गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
१.सरकारद्वारा माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित ।
२.कोभिड नाइन्टिन रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा एसईई परीक्षा स्थगित गर्ने निर्णय ।
३.सरकारले भोलिदेखिका लागि तोकिएको एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने गरेको थियो निर्णय ।
४.कोरोना भाईरस संक्रमणको जोखिम बढ्न नदिन सरकारद्वारा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने निर्णय ।
५.पार्टी प्यालेस, साँस्कृतिक कार्यक्रम, मठमन्दिरका धार्मिक कार्यक्रम लगायतमा प्रतिबन्ध लगाउँदै २५ जनाभन्दा बढी एकै ठाउँ बस्न नपाइने ।
६.धेरै भीडभाड हुने स्थल फिल्म हल, जिम हल, नाइट क्लब, डान्सबार पनि बन्द गर्ने ।
७.यो बैशाख १८ गते अर्थात अप्रिल ३० तारिखसम्म कायम रहने जानकारी ।
८.अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन पनि सर्वसाधारणलाई सरकारको आग्रह ।
९.कोरोना भाईरसबारे अफवाह फैलाउनेहरुमाथि कडा कारबाही गर्ने चेतावनी ।
१०.इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका कुनै पनि मुलुकबाट नेपाल आउन रोक ।
११.अनुगमानका लागि गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल र सञ्चार मन्त्रालयलाई जिम्मेवारी ।
१२.बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफूले लिने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाइ ।
१३.बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने मन्त्री भट्टको दाबी ।
१४.मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख ।
१५.खानेपानी संस्थानले दिने पानीले हात धुँदा रोग सर्दैन भन्ने ग्यारेण्टी गर्नुपर्ने कन्ज्युमर आइका महासचिव राजन खनालको तर्क ।
१६.पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरुमा मारमा परेको सरोकारवालाहरुको भनाइ ।
१७.संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रदेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिकोे बैठक स्थगित ।
१८.लामो समयदेखि छलफलका क्रममा रहेको संघीय निजामति सेवा ऐन सम्बन्धी विधेयकका विषयमा छलफल गर्ने थियो कार्यसूची ।
१९.सांसद त्रिपाठी बिरामी भएका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी ।
२०.चैत २ गते बसेको बैठकमा सांसदहरुबीच सहमति जुटेपनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने भन्दै माग्नुभएको थियो समय ।
२१.किसानले उत्पादन गरेको सबै बस्तुको बिक्रीको ग्यारेन्टी सरकारले लिने ।
२२.किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ग्यारेन्टी सरकारले लिने कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको घोषणा ।
२३.सरकारले तोकेको मूल्यमा किसानको उत्पादन बजारमा विक्री नभए सरकारले नै किनिदिने मन्त्री भुसालको भनाई ।
२४.किसानले उत्पादन गरेको नगदे बालीमा लागतपछिको बचत मूल्य सहितको मूल्य निर्धारण गर्ने सरकारको तयारी ।
२५.उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी ।
२६.विद्युत प्राधिकरणलाई सक्षम गराउने र उपभोक्तालाई राहत दिने हिसाबले सरकारले विद्युतको नयाँ महशुल निर्धारण गर्ने ।
२७.महशुल निर्धारण गर्ने सवालमा सरकारले सबै क्षेत्रको राय, सुझाव लिने ।
