कोरोनाका कारण ओलम्पिक खेलकुदको भविष्य अन्योलमा

काठमाडौं । आगामी जुलाई २४ देखि अगस्त ९ तारिखसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने भनिएको ओलम्पिक खेलकुदको भविष्य अन्योलमा परेको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको भविष्य अन्योलमा परेको हो । चीनबाट सुरु भएको कोरोना भाइरस महामारीका रूपमा विश्वभर फैलिएपछि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने माग बढ्न थालेको छ।

आयोजक राष्ट्र जापानका प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना हुने दाबी गरेको एक दिनपछि नै सोमबार एक ब्रिटिस खेलाडीले टोकियो ओलम्पिकको मिति सारिनुपर्ने धारणा व्यक्त गरेका छन्। ब्रिटेनका धावक गुय लियरमन्थले तत्कालका लागि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने बताएका हुन्। यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले भने हालसम्म यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

लियरमन्थले कोरोना भाइरस संक्रमणको अवस्था हेरेर आगामी अक्टोबरमा ओलम्पिक आयोजना गर्नु उपयुक्त हुने सुझाव पनि दिएका छन्। ‘हतार नगरौं, आगामी अक्टोबरमा ओलम्पिक आयोजना गर्दा हुन्छ। स्थिति अनुकूल भएपछि सन् २०२१ मै आयोजना गर्दा पनि हुन्छ’, उनको भनाई छ । यसअघि आइतबार जापानका प्रधानमन्त्री आबेले निर्धारित समयमै ओलम्पिक गर्न जापान तयार रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…