यौन दुराचारी बल भन्दा जुक्ति बढी प्रयोग गर्छन् । विभिन्न प्रलोभन देखाउने ,मिठो बोल्ने, घुमाउन लैजाने, सिनेमा देखाउने, जागिर लगाइदिने, माया पिरतिका कुरा गरेर, ठूला ठूला सपना देखाएर यौन शोषण गर्नेहरुको समेत कमी छैन समाजमा । पहिला विभिन्न प्रलोभन देखाएर फकाउने प्रयत्न गर्ने, यदि नमाने जबर्जस्ती गर्ने मात्र होइन हत्या गर्ने सम्मका घटना हुने गरेका छन् । दुराचारीहरु आफ्नो अभिष्ट पूरा गर्न एकान्त तथा गोप्य ठाउँ खोज्छन् र आफू निकट रहेका महिलालाई त्यही लैजाने प्रयत्न गर्छन्
सार्वजनिक स्थलमा हिडडुल गर्दा होस् वा सवारी साधनमा यात्रा गर्दा या त कुनै भेटघाट गोष्ठी कार्यक्षेत्र नै किन नहोस् महिला अत्यन्तै असुरक्षित भएको महशुस गरिएको छ । हुदाँ हुदाँ विद्यालय पनि असुरक्षित भएका छन् । मौका पारेर सवेंदनशील अंग छुने, अश्लिन शब्द प्रयोग गरेर जिस्काउन खोज्नेहरुको कमी छैन यहाँ ।आफन्त चिनेजानेका र प्रतिष्ठित व्याक्तिबाटै महिलामाथि दुर्व्यवहार हुने गरेको छ । कतिपय अवस्थामा बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भइहेको छ ।
महिलाले घरभित्र वा बाहिर आफू सुरक्षित नभएको महशुस गरिरहेको अवस्था छ । कार्यक्षेत्र जाँदा होस् वा फर्कदा महिलाले आफूलाई असुरक्षित महशुस गरिरहेका छन् । पढे लेखेका अर्थात् शिक्षित महिलाले समेत कार्यक्षेत्र तथा सार्वजनिक दुर्व्यवहार भोग्नु परेको छ । विभिन्न क्षेत्रमा कार्यरत महिला माथिल्ला तहका व्यक्तिबाट पीडित हुने गरेका छन् । समाजमा प्रतिष्ठित ठानिएका व्यक्तिले समेत विभिन्न वाहना मा महिलाको नजिक हुन खोज्ने र दुर्व्यवहारको चेष्टा गरिरहेका हुन्छन् । सभ्य भनाउँदाहरुबाटै हुने यस्तो असभ्य व्यवहारकै कारण महिला शारीरिक र मानसिक पीडा भोग्न बाध्य छन् । त्यही कारणले हिंसा बढिरहेको छ । कतिपय महिलाले आफूमाथि दुर्व्यवहार भएता पनि विभिन्न कारणले त्यसलाई सार्वजनिक गर्न सकिरहेका छैनन् । हाम्रो समाज पुरुष प्रधान छ । संस्कार र परम्परा पुरुषवादी छन् । संस्कार तथा मूल्यमान्यता पुरुषवादी भएकै कारण महिला थिचोमिचो सहन बाध्य छन् । उनीहरु आफूलाई असक्त महशुस गरिरहेका हुन्छन् । आफूमाथि भएको दुर्व्यवहार सुनाउँदा औँला आँफै पट्टि आउने डरले पीडा सहिरहेका हुन्छन । पीडा भित्रभित्रै भुसको आगो झै सल्किरहेको हुन्छ ।
यौन चाहना एउटा प्रवल संवेग हो । यसको मानव मस्तिस्कसँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । यो संवेग प्रबल बन्दै जाँदा मानवीय व्यवहार यस प्रति आश्रित हुँदै जान्छन् । महिलामाथि हुने यौन दुर्व्यवहारका घटनाले यौन चाहनाको प्रबलतालाई सीमाङ्कन गर्न नसकेको तथ्य औंल्याउँछ । प्रबल यौन चाहनाले मानिसलाई अन्धो र भ्रष्ट बनाउँछ । जब यौन चाहना र सामाजिक कसीबीच असन्तुलन पेैदा हुन्छ तब मानिसले सामाजिक मूल्य मान्यतालाई बहिस्कार गरेर भएपनि यौन चाहना प्राप्त गर्छ । तब समाजमा यस्ता घटना हुन्छ र सामाजिक रुपमा महिला असुरक्षित हुने गर्छन् ।
यौन दुर्व्यवहारको चपेटामा शिक्षित र अशिक्षित दुवै महिला पर्छन् । खास गरी यस्ता घटना गार्मेन्ट, उद्योग कलकारखाना जस्ता ठाउँमा बढी हुने गरेको पाइन्छ । तर पछिल्लो समय हरेक पल हरेक ठाउँ यस्ता घटना भइरहेका छन् । न विद्यालय सुरक्षित छ, न घर । हुँदाहुँदा आफन्तबाटै असुरक्षित हुन पुगेका छन् महिला । आफू सुरक्षित हुने विश्वास गरिएका व्यक्तिबाटै यस्तो घटना भइरहेको अवस्था रहेको छ । आफूले सँधै आदर सम्मान गर्ने व्यक्तिबाटै दुर्व्यवहार हुँदा न बोल्न मिल्ने, न प्रतिकार गर्न सक्ने । यस्तो अवस्था छ । जसको कारण यस्ता व्यक्तिले गलत कार्यप्रति झन् हौसला पाइरहेका हुन्छन् । र मौन बस्नु नै ठूलो दुर्घटनाको कारण बन्न सक्छ ।
