‘महिलाप्रति संविधान नै विभेदकारी छ’

काठमाडौं । अगुवा महिला नेताहरुले संविधान नै महिलाप्रति विभेदकारी रहेकाले महिलाका हक अधिकार सुरक्षित हुन नसकेको बताएका छन् । जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा सहभागी महिलाहरुले संविधान नै पुरुषवादी भएको अवस्थामा कसरी महिलाको उन्नती हुन्छ भन्ने प्रश्न गरे ।

‘संविधानले पुरुषलाई उच्च तह र महिलालाई मातहत राखेको छ’, सत्तारुढ नेकपाकी केन्द्रीय सदस्य डा. विन्दा पाण्डेले भन्नुभयो महिलालाई पुरुष मातहतको नागरिक बनाइएसम्म महिलाले समानता पाउँन सक्दैनन्, त्यसैले संविधान संशोधन गरेर महिला पुरुष बराबर बनाउनु पर्छ । उहाँले महिलालाई शसक्त बनाउन निर्णाय तहमा राख्नुपर्ने बताउनुभयो ।

अगुवा महिला अधिकारकर्मी डा रेणु राजभण्डारीले पुरुषवादी चिन्तनले महिलालाई उप तहको पदमा योग्य देखेकाले महिलाको पहिचान स्थापित गर्न कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउनु पर्ने बताउनुभयो । उहाँले अग्नी सापकोटा भन्दा शिवमाया तुङ्वाहाङ्फे धेरै कुराले योग्य भएपनि महिला भएकै कारण सभामुख नदिएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।