काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले मंगलबार पनि विश्वमै चुनौती बनिरहेको कोरोना भाइरस सम्बन्धी समाचारलाई महत्वका साथ छापेका छन् ।
पत्रपत्रिकामा कोरोना भाइरसकै कारण कतारले न्पालीलाई रोक लगाएको र प्रधानमन्त्री केपी ओलीको स्वासथ्य सम्बन्धी समाचार पनि प्राथमिकताका साथ प्रकाहित भएको छ । पत्रपत्रिकामा त्यसको अलवा राजनीतिक, अर्थिक, शिक्षा, स्वास्थ्य, सँस्कृतिसहित विविध पक्षका विषय वस्तु फरक फरक शीर्षकमा छापिएका छन् ।
राजधानी दैनिक– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसमा सदस्यमा लैजाने निर्णयमा ‘ब्रेक’ लाग्दा शीर्ष नेता छट्पट्टीमा छन् । १५ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल लगायतको सहभागितामा ललितपुरको खुमलटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्यो । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले त्यसमा ‘ब्रेक’ लगाएपछि उनीहरु छट्पट्टीमा परेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक प्रावधान अनुसार अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई दोहोर्याएपछि गौतममाको राष्टियसभा सदस्यतर्फको यात्रा अनिश्चित बनेको छ ।
कान्तिपुर दैनिक– मधेसकेन्द्रित ६ वटा दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा)ले एकीकरणको ३ वर्ष गुजारिसकेको छ । २०७४ बैशाखमा पार्टी एकीकरण गरिँदा एक वर्षभित्र एकता महधिवेशन गरिने जनाइएको थियो । पार्टी विधानम समेत त्यही व्यवस्था राखियो । २०७५ बैशाखमा महाधिजवशन गर्ने निर्णय समेत भयो । तर नेताहरुलाई महधिवेशन अझै हतार देखिएको छैन । बरु विधान संशोधन गर्दै महाधिवेशनको समय संशोधन गर्दै आएका छन् ।
कारोबार दैनिक– नेपाल विद्युत प्राधिका्रणले आगामी ५ वर्षभित्र ४९ अर्ब ७२ २० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गर्ने भएको छ । हाल करिब २० अर्ब रुपैयाँ बराबरको विद्युत आयात भइरहेको बेला प्राधिकरणले यति धेरै विद्युत निर्यात गर्ने योजना बनाएको हो ।
गोरखापत्र दैनिकबाट - परीक्षा तयारीमा जुटेका लाखौँ विद्यार्थीको परीक्षा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै सञ्चालन हुने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणले विद्यालय तथा उच्च शैक्षिक संस्था बन्द हुने तथा विद्यार्थीको परीक्षा समेत पर सर्ने सम्भावना औँल्याइए पनि पूर्वनिर्धारित समय तालिका अनुसार नै परीक्षा सञ्चालन हुने भएको हो ।
अन्नपूर्ण पोष्ट दैनिक – चुमनुब्री याउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमार गुङका नामबाट ‘कुामारी कोसेली कार्यक्रम’ लागु गरेको छ । १० लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महिनावारी भएका महिलाको स्वास्थ्य सुधारका क्षेत्रमा केन्द्रित छ ।
सोही गाउँपालिकाको प्रमुख धनबहादुर गुरुङले ‘अध्यक्ष ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम ल्याएका छन् । हिमाली भेगमा पर्ने यो गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने अध्यक्षको नामबाट खचै गरिनेछ । त्यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्र्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।