९० ट्याब्लेट लागुऔषधसहित दुई युवती पक्राउ

मीना बुढाथोकी
सल्यान । लागुऔषध नाईट्राजेपाम र गाँजासहित सल्यानमा दुई युवती पक्राउ परेका छन् । नेपालगञ्जबाट रुकुमतर्फ गइरहेको फोर्स गाडीबाट लागुऔषधसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर १ की २० वर्षीया रुपा ओली र सानो भेरी गाउँपालिका वडानम्बर ३ बस्ने २२ वर्षीया ओकमाया पुन रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार एक पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । निमित्त प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर लक्ष्मण ओलीका अनुसार रुपाको शरीरबाट ३० र ओकमायाको शरीरबाट ६० ट्याब्लेट नाईट्राजेपाम तथा ३ ग्राम गाँजा र लागूऔषध सेवन गर्न बनाइएको प्लाष्टिकको डिब्बा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालन गरेको ‘यात्रुसँग २ मिनेट कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको अभियानको क्रममा मंगलबार नेपालगञ्जबाट रुकुम जाँदै गरेको भे १ ख ३११४ नम्बरको गाडी सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित राप्ती लोकमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

चेकजाँचको क्रममा लागूऔषध सेवन गरेको शंका लागेपछि उनीहरु बसेको स्थान र उनीहरुको शरिरमा रितवूर्पक खानतलासी गर्दा उनीहरुबाट लागुऔषध फेला परेको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीहरुलाई लागूऔषध ऐन २०३३ बमोजिम जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

जिल्लाका सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्वास्थ्य कार्यालय, पत्रकार र सरोकारवालाहरुले कोरोना भाइरससम्बन्धी सचेतना मुलक जानकारी दिने, सरसफाइमा ध्यान दिने र साबुन पानीले हात धुने लगायतका विषयमा नागरिकस्तरमा प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।