गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
१.दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य ।
२.मृगौला प्रत्यारोपण गरिएको आठौ दिनमा प्रधानमन्त्री नियमित खानपान र व्यायाम गरिरहनुभएको चिकित्सकद्वारा जानकारी ।
३.प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज ।
४.स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालद्वारा जानकारी ।
५.प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सर्वदलीय बैठकले नेपाल प्रवेश गर्ने सबै नाका कडाइ गर्न सरकारलाई दियो सुझाव ।
६.नोबेल कोराना भाइरसका जोखिममा नेपाल पनि रहेको हुन्नाले स्थलमार्ग र हवाइमार्गमा अझ कडाइ गर्न सरकारलाई विभिन्न दलहरुले दिए सुझाव ।
७.उपप्रधान तथा रक्षा मन्त्रीको अह्वानमा बसेको बैठकमा नेपालमा अहिलेसम्म कोराना रोकथामका लागि प्रयाप्त तयारी नरहेपनि यसलाई रोक्न तत्कालै सीमा नाकाहरु कडा गर्नुपर्ने नेताहरुको जोड ।
८.नेपालमा रहेको अस्पतालहरुको क्षमता बढाउनका साथै प्रदेशहरुलाई पनि भविष्यका लागि तयार राख्नुपर्ने सहभागी नेताहरुको भनाइ ।
९.कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच औपचारिक रूपमा एकीककरण ।
१०.राष्ट्रिय सभागृहमा आयोजित एकतासभामा दुई पार्टीबीचको एकता घोषणा, तीनै अध्यक्षद्वारा गीता छोएर पार्टी नफुटउने प्रतिबद्धता ।
११.आगामी चुनावमा दुईतिहाई बहुमत प्राप्त गर्ने उद्देश्यका साथ पार्टी एकता गरेको पशुपति शमशेर राणाको दाबी, नेपालमा वैकल्पिक धारको उदय भएको जिकिर ।
१२.देशमा अहिले नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको भन्दै त्यसमा सत्तारुढ नेकपासँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सहभागी भएको अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको आरोप ।
१३.राप्रपा राजादेखि लिएर विप्लवसम्म अट्ने विश्वकै मौलिक लोकतन्त्रको पक्षमा भएको अर्का अध्यक्ष कमल थापाको भनाइ ।
१४.राप्रपा नमिल्दा जनतामा निरासा छाएको भन्दै अब राप्रपाको एकताले जनतामा खुसी छाएको नेता लोकेन्द्रबहादुर चन्दको भनाइ ।
१५.राप्रपाका नेताहरू मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको भन्दै केही नेताहरुद्वारा नेतृत्वकै आलोचना ।
१६.एकीकृत पार्टीमा तीनै जना अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति ।
१७.पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थली स्थित घरमा बम विष्फोट, घरमा सामान्य क्षति । ।
१८.विष्फोटको जिम्मा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले लियो ।
१९.विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीद्वारा विप्लवका भक्तपुर जिल्ला सदस्य देवबहादुर गुरुङ पक्राउ ।
२०.७० करोड घुसकाण्डमा दोषी रहेको भन्दै विष्फोट गराइएको चन्द नेतृत्वको नेकपाको दाबी ।
२१.विष्फोट गराउनेलाई कडा कारबाही गर्न सत्तारुढ दल नेकपाद्वारा सरकारसँग माग ।
२२.संसदीय सुनुवाई विशेष समितिद्वारा चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डे विरुद्ध उजुरी आह्वान ।
२३.पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना निकाल्न समितिको निर्देशन ।
२४.समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको समितिको भनाइ ।
२५.गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेपछि पाण्डेको नाम भएको थियो सिफारिस ।
