कर्णालीको सभ्यता संरक्षण गर्न ‘कर्णाली प्रज्ञा प्रतिष्ठान’

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको दूर्लभ सभ्यतालाई संरक्षण गर्नका लागि प्रदेश सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको बताएका छन् । रूपान्तरण नेपालले प्रदेश राजधानी सुर्खेतमा आयोजना गरेको ‘कर्णाली सभ्यतामाथिको बहस तथा सम्मान’ कार्यक्रममा मन्त्री ज्वालाले कर्णालीको सभ्यता बचाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा युमी नेपाल, जापानका संस्थापक शरद राई र नेपाल सरकारका उप–सचिव गगनबहादुर विश्वकर्मालाई कर्णाली प्रदेशका १५ हजार विद्यार्र्थीलाई शैक्षिक सामग्री सहयोग गरी प्रदेशको सार्वजनिक शिक्षालाई प्रोत्साहन गर्न पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको छ । साथै नेपाली भाषा, साहित्य, संस्कृतिमा पुर्याएको योगदानको मूल्याङ्कन गरी डा.मधुसूदन गिरीलाई सम्मान तथा नव नियुक्त मध्यपश्चिम विश्व विद्यालयकाउपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहलाई बधाई ज्ञापन गरिएको छ । प्रमुख अतिथि प्रकाश ज्वालाले ताम्रपत्र र रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।

कार्यक्रमको दोस्रो चरणमा कर्णालीको भाषा र संस्कृतीबारे अवधारणा पत्र प्रस्तुत गर्दै भाषा तथा संस्कृतिविद् डा. मधुसुधन गिरीले कर्णाली सभ्यताको महानदी भएको बताउनुभयो । डा. गिरीले थुप्रै जात, जाती र भाषा संस्कृतिको उत्पत्ति भएको कर्णाली नेपाली भाषाको समेत उद्गम स्थल भएकाले यहाँको सभ्यताको प्रचार–प्रसार गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले ‘कर्णालीको ऐतिहासिक सिल्क रोड’ को बारेमा आफ्नो भनाइ राख्दै कर्णाली सभ्यताको बलियो इतिहास हो भन्ने प्रमाण अहिले पनि अस्तित्वमा रहेका मठ मन्दिर, नेपाली भाषाका पुराना शिला लेखहरूमा भेटिने बताउनुभयो । १०औँ शताब्दीतिर अहिलेको भारत तथा चीनका विभिन्न राज्यसँग खस राज्यले व्यापार गर्ने गरेको इतिहास स्मरण गर्दै शाहीले त्यतिखेरै समृद्ध भएको कर्णालीलाई सबै पक्ष सक्रिय रूपमा लागे फेरि पनि पहिलेको जस्तै समृद्ध बनाउन सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले ‘कर्णालीको इतिहास तथा सभ्यता’को विषयमा आफ्ना भनाइ राख्दै इतिहासमा कुनै दिन नेपालकै छिनासिम पहिलो र दुल्लु दोस्रो विशाल शहरको रूपमा परिचित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१३९३ मा खस राज्यको अन्त्य भएर बाइसे र चौबिसे राज्यको सुरुवातसँगै कर्णालीको जुम्ला राज्य एकिकरणपछि कर्णालीको व्यापार सुक्दै पिछडिन पुग्यो ।’ ।

कुनै समय सिक्किम दार्जिलिङका सिक्का ल्याएर तिब्बतको सुन कर्णालीमा व्यापार हुने गरेको स्मरण गर्दे उहाँले कर्णाली नदी सभ्यताको मुहान हो भन्ने कुरा बिर्सन नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई ल्याउन आदेश दिएको छ ।विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन नदिने…

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…