साेमबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

१.काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेविरुद्ध प्रहरी अपरेशन तिब्र , दुईवटा गोदाममा छापा, दश लाख थान मास्क बरामद ।

२.मास्क कालोबजारी गर्ने १४ जना प्रहरी नियन्त्रणमा ।

३.मास्क विक्रेता मञ्जुश्री सप्लायर्सले ४ रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा वितरण गरेर बजारमा ५० रुपैयाँमा बेच्ने भइरहेको थियो तयारीे ।

४.प्रहरीले कपन क्षेत्रबाट आइतबार एक लाख ६८ हजार सर्जिकल मास्क सहित ७ जनालाई लिएको थियो नियन्त्रणमा, सोमबार बिहान चन्द्रागिरीबाट थप ९ लाख मास्क बरामद ।

५.पक्राउ परेका विरुद्ध कालोबजारी तथा सामाजिक अपराध ऐन, २०३२ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरिको भनाई ।

६.विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकारलाई सहयोग गर्ने नेपाल चिकित्सक संघको घोषणा ।

७.कोरोनालाई नेपालमा भित्रिन नदिन सरकारलाई पूर्व तयारी गर्न संघको १२ बुँदे सुझाव ,कोरोनाका लागि छुट्टै केही अस्पताल तयारी अवस्थामा राख्नुपर्ने धारणा ।

८.कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलकोे आग्रह ।

९.प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह ।

१०.होटल व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाको गुनासो ।

११.संघमा आवद्ध होटलहरुले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको राणाको भनाइ ।

१२.हेलिकप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेकअफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको भनाइ ।

१३.नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा महिला तथा सामाजिक समितिले गर्दैछ छानविन ।

१४.जेनेभा कन्भेन्सनले गरेको ब्यवस्थालाई नेपालले आफ्नै कानुन बनाएर लागु नगरेको कारण अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा बेथिती बढेको तर्क ।

१५.रेडक्रसभित्र आर्थिक अनियमिततासँगै कार्यक्रम सञ्चालन गर्दा समाज कल्याण परिषद्सँग कुनै पूर्व स्वीकृति नलिएको आरोप ।

१६.साढे २४ करोड रुपैयाँ पदाधिकारी र कर्मचारीको तलब भत्ता, विदेश भ्रमण, कार्यालयको फर्निचर तथा सजावट र सवारी साधन तथा अन्य खरिदमा खर्च गरेको समितिमा प्राप्त उजुरीमा उल्लेख ।

१७.रकमको हिसाब अपडेट रहेको र लिखित रुपमा माग भए लिखित रुपमा विवरणहरु दिने नेपाल रेडक्रस सोसाइटी अध्यक्ष, सञ्जीव थापा,को भनाइ ।

१८.नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहोर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष ।

१९.आफ्नो गुटको भेलालाई सम्बोधन गर्दै सिटौलाद्धारा नेतृत्वले गरेको फोहोर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड ।

२०.नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै युवाहरुको क्षमता बटुल्दै कांग्रेसलाई परिवर्तनशिल बनाउनुपर्ने सिटौलाको तर्क ।

२१.पार्टी नेतृत्वको क्रियाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको नेता गगन थापाको आशंका ।

२२.बाँकेको नेपालगञ्जसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला परेपछि जोखिमबाट बच्न अपनाइयो उच्च सतर्कता ।

२३.जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेद्धारा विभिन्न ठाउँहरुमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरेतापनि पर्याप्त जनशक्ति र उपकरण अभाव ।

२४.कोरोना भाइरसको परीक्षण गर्नुपर्ने अवस्था आएमा जनस्वास्थ्य र डब्लुएचओको सहयोगमा परीक्षणका लागि काठमाडौं पु¥याउनुपर्ने अबश्था ।

२५.स्थानीय तह र प्रशासनले आवश्यकता अनुसारको तयारी गर्न नसकेको सर्वसाधारणको गुनासो , भारतसँग सीमा जोडिएको बाँकेमा उच्च सतर्कता अपनाउनुपर्ने माग ।

२६.धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयालगायतका स्थानमा खुल्ला मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले ३÷३ लाख राहत उपलब्ध गराउने ।

