प्रेमिका भेटन बाघले गरे दुई हजार किलोमिटर यात्रा

काठमाडौं । मानिस र जनावरमा प्रेमको प्यास उस्तै हुन्छ । यस्तै घटना छिमेकी देश भारतमा पनि भएको छ । प्रेमिका खोज्दै एक बाघले २ हजार किलोमिटरसम्मको यात्रा तय गरेको छ । बाघको यो साच्चिकैको कथा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो बाघ भारतको तेलंगनाको आदिलावादमा रहेको टिपेश्वर वनमा रहन्थ्यो । यहाँबाट प्रेमिकाको खोजीमा महाराष्ट्र राज्यको बुलढाणामा रहेको ज्ञानगंगा जंगलमा पुगेको छ ।

ज्ञानगंगा जंगल मेलघाट टाइगर रिजर्बको एक भाग हो । भारतीय वन विभागका अधिकारी प्रवीन कासवानले ट्वीटरबाट बाघको यात्राको रोचक जानकारी पोष्ट गरेका छन् । बाघले नहर, खेत, जंगल, सडकको पार गर्दै आफ्नो साथीको खोजीमा दिनरात हिँडेर २ हजार किलोमिटरको यात्रा गरेको कासवानले ट्वीटरमा लेखेका छन् । स्याटेलाइट रेडियोकलरलाई हेर्दा यो बाघले २ हजार किलोमिटर यात्रा गरेको छ ।

दिनमा जंगलमा लुकेर आराम गर्ने, रातमा शिकार र यात्रा दुवै गरेको वन विभागका अधिकारीले जानकारी दिएका छन् । यसको घाटीमा रेडियो कलर लागेको थियो । सामाजिक सञ्जालमा अहिले बाघको विषय भाइरल बनेको छ । एकजनाले लेखेका छन्, कति भाग्यमानी बघिनी होली, २ हजार किलोमिटरबाट आफ्नो जीवनसाथी आएको छ । मानिसले पनि आजभोली यस्तै दुख गर्दैनन् ।

सामाजिक सञ्जालमा अर्का एकले लेखेका छन्, यो बाघ खासमा हिरो हो । आफ्नो प्रेमिकालाई खोज्नका लागि ठूलो त्याग गरेको छ । साच्चि यसले प्रेमिकासँग के के गर्यो ? कि प्रेमिका रिसाइन ? वन विशेषज्ञले खोज्न मिल्दैन ? प्रतिप्रश्न गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…