दिदीबहिनीहरु !
अहिलेको नारी दिवसमा आफना सवै काम बन्द गर्नुहोस् र एक दिन भएपनि तपाईको कामको महत्व बुझाइदिनुहोस् कि महिला रोकिए संसार रोकिन्छ भनेर । अहिलेको पुस्ताले हरेक क्षेत्रमा समानता खोजिरहेको छ ।
पुरुष महोदयहरुभान्सामा भात पकाउन, आफूले खाएको भाडा आफै माझ्न र आफनो लुगा आफै धुन तयार हुनुहोस् । किन कि महिला पनि पुरुष जत्तिकै आफनो कार्य क्षेत्रमा व्यस्त छन् । तसर्थ उनीहरुसँग सवै क्षेत्रमा सहकार्य गर्न अब तयार हुनुहोस् । श्रीमतीलाई ‘तंँ, तिमी’ भन्ने र श्रीमानलाई ‘तपाई, हजुर’ भन्ने शब्दको विभेदको अन्त्य पनि अहिलेको पुस्ताले खोज्दैछ । यदि श्रीमतीलाई ‘तँ र तिमी’ भन्ने गरिएको छ भने उताबाट फर्कन तिमी शब्द पचाउन पनि आफूलाई तयार पार्नुहोस् । नयाँ पुस्ताले छाडने छैन’ ।
सन् २०२० को नारी दिवस ‘महिला रोकिए संसार रोकिन्छ, हामी समानताका पुस्ता हौ’ भन्ने मूल नाराका साथ मनाइदैछ । मूलत महिला दिवस मनाउनुको उदेश्य समाजमा देखिएको र भोग्दै आएको लैगिक विभेदको अन्त्य गर्नु हो । यसका लागि ,पारिवारिक सामाजिक, साँस्कृतिक, आािर्थक, र राजनितिक क्षेत्रमा महिलाको भूमिका बराबरी हुनुपर्ने नै हाम्रा अहिलेका मूल मुद्घा हुन् । जुन अझैसम्म पनि पूर्णरुपमा प्राप्त हुन सकिरहेको छैन । महिलाको बाँच्न पाउने अधिकार खोसिएको छ । भर्खरै मात्र तराईमा एकजना महिलालाई जिउदै जलाएर मारिएको घटना सेलाउन पाएको छैन । तर पनि हिजो परिवारभित्रको चौघेरो नाध्न नसकिरहेका महिलाहरु आज भिन्नै स्थान बनाउन सफल हुँदैछन ।
सन १९१०मा अमेरिकाको सिकागोबाट शुरु भएको महिला आन्दोलनले आज ११० आंै वर्ष पार गरिरहँदा हाम्रा मुद्घा कोसेढुंगाकै रुपमा अगाडि बढिरहेका छन् । हामीले हरेक वर्ष उठाउदै आएका विषय आर्थिक, सामाजिक, राजनैतिक, लैगिक र व्यवहारिक विभेदलाई हटाउदै सवै क्ष्ोत्रमा महिलाको पहुँच पुर्याउने र समान अस्तित्वसहितको सभ्य, विकसित र सुसंस्कृत समाज निमांण गर्नु नै रहेका छन् ।
नेपालको सन्दर्भमा नारी दिवसनेपालमा नारी दिवस २००७ सालको परिवर्तनपछि शुरु भएको हो । पंचायती व्यवस्थामा दरवारिया महिला नारी दिवस मनाउँथे तर श्रमजीवि महिला भने यसप्रति बेखर थिए । श्रमजीवि महिला ७१ औं नारी दिवसदेखि यसलाई मनाउन थालेका हुन् । पंचायती व्यवस्थामा राजनीतिक दल प्रतिबन्धित थिए । त्यसबेला दलमा विचार बन्देज थियो । पार्टी र व्यक्तिका विचार सभा सम्मेलनमार्फत खुल्ला रुपमा राख्न पाइँदैन्थ्यो । पंचायती शासनमा महिलाको अवस्था पनि उस्तै थियो । राजनीतिक स्वतन्त्रता, समानता, शोषण दमनका र पंचायती व्यवस्थाकाे अन्त्यका लागि महिलाले ८ मार्चलाई अभियानको रुपमा प्रयोग गरे ।
