बी डिभिजनमा ब्वाइज युनियन–आरसीटी र सातदोबाटो– झम्सीखेल बराबरी

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत मंगलबार भएका दुई खेल बराबरीमा सकिएका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स्मा मंगलबार भएको खेलमा ब्वाइज युनियन र आरसीटी २–२ तथा सातदोबाटो र झम्सीखेलले १–१ गोलको बराबरी खेलेका हुन् ।

छैठौं चरणको खेल अन्र्तगत मंगलबार आरसीटीले ब्वाइज युनियनविरुद्ध तेस्रो मिनेटमा अग्रता लिएको थियो । अजित गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक भएको खेलमा ब्वाइज युनियनका लागि कप्तान टंक बहादुर स्याङ्देन गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । २४औं मिनेटमा राकेश हमालले आत्मघाती गोल गर्दा ब्वाइज युनियनले अग्रता पाएको थियो । तर ३५ औं मिनेटमा आरसीटीका लागि नविन मान कर्माचार्यले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए । त्यसपछि दुबै टोली स्पष्ट जितका लागि खेले पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् । बराबरीसँगै ब्वाईज युनियनले ६ खेलबाट तालिकामा ८ अंक जोडेको छ भने आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ ।

अर्को खेलमा झम्सीखेलले १०औं मिनेटमा लिएको अग्रतालाई अन्तिम १९ मिनेट कायम राख्न नसक्दा अंक बाँडेको हो । निकै रोमाञ्चक बनेको खेलमा झम्सीखेलले भुवन राईको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा भने झम्सीखेलले कायम राख्न असफल भयो । सातदोबाटोले ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्यायो । बिरेन्द्र लिम्बुले गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन । मंगलबारको खेलसँगै सातदोबाटोले जारी लिगमा पहिलो पटक अंक बाँडेको छ । यस अघि सम्पन्न सबै खेलमा स्पष्ट जित निकालेको सातदोबाटोको ६ खेलबाट १६ अंक भएको छ । यता ६ खेलबाट ६ अंक जोडेको झम्सीखेल सातौं स्थानमा उक्लिएको छ । झम्सीखेलको यो तेस्रो बराबरी हो ।

मंगलबार दुई खेल भए पनि एन्फाले आगामी दिनका लागि तय भएका ‘बी’ डिभिजिन लिगका खेल स्थगित गरेको छ । एन्फाले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्मका लागि खेल स्थगित भएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएसँगै खेल स्थगित भएको हो । यस्तै एन्फाले एन्फा कार्यालय पनि एक साताका लागि बन्द रहने जाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…