२७.शोकमग्न रमदैया पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतद्धारा पीडित परिवारहरु प्रति समवेदना व्यक्त गर्दै मृतक परिवारलाई ३÷३ लाख राहत रकम उपलब्ध गराउने घोषणा ।

२८.खुल्ला विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्ने जो कोही लाई पनि कानूनको दायरामा ल्याउने मुख्यमन्त्री राउतको प्रतिवद्धता ।

२९.प्रदेश २ सरकार चाडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा रहेको मुख्यमन्त्री राउतको भनाइ ।

३०.नेपाली सेनाले यस वर्षको घोडेजात्रा समारोह आन्तरिक रुपमा सम्पन्न गर्ने ।

३१.कोरोना भाइरसको त्रासका कारण नेपाली सेनाले हरेक बर्ष रोचक कार्यक्रम सहित मनाउर्दै आएको घोडेजात्रा यसवर्ष आन्तरीक रुपमा मनाउने गरेको हो निर्णय ।

३२.नेपाली सेनाले विज्ञप्ती जारी गरी यस बर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने पनि स्पष्ट ।

३३.कोरोना भाइरस सम्बन्धमा नेपाल सरकारको निर्णय अनुसार बचाउ र रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सेना प्रतिबद्ध रहेको पनि विज्ञप्तमिा उल्लेख ।

३४.जिल्ला निर्वाचन कार्यालय रामेछापको निर्माणाधीन भवन तीन वर्षदेखि अलपत्र ।

३५.भवन निर्माणको काम बीचैमा छोडेर निर्माण व्यवसायी सम्पर्क विहीन भएपछि निर्माणाधीन भवन तीन वर्षदेखि परेको हो अलपत्र ।

३६.मन्थली नगरपालिका वडा नम्बर १ बसपार्कमा निमार्णाधीन साढे २ तले पक्की भवनको ढलान गरेर अलपत्र अवस्थामा छाडेर हिडेका निर्माण व्यवसायी फर्किएनन् ।

३७.२ करोड ६ लाख ३८ हजार ५ सय ४२ रुपैयाँ लागतमा सम्पन्न गर्नेगरि धुलिखेल ब्रमायणी÷कामख्या जे.भी.नयाँ बानेश्वरले भवन निर्माणको पाएको थियो जिम्मा ।

३८.तीन वर्षदेखि निर्माण व्यवसायी सम्पर्कमा नआएको जिल्ला निर्वाचन कार्यालय रामेछापद्धारा जानकारी ।

३९.पाल्पा रामपुरको तालपोखरामा आन्तरिक पर्यटकको संख्या बढ्दो ।

४०.नेपाल सरकारले थप गरेको एकसय पर्यटकीय गन्तव्यका रुपमा तालपोखरा पनि छनोटमा परेसँगै पर्यटकको संख्यामा बृद्धी ।

४५.स्वच्छ जलसहितको ताल, मन्दिरसम्म पुग्नका लागि डुंगा शयरको व्यवस्थापन पर्यटकको आकर्षणको केन्द्र बन्दै ।

४६.७० रोपनी क्षेत्रफलमा फैलिएको तालपोखरामा दैनिक दुईसय भन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेको नगरपालिकाको भनाइ ।

४७.तालको स्तरोन्नती र प्रचार प्रसारका लागि थप योजना बनाउदै रामपुर नगरपालिका ।

४८.ठेक्का सम्झौताको निर्धारित समय गुज्रिँदा सिक्टा सिचाइँ आयोजनाको पूर्वी नहरको निर्माण हालसम्म करिब ४५ प्रतिशत मात्रै सम्पन्न ।

४९.आयोजना र ठेकेदार कम्पनीबीच भएको सम्झौता अनुसार सिक्टा सिचाइँ आयोजनाको पूर्वी नहर निर्माणको सबै काम २०७६ मंसिरमा हुनुपर्ने थियो सम्पन्न ।

५०. ठेकेदारले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकेपछि गरिएको थियो पुनः एक वर्ष म्याद थप ।

५१.बेला बेलामा आउने बर्षा, मुअब्जाको समस्याका कारण पनि काममा ढिलाई भएको आयोजनाको तर्क ।

