गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१.प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकद्वारा जानकारी ।२.दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरु सामान्य रहेको ३.चिकित्सकको भनाइ ।३.नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल पनि गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काको भनाइ ।४.प्रधानमन्त्रीलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य राम्रो रहनुको साथै भाइटल र ल्याब सूचकहरु सामान्य रहेको डा. खड्काद्धारा जानकारी ।५.आज मार्च ८ तारिक अर्थात १ सय १० औँ अन्तर्राष्ट्रिय नारी दिवस, विविध कार्यक्रम गरी मनाइँयो ।६.महिला अधिकार, महिला सशक्तिकरण र समानताका सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बन्ने गरेको छ बहसको विषय ।७.सन १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ मार्च ८ लाइ अन्तर्राष्ट्रिय मान्यता प्रदान ।८.सन् २०१३ मा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको गरेको थियो आयोजना ।९.राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नारी दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त ।१०.सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्य साकार तुल्याउन गर्नुभएको छ अनुरोध ।१२.नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको जिकिर ।१३.सन् २०३० सम्म दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पु¥याउने लगायतका योजनाहरु महिलाको हक संरक्षणमा केन्द्रित ।१४.लक्ष्य हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख ।१५.नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा नारी दिवसको अवसरमा शुभकामना व्यक्त ।१६.महिलाहरुमाथि विश्वासको वातावरण सिर्जना भए मुलुक हाक्नसक्ने क्षमता रहेको भूमिमन्त्री पद्मा अर्यालको भनाइ ।१७.आम महिलाहरुलाई आर्थिक रुपमा स्वतन्त्र र सबल बनाउन राज्यको महत्वपूर्ण भूमिका रहने अर्यालको तर्क ।१८.महिलाहरुलाई स्वतन्त्र र आर्थिक रुपमा सबल बनाउन सकेमात्रै मुलुकले समृद्धि हासिल गर्ने भनाइ ।१९.पछिल्लो समय महिला सशक्तिकरणमा उल्लेख्य सुधार भएपनि अवसरबाट अझै बञ्चित पारिएको राजपा महामन्त्री चन्दा चौधरीको दुखेसो ।२०.महिलालाई सशक्तिकरण गर्न आम मानसिकतामा परिवर्तन गरी पृत्तिसतात्मक सोचको अन्त्य गर्नुपर्नेमा महिला अधिकारकर्मीको जोड ।२१.आज १ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सिन्धुलीमा पनि भव्य रुपमा मनाइयो ।२२.सिन्धुलीको कमलामाई नगरपालिकाले गर्यो श्रमीकका रुपमा रहेका महिलाहरुको सम्मान ।२३.ग्वाङखोला लगायत खहरे खोलामा ढुंगा फोर्दै गरेका महिलाहरुलाई दिवसका अवसरमा एकहजार नगद र दोसल्लाले गरिएको हो सम्मान ।२४.आगामी दिनमा मजदुर स्वास्थ्य बीमालाई प्रभावकारी ढंगले अगाडि बढाउने नगरपालिकाको योजना ।२५.११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर काठमाडौंको माइतीघरमा महिला मानव अधिकार संघले ग¥य हडताल ।२६.सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गरेको प्रतिवद्धताहरु पूरा नगरेको महिला अधिकारकर्मीहरुको आरोप ।२६.हक अधिकारका लागि महिलाहरु आफै एकजुट हुनुपर्नेमा राज्य व्यवस्था समिति सभापति शशी२७.