२८.नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई १३ ग्राहक वर्गमा विभाजन गरी विद्युतको नयाँ महशुल निर्धारण गर्ने तयारी गरेको विद्युत नियमन आयागको भनाई ।
२९.महशुल निर्धारणका विषयमा राय सुझाव संकलनका लागि आयोगले चैत १४, १५ र १६ गते काठमाडौंमा सार्वजनिक सुनुवाई गर्ने ।
३०.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाइजहाजमा भर्ने प्mयुलमा अप्रत्यक्ष कर उठाएको खुलासा ।
३१.विमानस्थलले प्रतिलिटर ३५ पैसाका दरले अप्रत्यक्ष कर उठाएको पाइएको उद्योग समितिले बुधबार गरेको अनुगमनका क्रममा भेटिएको जानकारी ।
३२.विमानस्थलले जहाजहरुबाट लिने भाडासँगैै, सेवा दस्तुर र तेलमा उठाउन नमिल्ने अप्रतक्ष कर समेत उठाएको पाइएको समित सभापति बिमलप्रसाद श्रीवास्तवद्वारा जानकारी ।
३३.जहाजमा तेल भर्दा प्रयोग हुने साधनस्रोतको कमि देखिएको तथा फुलफेजमा सञ्चालन हुँदा विमानस्थालको स्टोरेज क्षमता कमजोर हुने पाइएको पनि श्रीवास्तवको भनाइ ।
३४.कोरोना भाइरसबाट हुन सक्ने संक्रमितको उपचारका लागि नेपाली सेनाद्वारा आन्तरिक पूर्व अभ्यास शुरु ।
३५.सैनिक मुख्यालय भद्रकालीस्थित मैदानमा ६५ वटा अस्थायी टेन्टको क्वारेन्टाइन केन्द्र बनाइ मातहतका सबै यूनिटबाट प्रतिनिधित्व हुने गरी उपचार गर्ने अभ्यास ।
३६.नेपाली सेनालाई मात्र केन्द्र प्रयोग गरिने र आवश्यक्ता परे सर्वसाधरणका लागि पनि प्रयोग गरिने जानकारी ।
३७.सरकारबाट कोरानाको उच्च सतर्कता र तयारी गर्न निर्देशन भए अनुरुप सबै यूनिटहरुमा सतर्कता अपनाइएको सेनाको भनाइ ।
३८.विरेन्द्र सैनिक अस्पतालमा आइसोलेसन बेडको पनि व्यवस्था गरिएको र सैनिक मञ्च टुँडिखेलमासमेत उपचार केन्द्र बनाउने तयारी गरिरहेको मुख्यालयद्वारा जानकारी ।
३९.विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणको त्रासले बागमती प्रदेशसभाको बैठक स्थगन गर्न सांसदहरुको माग ।
४०.संक्रमणको जोखिम हुनसक्ने भन्दै सभा सञ्चालन नगर्न सभामुखसँग प्रदेशसभा सांसदहरुको माग ।
४१.भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न यातायात व्यवसायीहरुको माग ।
४२.यातायात व्यवस्था विभागमा सरोकारवालाहरुसँगको छलफलमा व्यवसायीहरुद्धारा यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने सुझाव ।
४३.देशका विभिन्न बसपार्कहरु, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने माग ।
४४.सरकारको तर्फबाट सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्ने तर्क ।
४५.प्रत्येक गाडीहरुमा कोरोना भाइरस सम्बन्धि सन्देशहरु प्रशारण गर्ने प्रवन्ध मिलाउनुपर्नेमा जोड ।
४६.विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र रोकथामका लागी चन्द्रागिरी नगरपालिका वडा न ८ द्वारा सचेतना मुलक अभियान संचालन ।
४७.अभियान अन्तर्गत वडा कार्यालयद्वारास्थानमा भाइरस नियन्त्रणका लागी साबुन पानी सहितको हातधुने सामाग्री वितरण ।
४८.वडाले विभिन्न २० ठाउँमा यस्ता चेतनामुलक सामाग्री राख्ने योजना बनाएको चन्द्रागिरी नगरपालिका वडा ८ का वडा अध्यक्ष सन्तोष खड्काद्वारा जानकारी ।
४९.नेपाल भारत सयुक्त सीमा टोलीद्धारा कञ्चनपुर जिल्लाको भारतसँग जोडिएको सीमा क्षेत्रमा देखिएको सीमा विवादमा असन्तुष्टि ।
५०.नेपालको भूमि भारततर्फ पर्ने गरी २०५८ देखि २०६३ सम्म खटिएको संयुक्त सीमा सर्भे टोलीद्धारा तयार स्ट्रिप नक्शाका आधारमा सयौँ विगाह जगगा भारतमा पर्न गएको खुलाशा ।
