मंगलबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

१.जिल्ला प्रशासन कार्यालयद्वारा काभ्रेको पनौतीमा अनिश्चितकालको लागि कर्फ्यु आदेश जारी ।

२.घटनाको विरोधमा प्रहरी र स्थानीयविच भएको झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते ।

३.प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले मंगलबार विहान नौ बजेबाट कफ्र्यू लगाइएको प्रशासनद्वारा जानकारी ।

४.सोमबार बा ५ ख ५४८० नम्बरको टिप्परको ठक्करबाट खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र तीन वर्षीया छोरी स्मारिकाको भएको थियो मृत्यु ।

५.कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संसदको काम कारवाही रोक्नुपर्ने राष्ट्रियसभा सदस्यहरुको भनाइ ।

६.नेपालमा प्रभाव नदेखिएपछि ढुक्क हुने अवस्था भने नरहेको सांसदहरुको जिकिर ।

७.नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था नभएकोले २, ४ दिनभन्दा बढी नचल्ने सांसद सुमन प्याकुरेलको भनाइ ।

८.नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर सावधानी भन अपनाउनुपर्नेमा सांसदहरुको जोड ।

९.उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सुपथ मुल्य पसल सञ्चालन गर्ने सरकारको तयारी ।

१०.सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाई ।

११.सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको मन्त्री भट्टको भनाई ।

१२.नेपाल विशेष सेवा ऐनमा कर्मचारीहरुले गर्ने कसुरमा हुने सजाय कडा भएको सांसदहरुकको भनाइ ।

१३.राष्ट्रको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानमा खलल पु¥याउने गरी गोप्यता भंग गरेमा र सरकारको काम कारवाहीमा घृणा हुने काम गरेमा हुने कसुरलाई एउटै सजाय हुनु उपयुक्त नहुने धारणा ।

१४.सरकारको काम कारवाहीमा घृणा, अपहेलना हुने गरी लेखेर बोलेर र संकेतद्वारा कुनै किसिमको काम गरे÷गराएमा, जन्मकैदको सजाय हुनु उपयुक्त नहुने नेपाल कानुन आयोगको भनाइ ।

१५.शंकास्पद व्यक्तिमाथि कुनैपनि परीक्षण नभएको वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितको दाबी ।

१६.भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको डा. दीक्षितको आरोप ।

१७.एकदिन अघि मात्रै इटालीबाट प्रशिक्षणका लागि आएका व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरिदिएको टिप्पणी ।

१८.आफ्नो अस्पतालमा अझैपनि ३ जना शंकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको भन्दै असन्तुष्टि व्यक्त ।

१९.कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको भनाइ ।

२०.कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विश्वस्त हुन पोखरेलको आग्रह ।

२१.दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक ।

२३.सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्धारा पहिलोपटक बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक ।

२४.बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगको भनाई ।

२५.द्वन्द्वको उद्गमस्थल मानिन्े रुकुमबाट ४५ रोल्पाबाट ९७, जना मात्रै बेपत्ता भएको भन्दै आयोगमा परेको थियो उजुरी ।

२६.राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मध्ये सबैभन्दा धेरै उजुरी बर्दियाबाट २ सय ५५ जनाले आफन्तको खोजखबर गरिदिन दिएका थिए निवेदन ।

२७.बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने सार्वजनिक गरिएन । राखिएको छ गोप्य ।

२८.बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन आग्रह गरिएको आयोगका सूचना अधिकारी निरञ्जन घिमिरेको भनाई ।

२९.‘बीमा समिति’लाई खारेज गरी बीमा प्राधिकरणको स्थापना गर्ने सरकारको तयारी ।

३०.बीमा क्षेत्रलाई आधुनिकीकरण गर्न ‘बीमा समिति’ खारेज गरी ‘नेपाल बीमा प्राधिकरण’ स्थापना गर्ने जानकारी ।

३१.बीमा समिति खारेज भएपछि बन्ने प्राधिकरणले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकारको रुपमा काम गर्ने ।

३२.बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने अर्थमन्त्री डाक्टर युवराज खतिवडाको भनाई ।

३२.कुनैपनि सिइओले दोस्रो बजारबाट खरिद गरेको साधारण शेयर समेत खुलाउनुपर्ने प्रावधान ।

३३.डब्लुएचओले नेपाललाई पनि कोरोनाको उच्च जोखिममा राखेपछि ब्यापारीहरुद्वारा बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना ।

३४.पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन, ग्यास नपाएर उपभोक्ता रित्तो सिलिण्डर बोकेर डिलर र पसल चाहार्दै ।

३५.कालोबजारी गरे डिलरसिप नै खारेज गर्ने ग्याँस व्यवसायी संघको चेतावनी ।

३६.पम्पहरूमा सवारी साधनको लाईन देखिन थालेपछि माग अनुसार पेट्रोलियम पदार्थ पठाइएको संघको दाबी ।

३७.कालोबजारी गर्ने निर्यातकर्ता र व्यापारीलाई तेब्बरले जरीवाना बढाइएको आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग भनाई ।

३८.माग र खपतको अनुपातमै भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमको दाबी ।

