‘विदेशमा सतर्क रहनू’

काठमाडौं । सरकारले विदेशमा बस्ने नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्क रहन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमित सबै राष्ट्रमा नेपाली छन् । सरकारले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

अष्टेलियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई एकै स्थानमा जम्मा नहुन र बाहिर ननिस्कन भनेको छ । अष्टेलियामा करिब डेढ लाख नेपाली छन् । त्यस मध्ये अधिकाँश विद्यार्थी छन् । त्यहाँका नेपालीले खाना मात्र होइन ट्वाइलेट पेपर समेत नपाएको बताएका छन् । चितवनका उमेश थापाले सिड्नीबाट टेलिफोनमा भने ‘हामी ट्वाइलेट पेपर नपाएर अलमलमा छौं । खाने कुरा त जमा गरिएको छ । त्रास बढ्दो छ ।’

त्यस्तै अवस्था खाडीमा रहेका नेपालीको पनि छ । दक्षिण कोरिया, जापानमा रहेका नेपालीको पीडा पनि उस्तै छ । ती देशमा रहेका नेपालीलाई सम्बन्धित दूतावासमार्फत सर्तक रहन अपिल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

कविता खड्का भोजपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सतर्कता अपनाउन भइरहेको लकडाउको कारण जिल्लाका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरको उद्धार…