प्रदेश ५ सरकारले गठन आदेशकै भरमा गरेको छ धमाधम आयोग र संगठन निर्माण ।२८.संसद्बाट कानुन बनाएर गर्नुपर्ने भएपनि गठन आदेशकै भरमा आयोग र संगठन निर्माण गरी ‘कु’ शासन गरिरहेको सरोकारवालाको आरोप ।२९.पाँच नम्बर प्रदेश सरकार स्थापनाको पहिलो महिनामै कानुन मस्यौदा तथा सुझाव आयोगको गठन भएको थियो आदेशका भरमा ।३०.आयोगले कानुनको मस्यौदा बनाउन सकेन, तीन जना पदाधिकारीको सेवासुविधाका लागि लाखौं खर्च ।३१.मन्त्रालयका कर्मचारीले बनाएका र संघीय सरकारबाट साभार गरिएका कानुनमा शब्द परिवर्तन मात्रै ग¥यो आयोगले ।३२.कानुन मस्यौदा तथा सुझाव आयोग भंग भएपछि सरकारले असोज १७ गते कानुन मस्यौदा तथा सुझाव कार्यदल गठन गर्ने गरेको छ निर्णय ।३३.गठन आदेशको भरमा संरचना तयार गर्दा शुसासनको सन्देश नदिने कानुन विज्ञहरुको भनाइ ।३४.आफ्नै स्वार्थअनुकूल कानुन निर्माण र संशोधन गर्न थालेपछि प्रदेश ५ सरकारप्रति शुसासनको उठ्यो प्रश्न ।३५.लमजुङको उत्कृष्ट पर्यटकीय गाउँ काउलेपानीमा लालीगुराँस प्याकेज शुरु भएसँगै दैनिक पर्यटकहरुको आगमनले होमस्टे भरिभराउ ।३६.काउलेपानीको १२ महिने प्याकेज अन्तर्गत फागुनमा हुने लालीगुराँस प्याकेजमा उल्लेख्य पर्यटकहरुको आगमन ।३७.लालीगुरास फुलेको र पर्यटकहरुको आकर्षण लालीगुराँसमा भएकोले प्याकेजलाई प्रचार प्रसार गरी होमस्टे प्रवद्र्धन गरीएको होमस्टे व्यवस्थापन समितिको भनाइ ।३८.प्याकेजमा अत्याधिक पर्यटकहरुले होमस्टे बुकिंङ गरेका र कतिपय पाहुनाहरुलाई ठाउँ नपुगेर फिर्ता गर्नुपरेको होमस्टे व्यवस्थापन समितिद्धारा जानकारी ।३९.पर्यटकलाई लालीगुराँस टिप्न भने मनाही, पर्यटकहरुलाई आकर्षण गर्न र बसाई लम्ब्याउन बाह्रै महिना प्याकेजको व्यबस्था ।४०.कपिलवस्तुको सिद्धार्थ क्याम्पसले प्रविधिमैत्री सिकाइमा दियो जोड ।४१.कक्षाकोठा पिच्छे इन्टरनेटर र कम्युटरको माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीलाई सहज ।४२.२०४८ सालमा समुदायको लगानीमा स्थापना भएको क्याम्पसले गत वर्षदेखि पोजेक्टरबाट कक्षा सञ्चालन गरेपछि विद्यार्थी सहित अभिभावकपनि हर्षित ।४३.पठनपाठनको शैली परिवर्तन भएसँगै आगामी दिनमा थप व्यवस्थित गर्दै प्राविधिक शिक्षाको विकास गर्ने क्याम्पसको लक्ष्य ।४४.क्याम्पसमा कपिलवस्तुका अतिरिक्त अर्घाखाँची, रुपन्देही, पाल्पा, प्युठानका गरी १ हजार ५ सय विद्यार्थी अध्ययनरत ।४५.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा ३ दिनका लागि नेपाल भ्रमणमा आएका मिस वल्र्ड र मिस वल्र्ड आयोजक संस्थाको टोली भ्रमणमा ब्यस्त ।४६.मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकी अवलोकन गर्न मिस वल्र्ड टोनी एन सिंह कैलाशको तामलाङमा ।४७.स्वाथ्य चौकीको अवलोकनपछि मिस वल्र्ड टोनी एनले स्वास्थ चौकी र स्थानीय समुदाय भेट्न पाउँदा व्यक्त गर्नुभयो खुशी ।४८.मिस वल्र्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता ।४९.घरेलु सीप र प्रविधीको प्रयोग गरि कृषि औजार तयार गर्ने व्यवसाय यतिखेर पाल्पाबाट क्रमिक रुपमा हराउँदै जान थाले ।५०.कृषि औजार मात्र नभइ, खाना पकाउने फलामका भाडा बनाउने व्यवसाय गाउँघरमा विरलै मात्रामा देखिन थाले ।५१.कुटिर उद्योगका रुपमा परापूर्वकाल देखि नै स्थापित व्यवसाय पछिल्लो समय सीपको पुस्ता हस्तान्तरण हुन सकेन ।५२.