१०३ वर्षका वृद्धाले २७ वर्षकी युवती बिहे गरेपछि…

काठमाडौं । १०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेर चर्चामा आएका छन् । इन्डोनेशियामा १०३ वर्षका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका हुन् । फेसबुक र ट्वीटरमा विवाहको तस्बिर अत्यधिक चर्चित भएपछि यो अरेन्ज म्यारिजविरुद्ध आवाज उठेको छ । कतिले यो विवाह वास्तविक नभएको बताएपनि इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेका छन् ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार पुआंग एक डच कर्नल हुन् जसले सन् १९४५–१९४९ को युद्ध लडेका थिए । यो साँचो हो । यो विवाह आज दिउँसो जालान गालिको स्ट्रिटमा बेहुलीको घरमा आयोजना भएको हो,’ । ट्रिबन न्यूजले कट्टे १ सय ३ वर्ष र अलंग २७ वर्ष भएको पुष्टि गरेको छ । यी दुई बीचको ७६ वर्षको उमेर भिन्नताले सबै चकित छन् । सन् २०१७ मा पनि अडिटी सेन्ट्रलले ७१ वर्षीया महिलाले १६ वर्षे किशोरसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो । यसका साथै इन्डोनेशियाली मिडियाले १ सय ३ वर्षका पुरुषले आफूभन्दा ६६ वर्ष कान्छी युवतीसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो ।

फेसबुक तथा ट्वीटरमा सार्वजनिक भएको भिडियोमा वृद्ध दुलहालाई एक व्यक्तिले डाहोर्‍याउँदै विवाह स्थलसम्म पुर्‍याएको देख्न सकिन्छ । कतिले यो विवाहमाथि प्रश्न समेत तेर्साएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…