काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले बुधबार पनि कोरोना भाइरस सम्बन्धी समाचारलाई नै प्राथमिकता दिएका छन् । पत्रपत्रिकामा चीनमा भने कोरोना भाइरस संक्रमण नियन्त्रण हुँदै गएको खबर छापिएको छ ।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको तर सामान्य अवस्थाम आउन भने ६ महिनादेखि १ वर्ष लाग्ने समाचार समेत छापिएको छ । पत्रपत्रिकाले त्यसको अलवा राजनीति, आर्थिक, शिक्षा, स्वास्थ्य, कला र साहित्य लगायत विविध क्षेत्रमा विषय बस्तु फरक फरक शीर्षकमा समेटेका छन् ।
नयाँ पत्रिका दैनिक– दोस्रो पटक मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी ओलीलाई सामान्य व्यक्ति सरहको अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीलाई समान्य मानिस जस्तै जिउन ६ मपहना देखि १ वर्षसम्म लागन्े सक्ने बताउनु भएको छ । ‘उमेर र दोस्रो पटक प्रत्यारोपणले उहाँ (प्रधानमन्त्री)लाई सामान्य जीवनमा फर्कन केही समय लाग्छ’ सिंहले भन्नुभयो, ‘६ महिनादेखि १ वर्षमा प्रधानमन्त्री सामान्य जस्वनमा फर्कनुहुन्छ ।’
अन्नपूर्ण पोष्ट दैनिक - चीनबाट फैलिएको कोरोना भाइरस (कोविड-१९) संक्रमण १ सय २२ देशमा देखिएको छ । महामारीकै रुप लिएको चीनमा भने नियन्त्रणतर्फ उन्मुख रहेको अधिकारीहरुले बताएका छन् । संक्रमितको संख्या दिनप्रतिदिन घट्दो छ । एकै दिन हजारौं नयाँ संक्रमित फेला पर्थे त्यो संख्या घटेर दुई अंकमा झरेको छ ।
कान्तिपुर दैनिक - ११३७ । यो आम उपभोक्ताको गुनासो सुन्ने भनेर खोलिएको टोल फ्री नम्बर हो । तर समस्या परे यसमा फोन गर्दा हतपत रिसिभ हुदैन, रिसिभ भइहाले सुनुवाइ हुँदैन, कहिलेकाही त अफ भएको सन्देश आउँछ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टोल फ्री नम्बर चलाएको चार वर्ष भयो । तर उपभोक्ता बेखबर थिए । विभागका अनुसार ११३७ नम्बरमा फागुन २३ यता दिनमा ३ सय भन्द बढी कल आउने गरेको छ ।
गोरखापत्र दैनिक– नारायणहिटी दरबार संग्रहालय। केशरमहल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । नारायणहिटी दरबार परिसरमा निर्मित गणतन्त्र स्मारक मंगलबार भएको उच्च स्तरीय छलफलमा गुरु यमोजना निर्माणलाई अगाडि बढाउने सहमति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
कारोबार दैनिक– सरकारले भारतको कुनै पनि नाकाबाट हुने व्यापारमा अवरोध नभएको भन्दै दैनिक उपभोग्य सामाग्री अनावश्यक रुपमा घरमा नथुपार्न आग्रह गरेको छ । मंगलबार कोरोना भाइरस रा्थाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समिति र निजी क्षेत्रसँगको छलफलमा दैनिक उपभोग्य सामाग्री अनावश्यक रुपमा घरघरमा नथुपार्न आग्रह गरिएको हो ।