नेपाल र इंगल्याण्डबीचकाे फुटबल स्थगित

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलि र इङ्गल्याण्डको ‘सी’ टोलिबीच तय भएको मैत्रीपूर्ण खेल कोरोनाको महामारीका कारण स्थगित भएको छ ।

कोरोनाका कारण विश्वभरिका खेलकुद गतिविधिहरु ठप्प भईरहेको समयमा नेपाल र इङ्गल्याण्ड ‘सी’ बीच हुने भनिएको खेल पनि प्रभावित बनेको हो । यी दुईबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेलको पहिलो खेल २ हजार ७७ जेठ १२ गते इङ्गल्याण्डको एल्डरसट टाउनमा हुने तय भएको थियो । त्यसपछि इङ्गल्याण्डको ‘सी’ टोलि दोश्रो मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने तालिका रहेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति जारी गर्दै अर्काे मिति तय नभएसम्मका लागि मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…