५२. दशमलव ५ किलोमिटर नहर निर्माणको जिम्मा कुमार–कालिका जेभीले तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रुपैयाँको लागतमा गरेको थियो ठेक्का सम्झौता ।

५३.पूर्वी नहरबाट नौहजार हेक्टर जग्गामा सिचाइँ सुविधा पु¥याउने राखिएको छ लक्ष्य ।

५४.कपिलवस्तुमा पहिलो पटक निजि अस्पतालमा निशुल्क बर्थिङ सेवा सञ्चालनमा ।

५५.नेपाल सरकारले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर चारमा रहेको सि एण्ड सी हस्पिटललाई निशुल्क बर्थिङ सेवा सञ्चालन गर्न अनुमति ।

५६.बर्थिडं सेवा सुरु भएसँगै हस्पिटलमा प्रसुति गराए बापत रकम नलाग्ने ।

५७.नगरका विभिन्न स्थानमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टर सञ्चालनमा आएकाले त्यसबाट अधिकतम फाइदा लिन नगर प्रमुखद्धारा सबैलाई आग्रह ।

५८.सुरक्षित आमा कार्यक्रम अन्तर्गत बच्चा र आमाको स्वास्थ्य अवस्थासँगै सुरक्षित रुपमा सुत्केरी गराउनु कार्यक्रमको मुख्य उद्देश्य ।

५९.सल्यान आगलागीका दृष्टिकोणले संवेदनशील जिल्लाका रुपमा परिचित ।

६०.सल्यानको अधिकांश वन सल्लाको भएको र नजिकै बस्ती भएकाले पनि वर्षेनी आगलागीबाट ठुलो क्षति हुने गरेको तथ्याङ्क ।

६१.गर्मीयाम सुरुवात भएसँगै जिल्लामा आगलागीका घटना हुनसक्ने भन्दै घटना न्युनिकरणका लागि पूर्व तयारी थालियो ।

६२.गर्मीयाम सुरुभएसँगै आगलागी न्युनिकरण गर्न जिल्ला वन कार्यालय सल्यानले जिल्ला प्रहरी कार्यालयलाई विपद् व्यवस्थापनका सामाग्री हस्तान्तरण ।

६३.जिल्लामा आगलागी हुने कारण स्थानीयनै भएकाले सचेतनाको कार्यक्रम गर्नुपर्ने अधिकारकर्मीहरुको भनाई ।

६४.सल्यानमा विपद् जोखिम न्युनिकरण सम्बन्धी प्रचारप्रसारबाट पनि आगलागीका घटना केही कम गर्न सकिने जिल्ला वन कार्यालय सल्यानको दाबी ।

६५.सहकारी अभियन्ताहरुद्धारा छुट्टै सहकारी मन्त्रालय गठनको माग ।

६७.सहकारी अभियानलाई ओझेलमा पर्न नदिन स्वायत्त मन्त्रालयको गरियो माग ।

६८.सहकारीमा लिइएको कर सहकारीको विकासमा खर्च गर्न सरकारलाई दबाब दिर्नुपर्ने उठन थाल्यो आवाज ।

६९.सहकारी मन्त्रालय नहुँदा सहकारी अभियान सोचेअनुरुप अगाडि बढ्न नसकेको गुनासो ।

७०.उत्पादन र रोजगारीसँग जोडेर सहकारी अभियानलाई समाजमा रहेका सबै खालका व्यक्तिको समृद्धि र सामाजिक न्यायको माध्यम बनाइनु पर्ने देखियो खाँचो ।

७१.कानुनी व्यवस्था अनुसार समयमै सरकारले गभर्नर नियुक्त गर्न नसकेपछि केही समयका लागि कायममुकायम गभर्नरले नेपाल राष्ट्र बैंकको कार्यभार सम्हाल्ने ।

७२.कानूनी व्यवस्थाअनुसार अहिले वरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारीमा रहनुभएका चिन्तामणि शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी लिदै ।

७३.बैंक ऐनअनुसार गभर्नर पदरिक्त हुने एक महिना अगाडि नै गभर्नर नियुक्ती गरेर सार्वजनिक गर्नुपर्नेमा सरकारले नियुक्ति प्रक्रिया नै सुरु गर्न नसक्दा कामुले चलाउनुपर्ने ।

