मौका पाएँ ।

भोजपुरी भाषामा वेभ सिरीज
नाटकहरु गर्ने क्रम जारी नै थियो । त्यसबीच उनलाई लाग्यो आफनो ‘क्रिएटीभीटी’लाई मूर्त रुप दिनुपर्यो । र भोजपुरी भाषामा वेभ सिरीज बनाउँने आटँ गरे । भोजपुरी भाषामा आल्तु फाल्तुको सोच आयो, आजसम्म कसैले नगरेको काम उनको पहिलो वेभ सिरीज रहेको अनिल बताउँछन् । उनी भन्छन्, ‘आफ्नो मातृभाषामा काम गर्ने मज्जा र आनन्द नै बेग्लै छ । सायद यो नेपाल कै पहिलो भोजपुरी भाषाको वेभ सिरीज हो । आफ्नो जिल्लाबाट सुरुवात गरेको हुँ । नयाँ रुपले प्रस्तुत गर्ने प्रयास रहेको छु । समाजमै रहेका केही कुरालाई कोट्याएर प्रस्तुत गर्ने जमर्को गरेको छु । ‘आल्तु फाल्तु’ टाइटले पनि केही अनुमान गर्न सकिन्छ । हास्य व्यङगमा आधारित तथा समाजलाई सकारात्मक सन्देश दिने खालको हुनेछ । गम्भीर प्रकारका सामाजिक मुद्दाहरुलाई उठान गरिएको छ । यो पहिलो प्रयासले समाजमा दीर्घकालीन रुपमा परीवर्तन ल्याउँछ भन्ने विश्वास रहेको छ’ । उनी हास्दै भन्छन्, ‘अब आल्तु फल्तुको बारेमा अहिले नै धेरै नभनौ । भोलिबाट बजारमा आउँदै छ कृपया सबै सिरीज हेरिदिन आग्रह पनि गरे । र के कस्तो बनेको छ भन्ने प्रतिकृया तथा मुल्याङन पनि गरिदिन आग्रह गरे उनले ।

यसका कलाकारहरु नन प्रोफेसनल रहेका छन् । नन् प्रोफेसनल कलाकारहरुले अभियन गर्दा वास्तविक कुरो बाहिर आउँछ त्यसकारण वहाँहरुलाई यसमा समेटेको, उनी बताउँछन् । यो सिरीज ‘बुद्धभुमी क्रिएसन र द कन्टेन्ट नेपाल’को सहकार्यमा बनाइएको हो । मनोरञ्जनमा आधारित समाजमा केही सुखद सन्देश दिने ‘आल्तु फाल्तु’को अवधारणा, लिपी, कथा, निर्देशन आफ्नै रहेको उनले बताए । छायांकन भूपेन चौधरी र नविन चापागाईको रहेको छ । कलाकारहरु अनिल कुर्मी, रामजी प्रजापति, मनिषा मलाह, बिनय पटेल, दिलीप पासवान, अमिरक यादब, दिनेश गुप्ता, बसन्त कोहर र महेन्द्र कोहर रहेका छन् ।

अभियनबाट निर्देशन तर्फ मोडिनुको कारण
अभियन आफ्नो लागि नशा रहेको र चाहेर पनि रोक्न नसक्ने उहाँ बताउँछन् । उहाँ भन्छन् आफ्ना मनमा खेलेका कुराहरुलाई प्रस्तुत गर्न यो भन्दा राम्रो माध्यम नै भेटिन् । उनको धारणाहरु, कथाहरुलाई कसैले नबुझिदिएको र निर्देशन गर्ने व्यक्ति नपाएका कारणले उनले आफैले निर्देशन गर्नु परेको बताउँछन् । यो वेभ सिरीज उनका लागि एकदमै अहम र महत्वपूर्ण रहेको बताउँछन् । आफैले निर्देशन, अभिनय र छायाँङकन गर्दा तनाब त पक्कै हुन्छ तर मेरो लागि अहिलेको सिकाई, अनुभव एकदमै महत्वपूर्ण र आवश्यक रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।

आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका नगर तथा गाउँपालिकामा विरोध प्रदर्शन गर्ने भएको छ…

हाल गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाकाे…