एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले एक साताका लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको छ । विश्वप्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण त्यसबाट बच्न सचेतना अपनाउनका लागि एक साताका लागि सम्पूर्ण खेलका गतिविधि बन्द गर्ने निर्णय गरेको राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

‘विश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सृजना भएको र विश्वका ठुला राज्यले पनि यसका लागि विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै राष्ट्रिय खेलकुद परिषद्ले पनि उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।’ परिषदले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तत्काललाई एक साताका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने र त्यस पश्चात परिस्थिति हेरेर निर्णय गरिने छ ।’

परिषदले खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेल संग सम्बन्धित ब्यक्ति र आम जनमानसलाई पनि सचेतना अपनाउन आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…