२६.स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने पर्यटन मन्त्री योगेश भट्टराईको भनाइ ।
२७.लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने तर्क ।
२८.लुम्बिनी घुम्न र अध्ययन गर्न आउने पर्यटक कम्तिमा ३ दिनदेखि हप्तादिनसम्म बस्ने वातावरण भएमा स्थानीयको आय शक्ति बढ्ने र रोजगारीको सिर्जना हुने विश्वास ।
२९.लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन् र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडी बढ्ने मन्त्री भट्टराईको प्रतिबद्धता ।
३०.विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न सरकारको चेतावनी ।३१.कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानुन बमोजीम कारवाही गरीने बिभागबाट जारी सुचनामा उल्लेख ।
३२.बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्ने सरकारको तयारी ।
३३.बीमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्न उक्त व्यवस्था गर्न लागेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ ।
३४.नियमनकारी निकायलाई प्रभावकारी बनाउन विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी ।
३५.बीमा सेवाका कारण विमितहरुले आफ्नो जोखिमलाई न्यूनीकरण गर्न र व्यवस्थापन गर्नसक्ने तथा बचत परिचालन हुने भएकाले पूँजी बजारको बिकास हुने अर्थमन्त्रीको विश्वास ।
३६.सबै नियमनकारी निकाय बलियो हुनुपर्ने प्राधिकरणको अवधारणा अनुरुप समितिको सट्टा प्राधिकरणको व्यवस्था गरिएको जानकारी ।
३७.बीमा सेवाको व्यवस्था सरकारले नै गर्नुपर्ने भन्दै संशोधनकर्ता समिति सदस्य सासंद प्रेम सुवालद्वारा विरोध ।
३८.बेरोजगारीको प्रमुख समस्या झेलिरहेका नेपाली पढेलेखेका युवाहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रोजगारीका साथै अवसर पनि सिर्जना ।
३९.केन्द्रले अनलाइनमार्फत शिक्षण स्वयंमसेवकको लागि आह्वान गरेसँगै आवेदन दिनेको संख्यामा समेत वृद्धि ।
४०.सामुदायिक विद्यालयहरुमा ३९ हजार भन्दा बढी संख्यामा शिक्षकको अभाव ।
४१.फारम भर्नेको संख्या ह्वात्तै बढ्दा केन्द्रलाई स्वयंमसेवी छान्नै निकै कठिन ।
४२.१५ सयको मागमा अहिलेसम्म झण्डै १३ हजारको आवदेन परेको केन्द्रद्वारा जानकारी ।
४३.कोभिड नाइन्टिन संक्रमणको त्रासमा भ्रमण बर्ष स्थगित गरेको सरकार सतर्कताको पाटोमा भने गम्भीर देखिएन ।
४४.सबैभन्दा बढी भीडभाड हुने सरकारी कार्यालयहरुमा असुरक्षाकै कारण सेवाग्राही त्रासमा ।
४५.सार्वजनिक स्थालहरुमा अन्य समयझैं चहलपहल पनि कम ।
४६.विभिन्न कामले सरकारी कार्यालय जानैपर्ने बाध्यताले भने त्रासमात्रै नभइ सरकारप्रति सेवाग्राहीको आक्रोश ।
४७.सरकारी कार्यालयहरुमा भने सचेतनाका लागि कुनै चेतनामूलक पोस्टर समेत राखिएन ।
४८.सेवाग्राहीको भीड हुने यस्ता कार्यालयमा कर्मचारी आफैँ पनि असुरक्षाको महसुस गर्दै काम गर्न बाध्य ।
४९.बाँकेमा खुलेआम प्राकृतिक स्रोतको दोहन, ८ भन्दा बढी क्रसर उद्योग मापदण्ड विपरीत संचालन ।
५०.ढुङगा, गिटी र वालुवाको अबैध धन्दा गर्नेसंग तीनवटै तहका सरकारका प्रतिनिधिहरुको साठगाँठ भएको आरोप ।
५१.बाँकेमा रहेका क्रसर उद्योगहरु भइरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार पुरानो मापदण्ड अनुसार संचालनमा रहेका क्रसर उद्योगहरु नयाँ मापदण्डमा दर्ता हुन चाहदैनन् ।