७४.वर्तमान गभर्नर डाक्टर चिरञ्जीवी नेपालको कार्यकाल चैत पाँच गते सकिंदै ।

७५.नियुक्तिको लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेर गभर्नरको सिफारिस गर्नुपर्ने ।

७६.सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो ,छापावाला सुन प्रतितोला ७७ हजार पाँच सय रुपैयाँमा कारोबार ।

७७.तेजावी सुन प्रतितोला ७७ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई,चाँदी प्रतितोला सात सय नब्बे रुपैयाँमा कारोबार ।

७८.साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकको सुधार,नेप्से ३ दशमलव तीन पाँच अंकले बढेर १३ सय १६ दशमलव तीन नौ अंकमा ।

७९.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव पाँच शुन्य अंकले बढ्यो ।

८०.१ सय ८० कम्पनीका ४१ लाख ९१ हजार ४ सय १५ कित्ता शेयर१ अर्ब ६१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार ।

८१.नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने ।

८२.केन्द्रीय बैंकले ९१ दिनका लागि ४ अर्ब र १८२ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्रबैकद्धारा जानकारी ।

८३.गैर प्रतिस्पर्धी बोलकबोल कर्ताका लागि १५ प्रतिशत छुट दिइने ।

८४.फागुन १४ गते कञ्चनपुर कलुवापुरमा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका थिए भण्डारी दम्पती को हत्या अभियोगमा जयलालकी जेठी श्रीमती पट्टीका छोरा २६ वर्षीय भरत भण्डारी पक्राउ ।

८५.सर्लाहीको लालबन्दी नगरपालिका(१ लखनदेही खोलाबाट ११ किलो लागूऔषध गाँजासहित महोत्तरीका सुनिल यादव र राम प्रताप यादव पक्राउ ।

८६.ललितपुर नख्खुदोबाटो काईचा महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २० हजार ५ सय रुपैयाँ सहित ६ जना पक्राउ ।

८७.पक्राउ पर्नेहरुमा काईचा महर्जन, गोपीलाल तामाङ, रुद्र बहादुर थापा, प्रेम गुरुङ, राम पाख्रिन र सन्त वहादुर घले ।

८८.१९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका २ आनन्दनगरका २८ वर्षीय चित्र बहादुर थापा पक्राउ ।

८९.धनुषामा ना.४ त ७५८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक संजिव महराको मृत्यु ।

९०ंसर्लाहीमा ना.२ त ९९८९ नम्बरको ट्याक्टरबाट खसेर रामपुजन सहनीको मृत्यु ।

९१.कोरोना भाइरस नियन्त्रणका लागि दिल्लीमा सामाजिक, धार्मिक र राजनीतिक भेलामा ५० भन्दा धेरै मानिसहरु भेला हुन प्रतिबन्ध ।

९२.स्कूल, कलेज, सिनेमा घर र स्विमिङग पुल पहिले नै बन्द गरिसकेको दिल्लीमा सोमबारबाट जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश ।

९३.चीनको शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सर्वसाधारणका लागि खुला ।

९४.स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला, शाङ्घाई वन्यजन्तु निकुञ्ज सोमबारदेखि सञ्चालनमा ।

९५.महानगरीय संस्कृति तथा पर्यटन ब्युरोका अनुसार शाङ्घाईमा क वर्गका १ सय १३ वटा उत्कृष्ट पर्यटकीय केन्द्रहरुका रुपमा रहेका छन् परिचित ।

९६.कोभिड – १९ को संक्रमण रोक्नका लागि अस्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा ।

९७.सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र दक्षिण अस्ट्रेलियन सरकारद्धारा संकटकाल घोषणा ।

९८.म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाद्धारा कोरोना भाईरस संक्रमितलाई सहयोग गर्ने उदेश्यले अक्षयकोष स्थापना ।

९९.पोग्बाद्धारा ’हेल्प फाइट दिस वार अगेन्ट्स कोभिद १९’ नामक अक्षयकोष स्थापना ।

१००.कोषबाट उठेको रकम पोग्बाले युनिसेफमार्फत कोरोनाले प्रभावित बालबालिकाका लागि खर्च गर्ने ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई ल्याउन आदेश दिएको छ ।विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन नदिने…

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…