अष्ट्रेलियामा एक नेपालीमा देखियो कोरोनाको संक्रमण

काठमाडौं । अष्ट्रेलियामा एकजना नेपाली युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालबाट सिंगापुर हुँदै सिड्नी र सिड्नीबाट फेब्रुअरी २६ मा होबर्ट पुगेका नेपाली युवामा कोरोनाको संक्रमण देखिएको हो ।

कोरोना भाइरसको संक्रमण भएको शंका लागेपछि परीक्षण गराएका ती युवा नतिजा नआउँदै काममा गएका थिए । परीक्षण नतिजा सकारात्मक देखिएपछि उनले काम गर्ने होटल र पढ्ने कलेजमा पनि जाँच शुरु गरिएको छ ।

उनी र उनीसँग नजिक रहेका परिवार तथा साथीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । शंका लागेर परीक्षण गराएपछि नतिजा नआएसम्म उनले आईसोलेसन (एकान्त ठाउँ) मा बस्नुपर्ने हुन्छ तर उनी भने नतिजा नआउँदै काममा गएका थिए । एकान्तमा बस्नु पर्ने थाहा भएर पनि सार्वजनिक स्थानमा जानु उनले गलत गरेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।