कोरोनाले नेपाल–भारत बस बन्द

कैलाली । नेपालबाट भारतको विभिन्न शहरसम्म सिधै संचालन हुँदै आएको बस कोरोना भइरस संक्रमण त्रासको कारण बन्द भएको छ । धनगढीदेखि नयाँ दिल्लीसम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको हो । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक ३ बस सञ्चालनमा थिए ।

यसबाहेक गौरीफंण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । प्रहरी नायव निरीक्षक महादेव भट्टले धनगढीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा सोमबारदेखि बन्द गरिएको बताउनुभयो ।

यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना भाइरसको कारण यातायात क्षेत्रमा प्रतिकुल प्रभाव परेको बताउनुभयो । लामो तथा छोटो दूरीमा चल्ने बसमा यात्रु घट्दै गएकोले यातायात सेवा प्रभावित भएको हो ।

धनगढीदेखि काठमाडौँसम्म दैनिक १७ वटा बस सञ्चालन हुने गरेकोमा कोरोना भाइरसको कारण यात्रुको आवागमन घट्दा १० वटा बस मात्र चलाउनुपर्ने देखिएको सापकोटाले बताउनुभयो । धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने देखिएको सापकोटाले बताउनुभयो । पहाडी क्षेत्रका रुटमा आवागमन घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– अध्ययनमा मन जानेछ । सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । वृष– मानसिक अशान्ति बढ्नेछ । घरायसी…

काठमाडौं । बन्दाबन्दी  (लकडाउन्) खुकुलो भएसँगै मुलुकभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा यातायातका…

यसमा शब्द हर्क साउद, संगीत सुजन चापागार्ईं, स्वर सुजन चापागार्ईं अनि विद्या तिवारीको रहेको छ ।

चितवन प्रहरीले जिल्लामा हुने सवारी साधन दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ ।

बैठकमा दुई पार्टीको एकता पछिको संगठन समायोजन र पदाधिकारीको कार्यविभाजनका सम्बन्धमा पनि छलफल हुने छ ।

तनहुँ । व्यास नगरपालिकामा घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर नगरपालिकाकाे वडा…