३९.कारोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि नयाँ शैक्षिक सत्र सुरु नभएसम्म बालबालिकालाई घर बाहिर ननिस्किन शिक्षामन्त्री गिरीराजमणी पोखरेलको आग्रह ।

४०.देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकालाई विषेश सावधानी अपनाउन मन्त्री पोखरेलको सुझाव ।

४१.विद्यालयमा शैक्षिक कार्यक्रम, अभिभावक दिवस, नतिजा प्रकासन, नँया भर्ना जस्ता भीडभाड हुने कार्य नगर्न निर्देशन ।

४२.चैत ६ देखि १७ गतेसम्म हुन लागेको एसईई परीक्षा भने आवश्यक सावधानी अपनाएर तोकिएको समयमै सञ्चालन हुने मन्त्रालयको भनाइ ।

४३.विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै विभिन्न मुलुकहरुद्वारा आ–आप्mनै तरिकाबाट रोकथाम, सचेतना र उपचारको व्यस्थापन गर्दै ।

४४.राजधानीस्थित रिड मोडल सेकेण्डरी स्कूलद्वारा दक्ष स्वास्थ्यकर्मीबाट विद्यार्थीको ज्वरो नाप्नुका साथै सेनिटाजेसन प्रक्रिया शुरु ।

४५.विद्यालय प्रवेश गर्नु अघि विद्यालयले स्वास्थ्य जॉच गर्नुका साथै सेनिटाइजर र माक्स वितरण गर्ने गरेको विद्यार्र्थीहरुद्वारा जानकारी ।

४६.बालबालिकाको स्वास्थ्यप्रति सजक भई विद्यालयले स्वास्थ्य परीक्षण गरेर उदाहरणीय कार्य गरेको भन्दै अभिभावकहरुद्वारा पनि खशुी व्यक्त ।

४७.बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको आठ सय मिटर सुरुङ मार्गको परीक्षण ।

४८.सुरुङमार्गको मुख्य मुहान अम्बाथानबाट पहिलो पटक पानी पठाइएको र परीक्षण सफल भएको खानेपानी मन्त्री विना मगरको भनाई ।

४९.चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले पनि तीव्र गतिमा काम गरिरहेको मन्त्री मगरद्वारा जानकारी ।

५०.निर्वाध रुपले काम भइरहेकाले सम्झौता अनुसार आगामी ११ महिना भित्र काम सम्पन्न गर्ने सिनो हाइड्रोको प्रतिवद्धता ।

५१.लमजुङका केहि विद्यालयहरुद्धारा सञ्चालन गरिएका अतिरक्त कक्षाले विपन्न विद्यार्थीको पठन पाठनमा सहयोग ।

५२.सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, विपन्न परिवारका विषयगत कमजोर विद्यार्थीहरुले पाए अतिरिक्त कक्षा ।

५३.परिवारबाट शुल्क तिरेर ट्युसन कक्षा लिन सक्ने क्षमता नभएका विद्यार्थीहरुलाई ग्लोबल एक्सन नेपालद्धारा ट्युसन कक्षाको व्यवस्था ।

५४.कोरोना भाइरस संक्रमणका कारण आर्थिक गतिबिधिमा सुस्तता छाएपछि लगानीकर्ताको डलरप्रति मोह बढ्दै ।

५५.मंगलबार अमेरिकी डलर अहिलेसम्मकै महँगो, १ डलरको खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ १४ पैसा कायम ।

५६.डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा पनि डलरसँग कमजोर बन्दै ।

५७.डलरको मूल्य बढेसँगै बजार मूल्यवृद्धिका लागि चाप पर्ने, रेमिट्यान्सबाट प्राप्त आम्दानी बढ्ने अनुमान ।

५८.मंगलबार सुनको मूल्य तोलामा दुईहजार रुपैयाँले घट्यो ।

५९.छापावाला सुन प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा किनबेच ।

६०.चाँदीको मूल्य पनि तोलामा असी रुपैयाँले घटेर प्रतितोला सात सय दश रुपैयाँमा कारोबार ।

६१.ताप्लेजुङका पर्यटकीयस्थल आसपासका बस्तीमा होमस्टे खोल्ने क्रम बढ्दो ।

६२.सरकारले सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको फुङ्फुङे झरना छेउमा रहेको लिम्बु समुदायको बस्तीमा होमस्टेमार्फत् पर्यटकलाई सेवा दिन सुरु ।

६३.पछिल्लो समय फुङ्फुङे झरना नजिकैका १२ घर परिवारले होमस्टे सञ्चालन ।

६४.पर्यटकीयस्थलहरुमा चहलपहल बढेपनि खाने र बस्नेको उचित व्यवस्था नहुँदा पर्यटकलाई थियो समस्या ।

६५.नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा डेढ अर्ब बढीको आइपीओ निष्काशन ।

६७.कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी बराबरको शेयर निष्कासन गरिएको कम्पनीको भनाई ।

६८.आफू मातहतका विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुको तापक्रम मापन गरेर मात्रै टिकट काट्ने रुपन्देहीको पश्चिम नेपाल बस व्यवसायी प्रालिको घोषणा ।