५२.५ नम्बर प्रदेश सरकारले जारी गरेको नदीजन्य पदार्थ कार्यविधि २०७४ को मापदण्ड पुरा गर्न बाँकेका क्रसर उद्योगहरुले गरे अटेर, मापदण्ड र नवीकरण बिना नै सञ्चालन ।
५३.राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको पहिलो चरणको सुरुङको निर्माण कार्य पूरा ।
५४.संघीय सरकार मातहत बहुउद्देश्यीय आयोजनाको रुपमा निर्माण भइरहेको आयोजनाको पहिलो चरणमा १२ किलोमिटर सुरुङ निर्माण ।
५५.सिचाइँ विभाग र कोभेकबीच गरिएको सम्झौता अनुसार हात्तिखालबाट शुरु गरिएको सुरुङलाई भेरीगंगास्थित चिप्लेसम्म पु¥याइयो ।
५६.दोश्रो चरणको कार्य अन्तर्गत बाँध, पावरहाउस, पेनस्टिक र सर्ज स्याफ्टजस्ता सिभिलजन्य पूर्वाधारको निर्माण कार्यको लागि ठेक्का व्यवस्थापन, काम शुरु ।
५७.४ सय मेगावाट आवर विद्युत वार्षिकरुपमा उत्पादन गर्ने, विद्युत उत्पादनपछि निस्किएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिचाइँ पु¥याउने लक्ष्य ।
५८.चितवनका दुग्ध उत्पादक कृषकहरुलाई बागमती प्रदेश सरकारले उत्पादनका आधारमा प्रति लिटर दूधमा एक रुपैयाँ अनुदान दिने ।
५९.दुग्ध उत्पादक कृषकलाई अनुदान दिनेगरि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडा र दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता ।
६०.सम्झौताअनुसार जिल्लाका ८४ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान दिइने ।
६१.छुटेका संस्थाहरुलाई मापदण्ड पूरा गरि आवदेन दिनका लागि बुधबारदेखि १५ दिने सूचना जारी ।
६२.अनुदान दिँदा कृषकलाई लाभ मिल्ने, अनुदान दुरुपयोग नहुने, कृषकलाई प्रोत्साहन हुने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको बिश्वास ।
६३.चितवनमा दैनिक तीन लाख लिटर दूध उत्पादन हुँदै आएकोमा ५५ प्रतिशत दूध जिल्ला भित्र नै खपत हुँदै ।
६४.तीन बर्षदेखि प्रति अण्डा तीन रुपैयाँ घाटा सहनु परेको भन्दै अण्डा उत्पादकहरुले पोख्य दुखेसो ।
६५.नेपालमा पशुपालन वा कृषि क्षेत्रहरुको तुलनामा कुखुरा पालन क्षेत्र मारमा परेको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माको भनाइ ।
६६.विगत तीन वर्षको अवधिमा चालिस प्रतिशतले दानाको मूल्यमा बढ्दा कृषकहरुले उत्पादन लागत समेत फिर्ता नहुने गरी घाटा व्यहोरी रहेको तर्क ।
६७.नेपालको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २६ दशमलव पाँच प्रतिशत योगदान रहेकोमा कुखुरा पालन क्षेत्रबाट १२ दशमलव तीन एक हिस्सा ।
६८.कुखुराको अण्डाले कृषि ग्राहस्थ उत्पादनमा करिव शून्य दशमलव नौ चार प्रतिशत योगदान ।
६९.चितवनसहित देशभर यस वर्ष ६० प्रतिशतले महको उत्पादनमा कमी आउने ।
७०.मौरीको नस्ल सुधार नहुनु, तोरीलगायतका बालीमा विषादीको प्रयोग गरिनु जस्ता विविध कारणले मह उत्पादन कम हुने नेपाल मौरीपालक महासंघको प्रक्षेपण ।
७१.रानी मौरीको गुणस्तर खस्किदै जानु, वंश सुधार नहुनु जस्ता कारणले मौरी मर्ने क्रम बढेपछि मह उत्पादनमा कमी आएको किसानहरुको भनाइ ।
७२.प्रतिकूल मौसम, प्रदूषण र आहाराको कमी नै मह उत्पादन घट्नुका मुख्य कारण ।
७३.चितवनमा ४०० र देशका ३८ जिल्लामा ६ हजारभन्दा बढी मौरीपालक किसान रहेको तथ्यांक ।
७४.लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले गर्यो सर्वसाधरणका लागि शेयर निष्काशन ।
