Logo आश्विन ४, २०७७ आइतबार


आन्तरिक पर्यटक तान्दै रमिते भ्यू टावर (फाेटाेसहित)

छवि चापागाँई
पाँचथर । पछिल्लो समय फिदिम नगरपालिका–२ स्थित रमिते भ्यू टावरमा आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । सदरमुकाम फिदिम बजारदखि ९ किलोमिटरको छोटो दुरी तथा मेची राजमार्गको नजिकै रहेको टावरबाट मनमोहक सुन्दर दृष्यावलोकन, शितल र स्वच्छ हावाको स्पर्श लिन यो ठाउँ निकै उपयुक्त छ ।

टावर नयाँ सहर आयोजनाको ३ करोड ९ लाख लागतमा भर्खरै निमार्ण भएको हो । टावरबाट वरिपरि हरियाली डाँडाकाँडाले घेरिएको, बीचको समतल भू–भागमा बसेको, एक किसिमले मिनी उपत्यकाको झल्को दिने पाँचथर सदरमुकाम फिदिम बजारको सुन्दर दृष्य देखिन्छ । छिमेकी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार र ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । फिदिम–२, का वडाअध्यक्ष सुकपाल तुम्बापोले भन्नुभयो, ‘एकै स्थानबाट तीन जिल्लाको सदरमुकाम नियाल्न सकिने यो नेपालकै एकमात्र स्थान हो । टावरबाट सदाबहार सेताम्मै देखिने हिमालको दृष्यले धेरैको मन लोभ्याउछ ।’

विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमश्रृङ्खला यहाँबाट हेर्न सकिन्छ । रमिते फिदिम बजारबाट एकैछिनमा पुगिने, गज्जबले रिफ्रेस भइने, निकै रमाइलो ठाउँ रहेको रमिते टावरमा भेटिनुभएका नेकपाका युवा नेता जलकुमार तामाङ्गले बताउनुभयो ।

वातावरण नै सारै रमाइलो लाग्ने र बजारको भीडभाड, हल्लाखल्लासँग थोरै समय भए पनि भाग्न साथीभाईसँग हप्तामा एक÷दुई पटक रमिते पुग्ने गरेको सञ्चारकर्मी सम्झना योङहाङले बताउनुभयो ।

६ रोपनी क्षेत्रफलमा फैलिएको भ्यू टावर परिषरमा चमेनागृह, ग्यालरी हाउस, हावाघर, पोखरी र बगैंचालगायत निर्माण गरिएका छन् । भ्यू टावर निर्माणका लागि स्थानीय बुद्धराज लिम्बू, धनबहादुर राई र रामबहादुर तुम्बापोले जग्गा उपलब्ध गराउनु भएको हो । भ्यू टावरदेखि ललीखर्क सामुदायीक होमस्टे क्षेत्र हुँदै राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमि लब्रेकुटि जोड्ने सिढिमार्गको निर्माण कार्य थालिएको छ । भ्यू टावरदेखि सदरमुकाम फिदिम बजार जोड्ने सिढिमार्ग पनि निर्माण गरिने फिदिम नगरपालिकाले जनाएको छ । भ्यू टावर निर्माण भएपछि दैनिक दर्जनौ आन्तरिक पर्यटक भ्यू टावर पुग्ने गरेका छन् ।

धार्मिक पर्यटकीय पदमार्गको रुपमा विकास गर्न लागिएको इलामको गजुरमुखिदेखि–पाँचथरको लब्रेकुटि सम्मको फाल्गुनन्द सर्किटसँग जोड्नेगरी सिढिमार्ग निर्माण थालिएको फिदिम नगरपालिकाले जनाएको छ । सिढिमार्ग निर्माण कार्य सम्पन्न भएसँगै रमितेमा पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।

क्यानले नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।