कारखानामा कोइलाको अभाव हुनु, सीप र प्रविधीले आधुनिकतासँग प्रतिसपर्धा गर्न नसक्नुलगायतका कारण फलाम कारखाना लोप हुँदै ।५३.उद्योगीलाई साथमा लिएर स्थानीय तहले कार्यक्रम बनाउन नसक्दा गाउँका युवापुस्ता विदेशपलायन हुने क्रम बढ्दो ।५४.गाउँघरका उद्योगलाई आधुनिकिकरण तर्फ उन्मुख गराउन सके स्वदेशमै रोजगारसँगै आम्दानीको बलियो माध्यम बन्न्ो ।५५.सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ रातामाटामा ६० लाख रुपैयाको लगानीमा सामुहिक भैँसीपालन शुरु ।५६.२३ जना युवा समूहले गरेका हुन सामुहिक रुपमा भैसीपालन व्यवसाय ।५७.शुरुमा सामुहिक रुपमा भैँसीपालन गरौ भन्दा अप्ठेरो मानेका कृषकहरु अहिले खुसी ।५८.सिभिल इन्जिनियर पढेका युवा लालबहादुर कुमाइ भन्नुहुन्छ जागिर भन्दा कृषि पेशानै उत्तम ।फर्ममा अहिले साना ठुला गरी ३५ वटा भैँसी मध्य १५ वटा दुधालु, दैनिक १ सय २० लिटर दुध उत्पादन ।५९.फर्ममा भैँसी हुनेले एउटा भैसी र नहुनेले १ लाख सेयर राखेर व्यवसायको गरेका हुन सुरु,कृषि पेशालाई मजबुद तुल्याउने प्रयास ।६०.बाँकेको शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले किसानहरुका माग पुरा गर्न नसकेको गुनासो ।६१.प्रदेश ५ र कर्णाली प्रदेशका केही जिल्लाहरुमा मत्स्य विकास केन्द्रले ६ प्रकारका माछाका भुराहरुउत्पादन गरि बिक्री वितरण गर्दै ।६२.वार्षिक एक करोड भुराहरु उत्पादन हुँदै आएको भएतापनि माग अनुसार पुर्ति गर्न नसकेको केन्द्रको स्वीकारोक्ति ।६३.केन्द्रले भुराहरु नेपाल सरकारको दररेटमा बिक्री गर्दै आएको र किसानहरुलाई माछापालन सम्बन्धी प्राविधिक ज्ञान पनि दिने गरेकाले माछा पालनमा कृषकको आकर्षण भने बढ्दो ।६४.दश महिनासम्म देशको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकीय वस्तुको भण्डारण रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको भनाइ ।६५.साल्ट ट्रेडिङले विज्ञप्ति निकालेर बजारमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको अभाव नहुने दियो जानकारी ।६६.कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी हुन थालेको विषयमा साल्ट ट्रेडिङको ध्यानाकर्षण ।६७.कर्पोरेशनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात, मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको तक्ष्याक ।६८.आगामि बैशाखदेखि सोलार प्लान्टबाट १५ मेगावाट बिजुली थपिने ।६९.नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा ।७०.१० मेगावाट चैत र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने ।७१.देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत् दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिन ।७२.ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने ।७३.आइतबार बजारमा छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार ।७४.तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा जानकारी ।७५.चाँदी प्रतितोला आठ सय नब्बे रुपैयाँमा कारोबार ।७६.अमेरिकी डलरको मूल्य निरन्तर बढेर १ सय १८ रुपैयाँ ३२ पैसा पुग्यो ।७७.नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आइतबारका लागि एक डलरको खरिददर १ सय १७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३२ पैसा तोक्यो ।७८.