५१.कोरोना सतर्कता अपनाउँदै प्रदेश नम्बर ५ सरकारद्वारा विभिन्न उपायहरु अवलम्बन ।
५२.सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा प्रदेशमा सतर्कता अपनाउँदै १२ जिल्लामा १७ वटा हेल्प डेक्स स्थापना ।
५३.संक्रमणको आशंका लागेमा उपचारका लागि १ सय १९ वटा आइसोलेसन बेड पनि तयार गरेको स्वास्थ्य निर्देशनालयको भनाइ ।
५४.हालसम्म १७ वटा हेल्प डेक्सबाट ११ हजार भन्दा बढि मानिसको तापक्रम जाँच भइसकेको जानकारी ।
५५.चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा ७० शैया क्षमताको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउने तयारी ।
५६.कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय कार्यदल समेत गठन ।
५७.सबै संघसंस्था समेटिएको कार्यदलको सदस्य सचिव एवम् प्रवक्ताको जिम्मेवारी महानगरका स्वास्थ्य विज्ञलाई ।
५८.१० शैयाको सघन उपचार कक्ष, १० शैयाको हाई डिपेन्डेन्ट यूनिट र ५० शैयाको सामान्य शैया ७२ घण्टा भित्र निर्माण गरि सञ्चालनमा ल्याउने कार्यदलको निर्णय ।
५९.रोग भित्रन नदिन उच्च सतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिहालेमा पूर्व तयारीका लागि काम थालिएको महानगर प्रमुख रेनु दाहालको भनाइ ।
६०.विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको असर झापाको बजार, व्यापार तथा व्यवसाय समेत देखिन थाल्यो ।
६१.भारतमा फैलिएसँगै सीमावर्ती जिल्ला झापाका विभिन्न क्षेत्रमा प्रभाव ।
६२.विश्वव्यापीरुपमा फैलिदै गएको कोरोना भाईरसको जोखिममा नेपाल समेत परेपछि सिमावर्ती जिल्ला झापाको व्यापार सुस्ताउँदै ।
६३.झापाका मुख्य बजारहरु दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुरलगायतका स्थानहरुमा चहलपहल कम ।
६४.कोरोनासंक्रमणबाट बच्न सरकारले देशैभरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बेला रामेछापको मन्थली नगरपालिका भने आफ्नै आगनको फोहोर व्यवस्थापन गर्न असफल ।
६५.मन्थली बजार र सोमबारे हाटबाट निस्किएको फोहोर विसर्जन गर्ने स्थल अव्यवस्थित हुँदा बजार आसपासका क्षेत्र दुर्गन्धित बन्दै ।
६६.मरेका वस्तुभाउ तथा अन्य फोहोरहरु बजारकै आगाडि तामाकोसी नदी किनारमा छरपस्ट फालिँदा दुर्घन्ध बढ्दो ।
६७.पाल्पामा खानेपानी अभावमा बसाइसराइ गरेका वीरकोटको बलङ्दी डाँडाका स्थानीय खानेपानीको सहज उपलब्धतासँगै पुनः थातथालो फर्कन शुरु ।
६८.एक घर एक धारा अभियानले खानेपानीको सहज ब्यवस्थापन भएपछि डाँडामाथि रहेको मानव बस्तीका १ सय १५ घर परिवार लाभवान्वीत ।
६९.खानेपानी तथा सरसफाई कार्यालयको १ करोड ३४ लाख ६० हजार रुपैयाँ र स्थानीय जनताको २६ लाख ४४ हजार संयुक्त लगानीमा योजना सम्पन्न ।
७०.नेपाल राष्ट्र बैंकका गभर्नरबाट डा. चिरञ्जिबी नेपाल अवकाश भएपछि कायमुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाइ ।
७१.बुधबारबाट लागू हुने गरी अर्को ब्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी ।
७२.निरन्तर घटिरहेको शेयर बजारपरिसूचक नेप्सेले बुधबार पनि पायो निरन्तरता ।
७३.नेप्से १६ दशमलव दुई छ अंकले घटेर १२ सय ५५ दशमलव आठ शुन्य अंकमा ।
७४.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव आठ शुन्य अंकले घट्यो ।
