हेल्चेक्र्याइँले जान्छ ज्यान, मृगौला स्वस्थ राख्न के गर्ने ?

आज विश्व मृगाैला दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले हरेक वर्षको मार्च महिनाको दोस्रो बिहीबार मनाउने विश्व मृगाैला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्षको विश्व मृगाैला दिवसको नारा ‘मृगाैला स्वास्थ्य सबैको लागि, सबै ठाउँमा रोकथामदेखि पहिचान र उपचारसम्म समान पहुँच’ रहेको छ । यहि नाराका साथ विश्वभर मृगाैला दिवस मनाइएकाे छ । मानव शरीरको निकै महत्वपूर्ण अंग मृगाैला स्वास्थ्य राख्नुपर्ने सचेतनाका साथ यो दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ । हाम्रो शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर ल्याउन मद्दत गर्ने, शरीरकाे विकारयुक्त वस्तुलाई  पिसाबको रुपमा परिणत गरी निस्कासनमा सहयोग पुर्याउने, शरीरमा भएको रगतलाई शुद्ध बनाउन मद्दत गर्ने लगायतका महत्वपूर्ण काममा सहयोग गर्ने मृगाैला मानव शरीरको निकै महत्वपूर्ण अंग हो । मृगाैलामा थोरै मात्र समस्या भएपनि हाम्रो शरीरको दैनिक प्रकृया संचालनमा बाधा उत्पन्न हुन्छ । हामीले मृगाैला सम्बन्धी समस्यालाई ख्याल गरेनौ र बेवास्था गर्यौँ भने हाम्रो ज्यानै पनि जान सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका १० प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मृगाैला सम्बन्धी समस्या हुने गरेको छ । नेपालमा मात्र हाल ३० लाख मानिसमा मृगाैलाको समस्या रहेको तथ्यांक छ । मृगाैला विशेषज्ञका अनुसार करिब ३ लाख मानिसलाई त आफ्नो मृगाैला बिग्रिएको अर्थात मृगाैलामा समस्या भएको पत्तै हुन्न । नेपाल लगायत विकासोन्मुख तेस्राे मुलुकमा नियमित स्वास्थ्य परीक्षणको अभ्यास नहुँदा लाखौँ मानिसले मृगाैलाको समस्या भएको थाहा नै नपाइ ज्यान गुमाउने गरेका छन् ।

कम्तीमा पनि वर्षमा एक पटक भने मृगाैला परीक्षण गराउनै पर्ने हुन्छ । नियमित खानापानलाई मात्र पनि हामीले ध्यान दिन सकेमा धेरै हदसम्म मृगाैलालाई स्वास्थ्य राख्न सकिन्छ

के काम गर्छ मृगाैलाले  ?
शरीरमा भएका हानिकारक वस्तु र बढी भएका अनावश्यक पदार्थलाई फालेर रगतलाई शुद्ध बनाउनु मृगाैलाको सबैभन्दा महत्वपूर्ण काम हो । मृगाैलाले शरीरमा आवश्यक पानीको मात्रालाई छानेर राख्ने र बढी भएको पानीको मात्रालाई पिसाबको रुपमा निस्कासन गरी शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउने काम गर्छ । विभिन्न किसिमका हार्मोनको उत्पादन गरी शरीरमा रक्तचाप नियन्त्रण गर्नमा मृगाैलाको महत्वपूर्ण भूमिका हुने गर्छ ।

मृगाैलामा समस्या भए कस्ता लक्षण देखिन्छन् ?
मृगाैला विशेषज्ञका अनुसार मृगाैलामा समस्या भएमा पिसाबको मात्रामा थपघट हुने, पिसाबको रंग गाढा हुने, पटक पटक पिसाब लागेको महशुस हुने तर पिसाब नआउने, पिसाबमा रगत देखिने, हातखुट्टा सुन्निने, आँखाको डिल सुन्निने, छाला चिलाउने, काममा एकाग्रता नहुने, थकान महशुस हुने जस्ता लक्षण देखा पर्न सक्छन् ।

मृगाैला स्वस्थ्य राख्न के गर्ने ?
मृगाैला सम्बन्धी समस्या बढ्दै जाँदा यस सम्बन्धी सचेतना कार्यक्रम पनि बढ्नै गएका छन् । विशेषज्ञले पनि मृगाैला स्वास्थ्य राख्न सामान्यतया गर्नु पर्ने आवश्यक कुराहरु भनिरहेका हुन्छन् । विशेषज्ञका अनुसार नियमित खानापानलाई मात्र पनि हामीले ध्यान दिन सकेमा धेरै हदसम्म मृगाैलालाई स्वास्थ्य राख्न सकिन्छ । प्रशस्त पानी पिउने, शरीरलाई आवश्यक सबै प्रकारका मिस्रित अर्थात सन्तुलिन भोजन सेवन गर्ने, नियमित व्यायाम गर्नेलगायत मृगाैला स्वास्थ्य राख्नका लागि विशेषज्ञले सुझाव दिने गरेका छन् ।

त्यसैगरी वर्षमा कम्तीमा पनि एक पटक भने मृगाैला परीक्षण गराउनै पर्ने हुन्छ । हामीले यस्ता सामान्य कुरामा अलिकति मात्र ध्यान दिन सके पनि मृगाैला जस्तो महत्वपूर्ण अंगलाई रोगबाट बचाउन सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