बाइक नहुँदा प्रेमिकाले जिस्काइन्, प्रेमीले चोरे ८ बाइक

काठमाडौं । प्रेमिकालाई देखाउन ८ वटा बाइक चोर्ने युवक पक्राउ परेका छन् । प्रेमिकाले बाइक नभएकोमा जिस्काएपछि ८ वटा बाइक चोर्ने नयाँ दिल्लीका एक युवक शनिबार पक्राउ परेका हुन् ।

भ्यालेन्टाइनडेका समयमा प्रेमिकाले उनको आफ्नो बाइक नभएको गिज्याएपछि उनले प्रेमिकाका लागि एउटा मात्र नभएर थुप्रै बाइक ल्याइदिन सक्ने हिम्मत जुटाए । उनले साथीहरुसँग मिलेर बाइक चोर्ने योजना बनाउन थाले ।
ललित नामका उनले साथी साहिदसँग मिलेर महंगा महंगा बाइकहरु चोरी गर्न थाले ।

प्रहरीले लाइसेन्स प्लेट नभएको महंगो बाइकमा दुई युवालाई देखेपछि पछ्यायो र उनीहरुलाई रोकेर सोधपुछ गर्न थाल्यो । उनीहरुले बाइक चोरी गरेको पुष्टि भयो । उनीहरुले पनि आफूहरुले चोरी गरेको स्विकार गर्दै हालसम्म ८ वटा मोटरसाइकल चोरी गरेको बताए र प्रेमिकालाई प्रभावित पार्न बाइक चोरी गरेको समेत जानकारी दिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