७५. १ सय ७२ कम्पनीका ३४ लाख ८३ हजार २ सय २१ कित्ता शेयर १५ हजार ७ सय ८० पटक खरिदबिक्री हुँदा १ अर्ब १८ करोड ४४ लाख रुपैयाँ बराबरकोकारोबार ।
७६.बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार ।
७७.तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।
७८.बागलुङको गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौर टेउवामा मूर्ति हव बन्ने ।
७९.जिल्लाको ऐतिहासिक गलकोटमा मूर्तिकलाको पुनर्जागरण ल्याउने गरी गरिएको अन्तर्राष्ट्रिय कार्यशालाबाट मूर्ति हव बनाउने तयारी ।
८०.डिपिआर अनुसारको योजना सम्पन्न गर्न प्रदेश सरकार आर्थिक सहयोग गर्न तयार रहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको भनाई श्र
८१.गण्डकी प्रदेशमै पहिलोपटक अन्तर्रािष्ट्रयस्तरमा ख्याति कमाएका कलाकार सहभागी भएर आयोजना गरिएको कार्यशालाले अन्तर्रािष्ट्रयस्तरको पायो मान्यता ।
८२.गुरु योजना अनुसार भौतिक पुर्वाधार सम्पन्न भएपछि बागलुङको मात्र नभइ नेपालकै नमुना पर्यटकीय केन्द्रको रूपमा विकास हुने अपेक्षा ।
८३.विश्वभर कोरोना भाइरस संक्रमण जोखिमको त्राससँगै लमजुङको पर्यटन व्यवसायमा असर ।
८४.विशेषगरी लमजुङका पर्यटकीय रिसोर्ट, होटल तथा यातायातमा व्यवसायिक ह्रास ।
८५.कोरोना भाइरस संक्रमणको त्रासका कारण केहिदिन यता पर्यटक आगमन घट्नुका साथै अग्रिम बुकिङ गरिएका कार्यक्रमहरु रद्ध गरिएपछि लमजुङका व्यवसायीहरु मारमा ।
८६.अग्रीम बुकिङ गरिएका कार्यक्रम तथा होटल रुमहरु आगामी दुई महिनासम्मका लागि रद्ध हुन थालेको व्यवसायीहरुको भनाई ।
८७.केहिदिन यता विदेशी पर्यटकहरुको आगमन घट्नु र पहिलेदेखिनै बुकिङ गरीएका कोठा तथा कार्यक्रमहरु रद्ध हुँदा व्यवसायिक समस्या ।
८८.सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ गोविन्दपुरका डोम दम्पत्ति आफ्नो पहिचान खोज्दै ।
८९.नेपालमै जन्मिएको तथा हुर्किएको भएपनि नेपाली नागरिक भएको अझैसम्म पाउन नसकेको गुनासो ।
९०.सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ गोविन्दपुरका जिवछ मरिक ४६ वर्षको हुदासमेत छैन नेपाली भएको कुनै प्रमाण ।
९१.विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाका ५० राज्यमा फैलियो ।
९२.वेष्ट भर्जि्नियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको पुष्टि ।
९३.अमेरिकामा अहिलेसम्म झण्डै ६ हजारजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि अधिकारीहरुद्वारा जानकारी ।
९४.विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्डको ’सी’ टिमबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द ।
९५.एन्फा र इंग्ल्यान्ड फुटबल संघबीच मैत्रीपूर्ण खेल सहित फुटबल विकासमा सहकार्य गर्ने बारेमा जनवरीमा प्रारम्भिक सहमती पत्रमा भएको थियो हस्ताक्षर ।
९६.टोकियो ओलम्पिक गेम्स तोकिएकै मितिमा गर्ने जापानको तयारी ।
९७.विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अरु विभिन्न खेल गतिविधि भने स्थगित र।
९८.ओलम्पिक खेल आउँदो जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय ।
९९.तोकिएकै समयमा गर्ने भने पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिकी एक सदस्य हेली वेकेनहाइज द्धारा त्यसको विरोध ।
१००.कोरोना भाइरसको महामारी फैलिरहेका बेला ओलम्पिक गर्छु भन्नु असंवेदनशिल र गैरजिम्मेवार रहेको आरोप ।