Logo माघ ११, २०७७ आइतबार


कोरोना संक्रमणबाट जोगिन आइसोलेसन कक्ष तयार

सप्तरी । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइसोलेसन कक्ष तयार पारिएको छ ।

कोरोना भाइरसको लक्षण देखिने बिरामीहरुलाई लक्षित गरी अस्पतालमा २ वटा शैय्या राखेर आइसोलेसन कक्ष तयार पारिएको हो ।

विश्वभर फैलिएको भाइरसले भारतमा दुईको मृत्यु भएको तथा ७४ भन्दा बढी व्यक्तिमा संक्रमण देखिएसँगै सप्तरीमा पनि त्रास बढेको हो । भारतसँग खुल्ला सिमाना जोडिएका कारण यहाँ दैनिक हजारौं व्यक्तिहरुको आवतजावत हुने गरेकाले संक्रमित बिरामी सहजै सीमा पार गर्नसक्ने सम्भावना रहेकोले जिल्लामा जोखिम बढेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाको ५ वटा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ ।

हेल्थ डेक्समा शंकास्पद देखिने बिरामीलाई अस्पतालमा तयार पारिएको आइसाेलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको स्वास्थ्य जाँच गरिदै आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…