हलिउडका चर्चित निर्मातामाथि बलात्कार अभियोग, अदालतले ताेक्याे २३ वर्ष जेल

एजेन्सी । हलिउडका चर्चित फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई बलात्कार तथा यौन दुर्व्यवहार मुद्दामा २३ वर्ष कैद  ताेकिएकाे छ । उनलाई न्यू योर्कको  अदालतले २३ वर्ष कैद सजाय सुनाएको हो ।

वाइन्स्टिनलाई गत महिना बलात्कार तथा यौन दुर्व्यवहार अभियोगमा थियाे । अदालतले उनलाई दोषी ठहर गर्दै  बुधबार जेल सजाय सुनाएको हो । अदालतको पछिल्लो फैसलालाई ‘मीटू’ अभियानका सदस्यले स्वागत गरेका छन्। ६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए ।

वाइन्स्टिनका वकिलले भने कैद सजाय घटाउनु पर्ने माग गरेका छन् । उमेर र चलचित्र उद्योगमा उनको योगदानको कदर गर्दै सजाय घटाउनु पर्ने वकिलको भनाइ  छ। तर अभियोजनकर्ताले त्यसको विपक्षमा पैरवी गर्दै उनीविरुद्ध अधिकतम सजाय हुनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।