कालोबजारी रोक्न स्थानीय सरकारको भूमिका खोई ?

काठमाडौं । कोरोना भाइरसको प्रकोपका कारण बजारमा कालोबजारी बढिरहेका बेला सरोकारवालाले आगामी ६ महिनाका लागि खाद्यान्नको मौज्दात रहेकाले उपभोक्ता आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा व्यापारीहरुको संस्था नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले होलसेल र खुद्रा व्यापारीसँग ३ महिनालाई र मिलहरुमा थप ३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेकाले उपभोक्ताले खाद्यसामग्री खरिद गर्न अत्तालिनु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले केही व्यापारीले कालोबजारी गरिरहेको स्वीकार्दै त्यस्ता व्यापारीलाई सरकारले कडा कारबाही गर्नुपर्ने र त्यसमा चेम्बरले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

केही कर्मचारीका कारण पनि कालोबजारी गर्ने व्यापारीले अवसर छोपेको मल्लको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्चकी केन्द्रीय सचिव अधिवक्ता कुमारी खरेलले कालोबजारी रोक्नका लागि स्थानीय सरकार लागि पर्नुपर्ने धारणा राख्नुभयो । कालोबजारी रोक्नका लागि उपभोक्त स्वयं सचेत हुनुपर्ने उहाँकाे आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…