ऐन तथा कानुन दोहोरो अर्थ नलाग्ने खालको हुनुपर्छ । भदौ १ देखि लागू गरिएका देवानीसंहिता कतिपय अर्थ लाग्ने खालका छन् । बलात्कारमा पीडितको उमेर अनुसार दण्डको व्यवस्था गरेको छ । तर आजीवन काराबासको व्यवस्था छैन । कतिपय अवस्थामा बलात्कारीलाई फाँसी नै दिने व्यवस्था हुनुपर्छ
ठूला व्यक्तिको विषयमा बोल्दा अविश्वास गरिने र आफूप्रति नै प्रस्न उठ्ने डरले गर्दा पीडा लुकाउन बाध्य छन् महिला । विद्यालय स्तरमा यस ज्ञानको कमीका कारण किशोरकिशोरीले आफूलाई परेको योैन समस्या कसरी व्यक्त गर्ने ? भन्ने अन्यौलमै रहेका हुन्छन् । अहिले विद्यालय समेत यौन दुर्व्यवहारको थलो बनिरहेका छन् । प्राय यौन दुराचारी बल भन्दा जुक्ति बढी प्रयोग गर्छन् । विभिन्न प्रलोभन देखाउने, मिठो बोल्ने, घुमाउन लैजाने, सिनेमा देखाउने, जागिर लगाइदिने, माया पिरतिका कुरा गरेर, ठूला ठूला सपना देखाएर यौन शोषण गर्नेहरुको समेत कमी छैन समाजमा । पहिला विभिन्न प्रलोभन देखाएर फकाउने प्रयत्न गर्ने, यदि नमाने जबर्जस्ती गर्ने मात्र होइन हत्या गर्ने घटना हुने गरेका छन् । दुराचारीहरु आफ्नो अभिष्ट पूरा गर्न एकान्त तथा गोप्य ठाउँ खोज्छन् र आफू निकट रहेका महिलालाई त्यहीँ लैजाने प्रयत्न गर्छन् ।
किशोर अवस्थामा पुगेपछि युवतीहरु आफ्नो यौन चाहना छलफलबाट प्रकट गरिरहेका हुन्छन् । तर उचित अनुचितको ज्ञान दिने बाटो देखाइदिने व्यक्तिको अभावमा खतराको बाटो समाउन पुग्छन् । यौन दुव्र्यवहार बढ्दै जानुमा सामाजिक सन्जालमा देखापरेको विकृति पनि मान्न सकिन्छ । त्यसमा हेर्न सकिने अश्लील भिडियो, सीडी तथा तस्बिर रहेका छन् । कतिपय अवस्थामा यही कारणले पनि बलात्कार तथा यौन दुर्व्यवहारका घटना हुने गरेको छ । बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढ्दै गएको छ ।
कतिपय अवस्थामा महिला आर्थिक कारणले पनि दुर्व्यवहार भोग्न बाध्य छन् । कतिपय महिला सामाजिक परम्पराले थिचिएका छन् भने कतिपय उपभोक्तावादको मृगतृष्णको पछाडि दौडिरहेका छन् । जसले गर्दा यस्ता घटना हुन प्रत्यक्ष वा अप्रत्यक्ष सघाउ पुगिरहेको छ । अहिलेको युगमा अन्याय अत्याचार वेथितिविरुद्धमा लड्दै समानताको विगुल फुक्नु पर्ने हुन्छ । महिलामाथि हुने यस्ता दुर्व्यवहारविरुद्ध संगठित भइ आफ्ना दाजुभाइ, दिदीबहिनी, छरछिमेकलाई समेत सचेत बनाउँदै ऐक्यवद्धता साथ दुर्व्यवहारविरुद्ध लड्न जरुरी भएको छ ।
कानूनी रुपमा धुप्रै अधिकार प्रत्यायोजन भएका छन् । तर ती अधिकार व्यवहारमा पूर्ण रुपमा लागू भइसकेको छैन । अधिकार कार्यान्वयनको पाटो दरिलो बनाउनु पर्ने आवश्यकता खड्किएको छ । सविंधानमा उल्लेख भएका र त्यसको आधारमा निर्माण हुने कानुन तथा ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । ऐन तथा कानुन दोहोरो अर्थ नलाग्ने खालको हुनुपर्छ । भदौ १ देखि लागू गरिएका देवानीसंहिता कतिपय अर्थ लाग्ने खालका छन् । बलात्कारमा पीडितको उमेरअनुसार दण्डको व्यवस्था गरेको छ । तर आजीवन काराबासको व्यवस्था छैन । कतिपय अवस्थामा बलात्कारीलाई फाँसी नै दिने व्यवस्था हुनुपर्छ । त्यसको लागि बहस हुनु आवश्यक छ ।
बलात्कारीलाई हदैसम्मको सजाय र फाँसीको व्यवस्थासमेत भए त्यसले यौन दुर्व्यवहार तथा महिला हिंसा न्यूनीकरण हुन्थ्यो । साथै यौन दुर्व्यवहारबाट जोगिन हरेक महिलाले संयमता अपनाउदै हिंसा हुने संभावित क्षेत्रबाट टाढै रहने र आफूलाई असजिलो महशुस हुने हरेक कुराको प्रतिकार गर्न जरुरी छ । त्यसको लागि महिला सचेतना तथा गोष्ठी न्यून वर्गका महिलासम्म पुर्याउनु आवश्यक छ । कानुन कडाईका साथ पालना गर्ने, गराउने, समाज तथा समुदाय र आफ्नो जिम्मेवारी पूरा गरे सभ्य तथा स्वच्छ समाज निर्माणमा टेवा पुग्नेछ । असल नागरिकको भूमिका निर्वाह गरौँ र हिंसारहित समाज निर्माणमा सहयोग पुर्याउँ ।