७५.आगामी चैत महिना भित्रमै विद्युत उत्पादन गर्ने लक्ष्य लिएको लिवर्टी इनर्जी लिमिटेडले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि गरेको हो शेयर निष्काशन ।
७६.जिल्ला भित्रपनि अति प्रभावित क्षेत्रका लागि पाँच करोड, सामान्य प्रभावितका लागि पाँच करोड र जिल्लाबासीका लागि थप पाँच करोड गरी १५ करोड रुपैयाँको शेयर आव्हान ।
७७.२०७१ असोजबाट निर्माण थालिएको आयोजना आगामी चैत मसान्तसम्म व्यवसायिक विद्युत उत्पादन गर्ने लक्ष्य ।
७८.गुल्मीको बडिगाढ खोलामाथि निर्माणकै क्रममा भत्किएको पुल पुनर्निमाण शुरु ।
७९.नगरपालिकाको वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथिको पुल बन्न थालेपछि स्थानीय खुसी ।
८०.स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत पाँच करोड १७ लाखको लागतमा पुल निर्माण ।
८१.पुल निर्माणपछि मुसिकोट नगरपालिकाका सबै वडाका नागरिकलाई सहज हुने ।
८२.मजबुद पुल निर्माणका लागि पुल निर्माण कम्पनीले प्रयोग गरेका सामग्री, कामको गुणस्तरलगायतका पक्षमा ध्यान दिनुपर्ने स्थानीयको भनाइ ।
८३.५८ मिटर लामो पुल गत वैशाखमा निर्माणाधीन अवस्थामै बाढीका कारण थियो भत्किएको ।
८४.बजारमा पाइने विद्युतीय उपकरणका कारण कपिलवस्तुका पथ्थरकट्टाको पेशा संकटमा ।
८५.पुस्तौंदेखि यो पेशा गर्दै आएका पत्थरकट्टाहरुले बनाएका सामग्री बिक्री हुन छाडेपछि गुजारा चलाउन मुस्किल ।
८६.पछिल्लो समय बजारमा पाइने विद्युतीय उपकरणका कारण ढुंगाका सामग्री बिक्रि हुन छाडेपछि गुजारा चलाउन समस्या ।
८७.कपिलवस्तुमा ३ सय ७३ सीमान्तकृत पथ्थरकट्टाको बसोबास, सीमान्तकृत समुदायले सरकारबाट पाउनुपर्ने सुविधासमेत नपाएको गुनासो ।
८८.गहना र नगद सहित १४ लाख ८७ हजार रुपैयाँ बराबरको चोरी गरेको आरोपमा चितवन प्रहरीद्धारा ६ जना पक्राउ ।
८९.पक्राउ परेका पर्साका राजकुमार गुप्ता बाहेक अन्य सोनुकुमार पाण्डे, राजनकुमार उपाध्याय, रितिक रोशन र पर्सा राजकुमार गुप्ता भारतिय ।
९०.घरमा स्वस्ति शान्तिको पूजा गर्ने बाहनामा चोरी गर्ने गरेको प्रहरीको भनाइ ।कानून बमोजिम कारबाही गर्ने यातायात व्यवस्था विभागको जारी सुचनामा उल्लेख ।
९१.महोत्तरीमा फागुन १५ गते दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ ।
९२.पक्राउ पर्नेमा जलेश्वरका खुशनुर अन्सारी, राजु ठाकुर,सन्तोष ठाकुर र कुमार प्रभात , घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको प्रहरीको भनाइ ।९३.काठमाडौं बुढानीलकण्ठ ४ पासिकोटबाट ६ किलो ४ सय ३५ ग्राम गाँजा सहित सुनिल न्यौपाने पक्राउ ।
९४.भक्तपुर नगरकोट बसपार्कबाट लागूऔषध गाँजा सहित सुर्खेत घर भई काठमाडौं सिनामंगल बस्ने जेनिशा थापा पक्राउ ।
९५.काठमाडौं डिल्लीबजार डेरा गरी बस्ने मकवानपुरका रवि बलामीको कोठाबाट करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी ।
९६.पाकिस्तानमा लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु ।
९७.१५ सय तालिबानी कैदीलाई रिहा गर्न अफगानिस्तानका राष्ट्रपति असरफ घानीले दिनुभयोस्वीकृति ।
९८.रिहा गरिएका सम्पूर्ण तालिबानी कैदीले फेरि युद्धमा नफर्किने सुनिश्चितताका लागि लिखित पत्र दिनुपर्ने राष्ट्रपतिको सर्त ।
९९.विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश ।
१००.पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले पराजित ।