कोरोना भाइरसले कुकुर समेत मर्‍यो

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण कुकुर समेत मरेकाे छ। हङकङमा १७ वर्षको बूढो कुकुरको मृत्युसँगै विश्वमा यसको संक्रमणबाट मर्ने पहिलो जनावर भएको बताइएको छ। त्याे कुकुरमा संक्रमण भएको आशंकामा पशुचिकित्सकले उपचार गराइरहेका थिए।

 कुकुरलाई केही दिनदेखि आइसोलेसमा राखिएको थियो। तर डाक्टरले कुकुरको मृत्यु एक्लोपन, तनाव र अन्य संक्रमणका कारण पनि भएको बताएका छन्। मृत्युपछि कुकुरकी मालिक्नीले कुकुरको शव पोस्टपार्टम गर्न दिएकी थिइनन्। यद्यपि विश्व स्वास्थ्य संगठनले जनावरबाट मानिसमा कोरोना भाइरस सर्न नसक्ने बताएको छ।

घरपालुवा जनावरबाट अहिलेसम्म कोही मानिसमा पनि यसको संक्रमण सरेको प्रमाण नभेटिएको डब्ल्यूएचओले बताएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८ हजार तीन सय पुगको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…