नारी दिवसलाई भित्रि रुपमा पंचायत व्यवस्थाविरुद्धको अभियानकै रुपमा प्रयोग गरियो । महिला अधिकारलाई व्यवस्थासँग गाँसेर पंचायती विरोधी अस्त्र बनाइयो । नारी दिवसमा आफ्नो अधिकारको आवाज उठाउँदा नेपाली कैयन महिला जेलको कोठरीमा समेत पुगे । धेरैले डर, धम्की र त्रासको सामना गर्नुपर्यो । तर पनि नारी दिवससँगै मुलुकमा महिला मुक्ति आन्दोलन अगाडि बढिरह्यो । निरंकुश शासकको यातना तथा डर धम्की सामना गर्दै महिला आन्दोलित हुँदै गए । २०४६ साल चैत २६ गते पंचायती व्यवस्था अन्त्य भयो । मुलुकमा बहुदल घोषणा भयो । त्यसमा महिलाको उल्लेखनीय योगदान रह्यो । बहुदलीय हुँदै मुलुकमा गणतन्त्र स्थापना भएको छ । विभिन्न पटकको राजनीतिक परिवर्तनमा महिलाको भूमिका छ । गणतन्त्रले महिलाको राजनीतिक आवस्थालाई अझ मजवुत बनाएको छ । तर समाजिक र सांस्कृतिक रुपमा परिर्वतन हुन अझै बाँकी छ । नेपाली महिलाका अगाडि आज जे जति अधिकार प्राप्त छन । सवै आन्दोलनकै उपलब्धि हुन् । चुनौती भने अझै बाँकी छन् ।
चुनौती१ महिला भएकै कारण अन्याय र हिसालाई चुपचाप सहनुपर्छ भन्ने गलत मान्यताबाट माथि उठन नसक्नु ।२. पूजीवादको गलत प्रयोगबाट बच्न महिला आफै सचेत हुन नसक्नु ।३. भान्सा र बालबच्चा महिलाका मात्र जिम्मा हुनु ।४..कम्पयुर र टेक्निकल क्ष्ोत्रमा महिलाको पहुँच र प्रयोग कम हुनु ।३.समय ब्यबस्थापनमा कठिनाई ।४.समाजको रीति रिवाज र परम्पराका कारणले पनि उनीहरु सवै क्ष्ोत्रमाखुल्ला रुपमा अगाडि आउन सकिरहेका छैनन ।५.पितृसत्तात्मक सोच र धार्मिक सास्कृतिक चिन्तन ।६्.नेपालको आधा जनसंख्या महिला भएपनि निरक्षर महिलाकै संख्या बढी हुनु ।७.गरिवी र लैगिक विभेदमा महिला नै बढी मारमा छन ।८. महिला हिँसा, दमन, महिला, हयुमिलेसन, बलात्कार र असुरक्षाले महिलालाई हतोत्साही बनाएको । त्यसविरुद्ध महिलाको संघर्ष अझै जारीछ ।९.पारिवारिक हिसां र दुरुत्साहन अझै छ ।
अझै उठाउनै पर्ने सवाल१ सवै क्षेत्रमा नेतृत्वदायी भूमिका र राजनीतिको निर्णयक तहमा महिलाको सहभागिता२ आर्थिक सशक्तिकरण३ महिला हिंसाको अन्त्य४ शान्ति र सुरक्षा५ सवै क्षेत्रमा समान सहभागिता र सहअस्तित्व
निस्कर्षःसमानताका लागि अव नेपाली महिलाले पुराना मूल्य मान्यताबाट आफूलाई परिर्वतन गर्न जरुरी छ । यसका लागि महिलामा शैक्षिक र आर्थिक सशक्तिकरणको अभियान नै सन्चालन गर्नु आवश्यक छ । अव हाम्रा सामाजिक मूल्य मान्यताले मलाई के भन्ला ? समाजले के सोच्ला ? भनेर बस्ने आफू कमजोर छु भनी कामबाट पछाडि हटने सोचलाई बदल्नै पर्छ । परिवारभित्र या बाहिर बराबरी हैसियतमा आफूलाई स्मार्ट बनाउन जरुरी छ । त्यो समार्ट काममा, पढाइमा, प्रविधिमा, व्यवहारमा र बोलीवचनमा हुनुपर्छ । घरभित्रको काम ,छोराछोरी र घरपरिवारको रेखदेख आफनो मात्र भन्ने सोचलाई बदल्दै साझेदारीको भावना स्थापित गर्न आवश्यक छ । पहिलो म राम्रो र स्मार्ट बने, मेरो परिवार, मेरो समाज र मेरो देश राम्रो र स्मार्ट बन्छ भन्ने भावनालाई अव आत्मसात् गर्दै अगाडि बढौं । नारी दिवसमा संविधानले दिएको अधिकारलाई पूर्णरुपमा प्रयोग गर्ने प्ररणा सवैमा मिलोस् ।