भारत–पाकिस्तानलाई कश्मिर दुख्यो, नेपालको भूमिका के ? (भिडियोसहित)

काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस कोभिड नाइन्टिन बारे भएको छलफलले सार्कको पुनर्जागरणको संकेत भएको परराष्ट्र मामिला जानकार एवम् कुटनीतिज्ञ डा. विष्णुहरी नेपालले बताउनुभएको छ । २०७३ साल मंसिरमा इस्लामावादमा हुनुपर्ने १९ औं शिखर सम्मेलन भारत र पाकिस्तानको तनावका कारण रोकिएको भएपनि आगामी दिनमा यसले पूर्णता पाउने नेपालको विश्वास छ ।

नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले १९ औँ शिखर सम्मेलन गराउन र भारत पाकिस्तानलाई एउटै मञ्चमा उभ्याउन सफल हुनुपर्ने डा. नेपालको भनाइ छ । अप्ठ्यारो परेको समयमा भारतले देखाएको सदासयता मेलमिलापको महत्वपूर्ण कडी भएको उल्लेख गर्दै नेपालले अबका दिनमा ८ राष्ट्र एकजुट भएर जानुको विकल्प नभएको बताउनुभयो । भारतका कारण संकटमा परेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अस्थित्व भारतले नै आवश्यक ठानेपछि पुनर्जीवनको अपेक्षा पलाएको पनि नेपालको भनाइ छ ।

चार वर्षअघि नै भइसक्नुपर्ने सार्कको १९ औं शिखर सम्मेलन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नचाहेपछि आजसम्म हुन सकेको छैन, सार्क निष्क्रिय अवस्थामा रहेको छ । मोदीले शुक्रबार ट्वीट गर्दै कोरोना संक्रमणबाट दक्षिण एशियाका जनतालाई जोगाउन सार्क मुलुकबीच सहकार्यको आवश्यकता रहेको भन्दै सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई भिडियो कन्फरेन्सका लागि आग्रह गर्नुभएको थियो । मोदीको आग्रहलाई सबैभन्दा पहिला सार्कको अध्यक्षसमेत रहेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गर्दै मोदीको पहलको स्वागत गर्नुभयो र कन्फ्रेन्स भयो । अबको चुनौती नेपालले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई समेत एउटै मञ्चमा राख्ने अवसर सिर्जना गर्न यस मौकालाई सदुपयोग गर्न सक्नुपर्नेछ ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानसँग मञ्च शेयर नगर्ने अडान लिएकै कारण २०७३ साल मंसिरमा इस्लामावादमा हुनुपर्ने १९ औं शिखर सम्मेलन रोकिएको थियो । आतंकवादी हमलामा भारतीय सैनिक मारिएपछि उसले पाकिस्तानमाथि आरोप लगाएर सार्क अवरुद्ध गरेको थियो । त्यसबेला भारतलाई अफगानिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले पनि साथ दिएका कारण अनिश्चितकालका लागि सार्क सम्मेलनमात्र होइन सार्कका अन्य संयन्त्रहरु समेत निष्क्रिय भएका थिए ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।