कोरोना भाइरसको त्रासका कारण लगानीकर्ताले सुन र डलर किनेर राख्न थालेपछि महँगो हुन पुगेको विश्लेषकहरुको अनुमान ।७९.नेपाली रुपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान मंहगो पर्नजाने ।८०.ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गर्दा भए घाइते ।८१.सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत ३० वर्षीय आनन्द मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याए ।८२.आफैंलाई घाँटीमा गोली प्रहार गरेका घाइते मिश्राको बिरगंजमा उपचार भैरहेको प्रहरीको भनाइ ।८३.माल्टा र कुवेत पठाउछु भन्दै करौडौ ठगी आरोप भएका अर्घाखाची घर भई हाल काठमाडौ सुन्धारा वस्ने वावुराम श्रेष्ठ पक्राउ ।८४.श्रेष्ठले उठाएका थिए २६ जनालाइ माल्टा पठाउछु भनि प्रति व्यक्ति १० लाख र ३४ जना लाई कुवेत पठाउछु भनि प्रति व्यक्ति ६ लाख ।८५.श्रेष्ठबाट विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात साथै ५६ थान विभिन्न व्यक्तिहरुको राहदानी बरामद ।८६.२०६४ असोज १८ गते पत्रकार बिरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न रही फरार रहेका मुख्य अभियुक्त बारागढी गाउँपालिका ६ का कुन्दन भन्ने ५१ वर्षीय नरेन्द्र कुमार फौजदार पक्राउ ।८७.काठमाडौं, कञ्चनपुर, कैलाली, कपिलवस्तु, बैतडी र रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु ।८८.काठमाडौ कुलेश्वरमा बा.२४ प ३४०५ नम्बरको मोटरसाइकल र बा.१६ च ६९४९ नम्बरको कार ठक्कर खाई दुर्घटना हुँदा ओमकाजी श्रेष्ठको मृत्यु ।८९.कञ्चनपुरमा म.२ प ५२२ नम्बर र से.४ प ६९६६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दिन दयाल रानाको मृत्यु ।९०.कैलालीमा से.७ प ९११८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीे ५५ वर्षीय लोक बहादुर खत्रीको मृत्यु ।९१.कपिलवस्तुमा भारतिय नंम्बरको सवारीसाधनको ठक्करबाट पैदलयात्रीे ७० वर्षीया तर्जुन निशाको मृत्यु ।९२.बैतडीमा अन(टेष्ट लेखिएको जिप दुर्घटना हुँदा जिप चालक दार्चुलाका धन सिंह बडालको मृत्यु ,६ जना घाइते ।९३.रौतहटमा ना.६ ख ७०१३ नम्बरको ट्रकमा ना.६ ख ३८२२ नम्बरको ट्रक ठक्कर खाँदा धनुषाका बिनोद कुमार यादवको मृत्यु ।९४.सर्लाहीमा रौनियार बस्त्रालय एण्ड सु सेन्टरमा बिद्युत सर्ट भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट ।९५.कोरोना भाइरसबाट इटलीमा मृत्यु हुनेको संख्या २ सय ३३ पुग्या, संक्रमितको संख्या ५ हजार ८ सयभन्दा बढी ।९६.इटालीको लोम्बार्डी क्षेत्र लगायत १४ प्रान्तका १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने ।९७.पूर्व पाकिस्तानी क्रिकेटर तथा प्रशिक्षक शक्लेन मुस्ताक प्रशिक्षकको रुपमा नेपाल आउने ।९८.वाइवाइ ग्रेट हिमालयन क्रिकेट एकेडेमीको निमन्त्रणामा आउन लागेका मुस्ताकले ,मुस्ताक एकेडेमीका खेलाडीलाई प्रशिक्षण दिने ।९९.१४ देखि २१ अप्रिलसम्म नेपालमा रहने मुस्ताकले मास्टरक्लास विथ शक्लेन मुस्ताक’ नाम दिइएको एक हप्ते प्रशिक्षणमा खेलाडीलाई ब्याटिङ र बलिङको प्रशिक्षण दिन ।१००.नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ परेका ब्राजिली लिजेण्ड फुटबलर रोनाल्डिन्होलाई पुर्पक्षका लागि हिरासतमा राख्न पराग्वेको अदालतको आदेश ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६ ०३:४६