कोरोनाको मारमा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’

काठमाडौं । अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मिति सरेको छ । यही मार्च २४ मा रिलिज हुने भनिएको फिल्म कोरोना भाइरसका कारण सरेको हो ।

फिल्मका निर्देशक रोहित शेट्टी, अभिनेता अक्षय कुमार र निर्माता करण जोहरले रिलायन्स इन्टरटेनमेन्ट फिल्मको प्रदर्शन मिति सार्ने विषयमा बैठक बसेर छलफल गरिसकेका छन् । फिल्मको ट्रेलर यही मार्च २ मा सार्वजनिक गरिएको थियो । यस फिल्मको पहिलो गित रिलिज पनि कोरोनाकै कारण स्थगित गरिएको छ ।

कोरोना भाइरस संसारभर महामारीको रुपमा फैलिरहेका कारण फिल्म निर्माताहरु घाटाको व्यापार गर्न चाहिरहेका छैनन् । ‘सूर्यवंशी’को टिमले अर्को महिनासम्मको लागि फिल्म प्रदर्शन स्थगित गर्ने बताएको छ । अक्षय कुमार तथा कट्रिना केफको मुख्य भूमिका रहने यस फिल्ममा अभिनेता अजय देवगन तथा रणवीर सिंहको पनि अतिथि भूमिका रहेको छ ।

कोरोना भाइरसका कारण दर्शकहरु हलसम्म जान चुनौती हुने अनुमान गरिएको थियो । विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ ) ले यसलाई विश्वव्यापी महामारीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…