६९.कोरोना भाइरसविरुद्ध सरकारले विभिन्न सतर्कता अपनाइरहेका बेला सार्वजनिक यातायातलाई सुरक्षित बनाउन अभियान थालनी गरिएको भनाइ ।

७०.एकजना संक्रमितबाट रहेका अन्य यात्रुहरुको समेत स्वास्थ्य जोखिममा पर्ने भएकाले तापक्रम मापन गर्न लागिएको समितिद्वारा जानकारी ।

७१.कोरोना भाइरसको सन्त्रासका कारण पछिल्लो समय चितवनमा रक्तदान कार्यक्रम हुनै छाडे ।

७२.रक्तदानका कार्यक्रमहरु बिरामीका लागि आवश्यक रगत आफैं खोज्नुपर्ने विरामीलाई बाध्यता ।

७३.रक्तदान गर्ने कार्यतालिका सार्वजनिक गरेका संघसंस्थाहरुले समेत रक्तदान कार्यक्रम स्थगित गरिदिँदा रगतको आपूर्ति गर्न कठिन भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको भनाई ।

७४.वैदेशिक रोजगारीका क्रममा सिंगापुरबाट फर्किएपछि रुपन्देहीका अर्जुन भुषालद्धारा नेपालकै ठुलो एग्रो रिसोर्ट सञ्चालनमा ।

७५.१५ बिगाहा क्षेत्रफलमा रहेको रिसोर्ट सम्भवत नेपालकै पहिलो सबैभन्दा ठूलो एग्रो रिसोर्ट हुने ।

७६.विद्यार्थीको संख्या न्यून हुने र शिक्षाको गुणस्तर बृद्धिका लागि विद्यालय मर्जको अभियान तीब्र ।

७७.रुपन्देहीको सैनामैना नगरपालिकामा पनि विद्यालय मर्ज गराउने र घटाउने कार्यको शुरुवात ।

७८.सैनामैना नगरपालिकाद्वारा शुद्धोधनलाई पश्चिम पर्रोहामा मर्ज गरेपछि भवन प्रयोग विहिन ।

७९.स्थानीय जनताले जग्गा दिएर बनेको भवन प्रयोग विहिन हुँदा जग्गादाता भने निराश ।

८०.विद्यार्थी संख्या निकै कम भएका विद्यालयलाई नजिकको विद्यालयसँग गाभिए पनि पुरानो भवनको संरक्षणमा नगरपालिकाले चासो नदिएको स्थानीयको गुनासो ।

८१.काठमाडौं र ललितपुरका दर्जन बढी स्थानको विद्युत् सेवा चार दिन अवरुद्ध हुने ।

८२.वितरण लाइनको स्तरोन्नति गर्नुपरेकाले बिहान ९ देखि साँझ ४ बजेसम्म नियमित चार दिन विद्युत् कटौती हुने ।

८३.कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रको रुपमा रहेको भेरी अस्पतालमा न्यूरो सेवा शुरु ।

८४.भेरी अस्पतालमा न्यूरो सर्जनको सेवा शुरु भएसँगै सवारी दुर्घटना, रुखबाट लडेका वा अन्य टाउको सम्बन्धी बिरामीहरुको उपचारमा सहजता आउने विश्वास ।

८५.भेरी अस्पतालमा न्यूरो सेवा शुरु भएसँगै निजी अस्पतालमा चर्को मूल्य तिर्नुपर्ने बाध्यताको पनि अन्त्य ।

८६.वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंको गोंगबुबाट बाग्लुङका शिवकुमार घर्तीमगर पक्राउ ।

८७.आकर्षक तलव सुविधाको प्रलोभन देखाइ मगरले ९ जनाबाट १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेको आरोप ।

८८.सर्लाहीबाट लागूऔषधसहित अनिल कुमार बल्मपाकी र पारस खडका पक्राउ ।

८९.रौतहटमा गाँजा, चरेश र हरिणको सिंग १ थान सहित नरेश महतो र बिरजान महतो पक्राउ ।

९०.काठमाडौं बालाजु बाईपास डेरा गरी बस्ने रामेछापका टिकामाया बुढाथोकीको कोठाबाट करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।

९१.दोलखाका कामी तामाङको घरमा आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

९२.मोरङमा नबिन सुब्बाको घरमा भएको आगलागीबाट करिब २७ लाख १० हजार रुपैयाँ बराबरको क्षति ।

९३.कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण भारतमा थप एक जनाको मृत्यु ।

९४.महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन पुग्यो ।

९५.कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनको अहिलेसम्म १ सय ६२ देश प्रभावित ।

९६.मंगलबार कोरोना संक्रमणका कारण विश्वभरका ७ हजार १ सय ७७ जनाको मृत्यु भएको तथ्यांक ।

९७.राष्ट्रिय खेलकुद परिषद (राखेप) द्धारा एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन ।

९८.राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय ।

९९.पाकिस्तान सुपर लिग (पीएसएल) टी(ट्वान्टी क्रिकेट अनिश्चितको लागि स्थगित ।

१००.विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पीएसएल स्थगित ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…